शनिबार गयो र आज आयो मलाई डर लागेको दिन आइतबार| तैयार भए र अफिस तिर लागे,अफिस पुग्नु अघिनै मनमा हजारौ पटक खुल्दुली पहिले नै मचीसकेको थियो| अफिस मुनि पुगेपछि एउटा खयाल आयो दिमागमा, यहाँ बाट अघि जान्न,बरु आज बिदा लिन्छु तर यो मेरो क्षनिकको सोच मात्र हो|
आज नगए भोलि जानै पर्छ,भोलि पनि नगए पर्सि जानै पर्छ, प्रकाशलाई मैले जसरि पनि आमुने सामुने भेट्नै पर्छ| तर एउटा कुरा मैले आफु स्वयमले बुझिन,प्रकाश साथि मात्र हुदा उसंग कति मज्जाले बोल्थिए म तर सम्बन्धमा गासिने बित्तिकै मलाई किन गार्हो हुदै छ उसको छेउछाउ पर्न|
अफिस अरु दिन जस्तै सामान्य नै रहयो| प्रकाश जहिले जस्तै मेरै छेउमा थियो, बल्ल केहि सहज महसुस गर्दै थिए म उसंग| फेरि कति दिन लजाउनु,अनि फेरी प्रकाश मेरो आफ्नै मान्छे पो हो,आफ्नै मान्छे संग के को लाज| पहिले देखि नै हो,काम गर्दा गर्दै कहिले काही हाम्रो हात एकअर्काको स्पर्शमा आउथिए,१ सेकेन्ड भन्दा नि कम समयको लागि,अरु दिन भएको भए यो सामान्य नै हो| तर आज अरु दिन भन्दा अलि बेसी नै थिए उसको र मेरो हात स्पर्शमा,हरेक स्पर्श संगै मेरो मन भित्र एउटा अलग्गै तरङ्ग पैदा हुने| उ पनि आफु आफु मुस्कुराउदै थियो र म पनि,मन भित्रको खुसि लुकाउन न उ सक्षम थियो न म| अस्ति शुक्रबारसम्म अलि धेरै बोल्थिए होला प्रकाशसंग तर आज गफ निकै कम भयो तर मनको तरङ्ग भने एक अर्कामा सम्बाद गर्दै थिए| प्रकाशले नै पुर्याईदियो घर सम्म र घर फर्किनु अघि,एक ठाउमा एकछिन गफ गर्दै कफी नि खाएउ हामीले| अरु दिन जान्छु भनेर छुट्टिने मान्छेले,छुट्टिने बेलामा “आइ लव यु” भन्दा केहि असहज फेरी महसुस गरे मैले, तर बानि बस्छ म ढुक्क छु|
घर जाने बित्तिकै फेसबुक नै त हो मैले चलाउने,यसो हेर्दै जाड़ा एउटा रचना देखे, पढ्दै गए र अन्तिममा निकै भावुक सन्देस थियो,धुम्रपानको बारेमा| पढ्ने बित्तिकै शोभा आइ मेरो दिमागमा र उसलाई पठाईहाले,कहिँ चुरोट छोड्छे कि भन्ने आशमा|
लेखको नाम थियो दागबत्ती र लेखिएको थियो: “”१८ वर्ष निकै सानु उमेर हो कसैको मृत्युको लागि!तर त्यहि १८ वर्षको कलिलो उमेरमा,उ आज जिबनको लागि लड्दै छ | एक हिसाबले हेर्दा त ,उसलाई भाग्यमानी नै भन्नु पर्छ | १३ बर्सको उमेर देखि उ बिस्तारै ग्रसित हुदै गयो,हरेक दिन हरेक पल उसको रोग झनै बल्झिदै गयो | निकै कोशिस गरे मैले उसलाई बचाउने तर मेरो हातमा के नै पो थियो र | अनेकौ प्रयाश त उसले पनि गर्यो,त्यो रोगबाट पन्छिने तर उसले चाहेर के नै हुने रैछ | उसलाई बचाउने हरेक प्रयास केपी ओलीको भासन झैँ हुदै गयो,क्षनिक आश त पलाउने तर अन्त्यमा झनै निराश बनाउने | १३ बर्सको उमेर जहाँ अरु व्यक्ति खेल र भबिस्यको सपना बुन्न मै ब्यस्त हुने गर्छन,उ भने हरेक पल रोगबाट जोगिन मै ब्यस्त हुन्थियो | कोशिश पनि अथाहा गरे मैले,उसलाई रोगबाट टाढा भगाउन तर रोगले उसको पछी कहिले छोडेन | उ मृत्युबाट एक कदम भाग्थियो तर मृत्युले अर्को दुइ कदम चाल्थियो र अझै उसको नजिक आइपुग्थियो | ५ बर्ष हरेक क्षन रोगसँग जुध्दै ,उसले त्यो ५ वर्ष कसरि कटायो भन्ने कुरा मलाई आफै कल्पना गर्न निकै कठिन परिरहेको छ | एउटा रोगबात ५ वर्ष सम्म ग्रसित हुदा हुदै पनि उसले कसरि जीवनलाई जोगायो कुरा कुनै रहस्य भन्दा कम छैन | मैले केहि अझै कोसिस गरेको भए,अरु केहि वर्ष त पक्कै नि उसको प्राण खोसिन्थिएन होला तर उ जिबनको यस्तो पलमा पुगेको थियो जहाँ थप कोशिस भन्दा उसलाई मृत्यु नै बरदान हो जस्तो लाग्यो मलाई| हरेक पल उसलाई त्यो रोगको पिडामा कसरि देख्न सक्नु होला मैले,म पनि त्यति बलियो मुटु भएको मान्छे कहाँ परे र| अनेकौ कुराहरुले मनमा डेरा जमाउन लाग्यो र अन्त्यमा मैले आफ्नु यहि हातले उसको प्राण लिए र उसको लासको लागि दागबत्ती नि तैयार पारे | उ मेरो को थियो ? उ मेरो त कोहि थिएन तर उ मेरो बाबा आमाको म प्रतिको बिश्वाश थियो,जुन मेरो १३ बर्षको उमेर देखि नै कुसंगत र कुलत जस्ता रोग संग जुध्दै बाच्दै आएको थियो| तर आज त्यो रोगहरुले त्यो बिश्वाश माथि जित हासिल गरे | जब मैले १८ वर्षको उमेरमा मुखमा पहिलो चुरोट च्यापे, त्यो बिश्वासको निधन भयो |र जब मैले त्यो च्यापेको चुरोटमा आगो लाए,त्यो आगो नभई त्यो विश्वाशको लाशमा दागबत्ती थियो | “”
तर शोभाले यो कुरा पनि गफै गफमा सक्याउदा कम्ता रिस उठेको हैन मलाई| आखिर त्यो चुरोटमा के छ र नखाई नहुने|म शोभासंग रिसाएपछी,अब उ संग फेसबुकमा आज बोल्ने कुरै भएन| अभ के गर्ने भन्दा प्रकाशलाइ फोन गर्ने,मैले नि त्यहि गरे|
