Part 9

यति बिचमै दिवसको मेसेज आयो, त्यो मेसेजले मेरो निन्द्रा र सातो पुत्लो संगै उडायो|

“अघि तिमीले बिस्वास दाइको कबिता मन पर्यो भनेको थिएउ नि,मैले दाइलाई स्क्रिनसट गरेर पठाए|” उसको यो वाक्य र एकछिन सम्म मेरो औला चलेन जवाफ लेख्नलाइ,कति जान्ने हुन सकेको होला दिवस, एकछिन केहि सोच्न सकिन| फेरी कति चाडै कुरा पुर्याएको, एक पल्ट सोध्नु पर्छ नि, यो केटाहरु किन कहिले बुझ्दैनन्|

“किन पठाको नि?” रिस पनि थियो मेरो यो वाक्यमा र अत्तुरता पनि| रिस चाही नसोधी पठायो भनि, आतुरता चाही आखिर किन पठायो भनि|

“तिमीले आफै मन पर्यो भनेको हैन ,दाइ पनि यो देखेर खुसि हुनु हुन्छ भनेर पठाको|” सजिलै भन्यो दिवसले,दिवस गलत पनि हैन,तर पनि मलाई मन परेन उसको यो कुरा,त्यहि पनि अघि भन्दा केहि रिस कम भयो|

“के भन्नु भयो त दाइले?” अभ मेरो रिस चाही प्रश्नहरुमा परिणत हुदै गयो, त्यस्ता प्रश्न जुन आत्तुर छन् आफ्नु उत्तर पाउन,जसरि एउटा दुधे बालक आफ्नु आमाको स्तनको लागि पर्खिन्छ,म दिवसको रिप्लाइको लागि कुर्दै छु|

“दादा खुसि हुनु भयो,अनि धन्यबाद पनि भन्नु भो मलाई अनि तिमीलाई दुबैलाई|” मलाई चाही किन धन्यबाद,कहिँ बिस्वासले थाहा पाउनु भएन नि,कि म उहाको जासुसी गर्दै छु भनि| एउटा पछी अर्को प्रश्न मनमा आउछ, अघि सम्म सोच्न सक्ने केहि क्षमता थियो,अहिले त त्यो पनि हरायो|

“मलाई चिन्नु हुन्छ र तिम्रो दाइले?” शिक्षकले विधार्थीलाईप्रश्न सोधे जसरि,मैले दिवसलाई प्रश्न सोध्न बाहेको केहि उपाय नै छैन|

“चिन्नु हुन्न्,मैले तिम्रो नाम केरेर पठाएको थिए,साथि हो भनेर|” मैले उसलाई जति अक्कड़ो सोचेकी थिए,उ त्यति अक्कडो रैनछ|  यति भएपछी म ढुक्क भए, बिस्वास सरलाई मैले उहाको जासुसी गर्दै छु भन्ने थाहा छैन| त्यो रात थप केहि नियाले बिस्वास सरको प्रोफाइल भित्र तर उहाले लेखेको दुइ दिन रचना बाहेक केहि अरु जानकारी पाइन| मलाइ उपन्यासहरु मनपर्ने कुरा दिवसलाई पनि थाहा थियो,उसले बिस्वासलाई रिक्वेस्ट पठाउ भनि निकै जोर दिदै थियो, तर मैले त्यस्तो केहि गर्न मिल्दैन भन्ने कुरा उसलाई के थाहा| मैले पो मिल्दैन त, बिस्वासले आफै पठाउन मिलि हाल्छ नि,अभ भोलिको लागि केहि सोचे| अफिस जादा आफुसंग केहि उपन्यास लग्छु र त्यो बिस्वासले देख्ने ठाउमा राख्छु,त्यति देखेपछी बिस्वास आफैले लेख्नु हुन्छ भन्ने कुरा मेरो सामु कसो नभन्नु होला त| त्यसै आफुलाई बाठी भन्छु र|

उठे र जहिले जसो नै बित्यो बिहानी, ९ बजे अफिस पुगे र बिस्वासले भने जस्तै खाना नखाएर| अफिस पुग्ने बित्तिकै ब्याग बिसाए र सुबिन भट्टराईको दुइटा पुस्तक “कथाकी पात्र” र “समर लभ” निकाले ब्याग बाट,र आफ्नु ल्यापटपको छेउमा राखे| बिस्वासले आफै भन्नु भएको थियो आजबाट उहा मेरो छेउमा बस्नु हुन्छ भनि,त्यसैले उहाले अभ त्यो किताब देख्ने पक्का नै छ| उहा न आउन्जेललाइ एकछिन गित सुन्दै काम गर्न लागे,र बिस्वास पनि आउनु भयो|

“खाजा खायौ?” उहाले कामको बारेमा नसोधी खाजाको बारेमा सोध्दा केहि अचम्मित चाही भए|

“छैन खाएको,हजुरले?” यो भन्दा राम्रो जवाफ नै आएन दिमागमा| त्यसपछि अफिसको अरु स्टाफ भएको ठाउमा गयौ हामि पनि, दुबैले आफ्नु लागि खाजा लिएउ,चिया लिन लागेको थिए, लिनु अघि बिचमै बिस्वासले “माथि जाम यति खाजा लिएर,आज म मिठो कफी बनाएर खुवाउछु तिमीलाई|भोलि चाही तिम्रो पालो है|” उहाको यो वाक्यपछी बल्ल मलाई आफुले बोलेको झुठ याद आयो, उहालाई त मैले आफुलाई चिया हैन कफी मनपर्छ पो भनेकी छु| बरु म मेक अप नगरी बस्न सक्छु तर चिया बिना सक्दिन| अभ बिस्वास्लाई यो कुरा कसरि भन्नु मैले| अहिले भन्ने न आट आयो न् तरिका, आजलाई कफीले नै चित्त बुझाउनु पर्ने भयो| सरले एकछिन सम्म कफी फेट्नु भयो र एउटा कप मेरो हातमा थमाउनु भयो| अभ त्यो कफी लिएर म आफ्नु बस्ने ठाउमा जादै मात्रै के थिए,बिस्वासले पछाडी“अनि चिनी हाल्नु पर्दैन तिमीलाई?”

एक त आफुलाई कफी मन नपर्ने, कफी खेर गयो गयो,चिनी किन खेर फ्याल्नु जस्तो भयो र भने “म कफिमा चिनी खन्न नि|”

“मेरो जस्तै बानि रैछ तिम्रो पनि|” बुझ्न गाह्रो भयो अभ मलाई,सर जो संग यति मज्जाले बोल्ने हो कि म नया मान्छे भएर हो| तर यो धेरै बेर सोच्ने फुर्सद भएन मलाइ,आखिर काम निकै थियो तर एउटा कुरा चाही थियो मनमा……

Previous article
Next article

Latest Posts