Part 18

यतिकैमा शोभा पनि आइ र लागे म घर तिर| आज शोभा मेरोमा नै बस्ने कुरा थियो र त्यहि भयो| शोभा संग कुरा गर्दै थिए,त्यतिकैमा रातको ११ बजे तिर प्रकाशको फोन आयो|

कोहिसंग बोल्यो भने,कसैको फोन आयो भने,शोभाले जिस्काई हाल्छे, शोभाको यो बानि पहिले देखिको हो| अहिले पनि केहि फरक भएन, उसले जिस्काउन सुरु गरि र मैले फोन उठाएपछि चाही उ चुप भइ|

“के गर्दै छौ तिमि?” यति राति प्रकाशले मलाई यो सोध्न फोन गरेको? अचम्म लाग्यो|

“यति राति के गर्छन नि,सुत्न लागेको नि|” शोभा छेउमा नै छे.मैले यता उता भनेपछि फेरी उसले जिस्काउन सुरु गर्छे, त्यसैले सोचेर बोले|

“के थाहा,बोइफ्रेन्ड संग बोल्दै छौ कि|” हैन,उसले गएको ५ ६ दिन देखि,जे कुरामा पनि बोइफ्रेन्ड भन्न लागेको छ| कहिँ उ म तिर आकर्षित भएको त हैन नि?

“छैन छैन|” सिधै सोध्न मन थियो,आखिर उसले किन यस्तो सोधेको भनि तर मैले केहि भनिन र आफ्नु आवाज मन भित्र नै राखे|

“के छैन?बोलेको छैन कि बोइफ्रेन्ड छैन?” हैन उसले के साह्रो चासो दिएको.मेरो बोइफ्रेन्ड छ कि नाई भनि|

“दुवै|” उसले खोजेको उत्तर सहजै रुपमा दिए|

“अनि एउटा कुरा सोधु?” उ झ्याप छ,उसले आज मेरो दिमाग चाट्ने कुरा पक्का भयो अभ|

“हुन्छ,चाडै मलाई निन्द्रा लागिसक्यो|” धेरै कुरा लम्ब्यान मन थिएन मलाई|

“निन्द्रा लागेको भए जाउ|भोलि बोल्ने नि त|” अघि सम्म सोध्छु भनेको मान्छे,अहिले निन्द्रा लागेको भए जाउ रे|

“हैन भन न|सुन्छु अनि जान्छु|” कसैले केहि कुरा भन्छु भनेपछि त्यो कुरा नसुनेसम्म म सुत्न पनि सक्दिन|

“सुनेर जाने हैन,जवाफ पनि दिनु पर्छ नि|” मलाइ उसको कुरा सुन्न र सुनिसकेपछि फोन राख्न,दुवै हतार थियो तर उसले दुबैमा ढिलाई गर्दै थियो|

“हुन्छ हौ, पहिले भनन|” उसले कुरा लम्ब्याएको देखेर दिक्दार लागिसक्यो|

“अघि तिमीलाई इशाले सोधी नि,तिमि र म रिलेशनमा हो भनेर|के जवाफ दिन्थियौ?” उसले यो प्रश्न सोध्छ भनेर मैले सोचेकी पनि थिन,उसको यो प्रश्न कलेजको मौखिक परिक्षाको प्रश्न भन्दा गाह्रो भयो मलाई,उत्तर दिनको लागि|

“जे हो त्यहि भन्थिए|” मैले यति भन्दा बोल्न जानिन|

“के हो त?” यो प्रश्नको उत्तर उसलाई पनि थाहा थियो, र यो प्रश्न उसको हैन रक्सीको थियो|

“साथि,मिल्ने साथि.हैन त|” एकछिन सोचे र जवाफ दिए| उत्तर के दिनर भनेर सोचेकी हैन, उत्तर यहि थियो सुरु देखि नै तर यसलाई कसरि भनु भनि सोचेको हो, उसलाई नराम्रो नलागोस् भन्नु नै मेरो प्रयास थियो| यति भनेपछि उसले खासै केहि बोल्नै सकेन,मैले बुझे उसले मलाइ मन पराउछ भनि| सायद उसलाई नराम्रो लाग्यो होला मैले साथि मात्र भन्दा| एकछिन पछी फोनमा गफ पनि सकियो हाम्रो र म शोभा सग बोल्न लागे|
बोल्न लागे भन्दा पनि,उसलाई प्रकाशको बारे एक एक कुरा भन्न लागे, अफिसम प्रकाशको पहिलो दिन देखि आज सम्मको एक एक कुरा भने शोभालाई| केहि कुराहरु भन्दा भन्दै छुटेका थिए,त्यो फेरी सम्झी सम्झी भन्न लागे|

“प्रकाश तलाई कस्तो लाग्छ?” म बोल्दै थिए र शोभाको यो प्रश्न अचानक र म चुप|

“ठिकै,किन र?” शोभाको प्रश्नको जवाफ संगै आफ्नु पनि एउटा प्रश्न जोडे मैले जवाफमा|

“त्यसले तलाई मन पराउछ|” यो कुरा मैले पनि केहि बेर अघि महसुस गरेको हो,शोभाले पक्का गरिदी|

“त्यस्तो केहि हैन,साथि मात्र हो उ मेरो|” शोभालाई मैले थाहाछ भनेको भए,उसले मलाई जिस्काएर मार्थी,त्यसैले जवाफ केहि फेरिएको थियो मेरो|

“तेरो लागि पो उ साथि मात्र हो,तर उसको लागि त साथि भन्दा माथि छस्| सोच है,उसले पछी माया गर्छु भन्यो भने अचम्म नहुनु|” कति सजिलै भनि उसले,उसले भनेको पनि ठिकै हो| मैले शोभालाई केहि जवाफ फर्काउनु अघि नै,प्रकाशले फेरी फोन गर्यो| हैन अघि सुत्न जान्छु भनेको थिए मैले,फेरी फोन किन गरेको होला|

Previous article
Next article

Latest Posts