मैले के गरे यहाँ देशको सिमाना बेचिदा,
मैले के गरे यहाँ झुठो इतिहास लेखिदा,
मैले के गरे यहाँ लाखौको सिन्दुर मेटिदा,
आखिर गरे के मैले भबिस्यमा खोट भेटिदा,
इतिहास देखि वर्तमान सबै साक्षि छ,
यहाँ स्वार्थ राष्ट्रियताभन्दा माथि छ ,
कसरि आफु सक्क्षम हुन देशलाई नाशिन्छ ,
कसरि देशको खोला नाला बन्दकी राखिन्छ ,
लाग्छ नेपाल नेताको निजि सम्पति हो ,
त्यसैले यहाँ यिनी हरुको मनपर्दी भो ,
एकपछी अर्को गर्दै सधै एउटा नया सम्झौता ,
दानबको अनुहारमाथि समाजसेविको मुखौता,
जहिले गर्ब गर्ने बाटो सगरमाथा र बुद्ध,
किन कोहि खोज्दैन यहाँ भबिस्य बुझ्न,
यहाँ आफ्नै सप्तकोशी छिमेकीको हातमा छ ,
हरेक झरीमा यो लाखौ नेपालीको काल भाछ ,
राणा कालदेखि जनयुद्ध सम्मको विकास,
सत्ता परिबर्तन संगै सबै हुन्छ यहाँ बिनाश ,
किन बिदेशीलाई अनैतिक नेपाली नागरिकता प्रदान ,
आखिर कहाँ गयो भण्डारी र दरबार हत्याको प्रमाण ,
नेपाल छ भत्किएको तर बिदेशमा नेपाली श्रमदान,
लाग्दैन तिमीलाई यो आफ्नै मातृभूमि को अपमान ?
हरेक पल हरेक छन यहाँ एक चेलीको पोते चुद्दिन्छ ,
नेपाली चेलीको इज्जत भारतीय कोठीमा लुछिन्छ,
असली सहिदको सपना सबै फोहोर राजनीतिले पुरिन्छ,
यहाँ त गुण्डाको नाम पनि सहिद नामावलीमा सुचित छ ,
मृत्य सेनाको होस् या बिद्रोही तर हुन् उनि नेपाली ,
देश डुबाउने राजनीति जनतालाई के काम नि ?
यहाँ बन्दुकको भरमा सन्दुक भरिन्छ,
पैसा र डरको जालोले सब चुप गरिन्छ,
चुप थिए जब,१२ नेपालीको बलि बिदेशमा ,
चुप छु म ,बन्धि हुदा आफ्नै देशको परिबेशमा ,
अझै पनि चुप म , मेरो अधिकार खोसिदा,
सधै चुप हुनेछु म ,देशको बिकाश रोकिदा ,
मैले के गरे सबै मिलेर देशलाई लुट्दा,
मैले के गरे नेपाल आमाको क्रन्दन सुन्दा,
मैले के गरे नेपालीलाई बलि चधाउदा,
गरे के मैले देशलाई मरुभूमि बनाउदा,
हो म काबिल छु ,आफै पनि यो देश बनाउन सक्छु,
तर नेपाली जो परे,त्यसैले जहिले अरुको भर पर्छु ,
पुर्खा बिर थिए ,अहिले सम्म गर्ब गर्ने बाटो पाको छु ,
सबै इक्षा र जागर मारेर जय भोलि भन्ने भाको छु |
