लगभग आज भन्दा ७ महिना अघि,बेलुकाको करिब ७ बजेको थियो होला सायद,बस मान्छेको भिडले भरिपूर्ण थियो,त्यहि भिड बीच म पनि एक हुन पुगे | बानेश्वरबाट चढेको मलाई,गाडीको भाइले “अलि पछाडी अलि पछाडी “ भन्दा भन्दै ,कोटेश्वर नपुग्दै अन्तिम सिटमा पुर्यायो |खुट्टा राख्न नमिल्ने ठाउमा,म भने पुरै जिउ सहित अन्तिममा पुगे | एकपल्ट यसो आफ्नु गोजी तिर नि हात लगाए,कहिँ कसैले पुस महिनामा नै त दशैं मनाएन भनेर | जे हुन्छ राम्रै हुन्छ भन्थिए ,नभन्दै जडिबुटीमा बसको आधि मान्छे ओर्लिए र मैले पनि सिट पाए | अघि मान्छे ओर्लिएको मात्र चाल पाको थिए,यसो बसेको मात्र के थिए,चढ्ने मान्छेको घुइचो पनि लामै थियो |
बसको भाइ भाडा उठाउदै मेरो छेउमा आइपुग्यो | कार्ड देखाउदै मैले उसको हातमा १० रुपे दिए,त्यो भाइले मज्जाले अगाडी पछाडी गरेर नै हेर्यो कार्ड पनि | मेरै छेउमा एउटी केटि बसेकी थिन्,उनले नि कार्ड सहित १० रुपे दिन् भाइलाई,र भाइले फेरी पनि कार्ड हेर्न लाग्यो मज्जाले | उनको कार्डको मिति हिजो मात्र सकिएको रैछ र उनि संग त्यसबाहेक अरु थप पैसा पनि नरैछ | अवस्था केहि तनाब ग्रस्त हुन लाग्यो,केहि चर्काचर्की नै पर्यो भने नि हुन्छ | “पैसा दिनुस् नत्र म कार्ड ढोका अगाडी राख्दिन्छु टासेर” यति सुनेपछि मैले आफै ५ रुपे निकालेर भाइलाई दिए र कार्ड लिए भाइको हातबाट | “पैसा किन देको तपाइले, यसलाई त मैले जानेछु” उसले फेरी जान्ने हुन खोजिन् |जसो तसो मैले कुरा मिलाए र हामि गन्तब्य पनि पुगियो | तर उनको कार्ड भने म संगै रहयो ,यसो हेरेको त नम्बर पनि रैछ ,र त्यो कार्ड फर्काउन फोन गरेको फोनले हामीलाई अहिले सम्म जोडेको छ |
हामि त्यस दिनपछि सधै बोल्न लागेउ ,दिन बित्दै गयो,एक अर्कासंग मनको कुरा पनि साट्न लागियो ,पटक पटक भेटियो पनि,अहिले त झन् दैनिकी रुपमै भेटिन्छ ,दिन संगै हामि अझै घनिष्ट हुदै थिएउ ,उनि पनि प्रेम सम्बन्धमा नागासिएकी र म पनि | सधै जसो बिहान उठ्दा ढिलो हुने,ढिलो नहोस् पनि किन,बोल्दा बोल्दै जहिले मध्यरात कट्ने | उनिलाई लेखहरु मनपर्ने र मलाई लेख्न | मलाई उनि मनपर्ने र उनीलाई मेरो कृतिहरु | म उसंग रमाउथिए र उनि मेरो रचनाहरुसंग | उनि मेरो कथाको पात्रहरुमा डुब्न खोज्थिन् भने म उसलाई आफ्नु जिबनको मुख्य पात्र बनाउन चाहन्थिए | हामि केहि भिन्न थिएउ,हाम्रो विचारहरु पनि भिन्न नै थिए | हाम्रो सोच दुइ अलग रेखा जस्तै थिए,जुन संगै र समान नभएपनि ,एक ठाउमा गएर जोडिएका थिए र हो त्यहि स्थानमा कोण सृजना भयो हाम्रो मायाको |
त्यसैले आफ्नु हात काटेर,आफ्नु रगतले उसको लागि एउटा सानु कविता सहित प्रेम प्रस्ताभ तैयार पारेर उसलाई दिए | “घर गएर पढ्छु है!” भन्दै उनि मलाई प्रतिक्षा गर्न बाध्य बनाउदै घर तिर लागिन् |
अभ प्रतिक्षा थियो उनको फोनको | कुन बेला उसको फोन सहित जवाफ पनि आउछ भनेर कुरेर बस्दै थिए म | आफु भने घर आएर शरीर संगै मन पनि पखालेर , रित्तो पेटमा आहारा हालेर बसेको थिए | अभ मनले नि आहारा खोज्दै थियो,जुन मैले मात्र दिन सक्दिन थिए यो मनलाई,मनको आहारा त उनि संग थियो र यसको लागि म पनि कुरेर बसको थिए | पहिलो पल्ट आफ्नु रगतले कसैको लागि केहि लेखेको थिए मैले | रक्तदान दिन गएको बेला सुइ देखेर डरले लगलग काप्दै घर फर्केको मान्छे म , आज भने हात काटेर उनको लागि प्रेम प्रस्ताब लेखेको थिए | अभ मेरो माया लाटो हो कि अन्धो मलाई आफै थाहाछैन र थाहापाउने इक्षा पनि छैन |
नेटवर्कमा केहि समस्या हो कि भनेर मोबाइल अफ गर्दै अन गरे दुइ पल्ट
तर पनि फोन आएन | रिसाएर फोन नगरेको हो कि जस्तो
पनि लाग्यो तर रिसाको भए फोन गरेर झपार्ने मान्छे हुन् उनि ,फुलेर बस्ने हैन | यसरि मनमा कुरा खेलाएर हुन्न,आफै सम्पर्क गर्छु भनेर फोन गरेको
काटिन् उसले | अभ झन् अन्योलमा परे म, अभ के गर्ने हो भनेर | फेरी मैले गर्न पनि केहि नसक्ने,सम्पर्क गर्ने माध्यम त्यहि एउटा
फोन थियो ,त्यो पनि उठेन |
एकछिन पछि उनीले आफै फोन गरिन् र
बिदेसबाट दाइको फोन आएकोले ढिलो भएको भनेर बिस्तारमा सबै कुरा सुनाइन् |
“मैले दिएको पढ़ेउ??” मेरो यो प्रश्नको जवाफमा अघिकै कुरा दोहोर्याइन र घर आउने बितिकै ब्यस्त भंएको कुरा जनाइन|
“तिमीलाई सुनाइ सुनाइ पढ्छु नि ?” सायद मलाई फकाउन प्रयास थियो उनको | मैले पनि सहमति जनाए र उनीले पढ्न लागिन् मेरो प्रेमपत्र | हरेक शब्द संगै मेरो शरीरमा झन् बढी काडा उम्रिदै गयो | डर र लाज एकैपल्ट लाग्यो | पुरै पढिन् उसले र उसको आवाजमा पनि केहि परिबर्तन थियो | सायद उसले पनि मेरो भाव बुझिन् |
“तिमीले आफ्नु रगतले लेखेको यो ?मलाई यति माया गर्छौ ?”उसको यो वाक्यले झन् मलाई गार्हो बनायो | बोल्नै सकिन र जवाफमा “हो नि “ मात्र फर्काए |
“तिमीले मलाई जति माया गर्छौ, म पनि तिमीलाई त्यति नै गर्छु तर …” उसको वाक्य तर मा रोकियो र उनको जवाफ संगै मेरो मुटु पनि रोकियो|
“तर के ?” भएभरको बल लगाएर बल्लतल्ल यति शब्द निकाले |
“तिमीले किन रातो रगतले लेखेको ,पिन्क रगतले लेख्नु पर्छ नि |आइ लब पिन्क” उसको वाक्य सकिनु अघिनै हाम्रो माया सकियो मेरो लागि र मैले फोन काटे|
हैन एउटा हद हुन्छ नि यार|पिन्क रगत रे | सुरु नहुदै माया सकियो |
