अफिसको लागि गाडी चढे देखि अफिस पुग्दा सम्म र अफिस समय भरिनै त्यहि प्रश्नहरु घुम्दै थिए दिमागमा, र अन्त्यमा मैले एउटा निर्णय पनि लिए| जे निर्णय लिए, त्यो निर्णय पनि केहि प्रश्नबाट नै आएको हो| प्रश्न त धेरै थिए,केहि मेरो दिमागमा केहि मनमा, यो प्रश्न कहाबाट आयो थाहा छैन तर यो प्रश्नले बाकि सबै प्रश्नाई एक चुट्कीमै सकिदियो|
मन ले सोध्यो “त काठमाण्डौ किन आएकि?”
कस्तो मुर्ख मन,जवाफ थाहाहुदा पनि प्रश्न सोध्छ,तर म रिसाइन मन माथि,उसको प्रश्नको जवाफ दिए “बिस्वास संग पर हुन|”
“मतलब त बिस्वाससंग पर भएर पनि बस्न सक्छस?” मनले एक पछी अर्को प्रश्न सोध्न लाग्यो,अरु दिन मैले सोध्थिए आज यसले सोध्दै छ, पालोको पैचो नै त होला|
“सक्छु|” जति राम्ररि मलाई थाहा छ म झुठो बोल्दैछु भनेर, त्यतिकै राम्ररि मेरो मनलाई पनि थाहाछ,म झुठो बोल्दैछु भनि|
“मलाइ थाहाछ,त सक्दिनस्, तर कोशिस गर्छेस|” मैले भने नि मन मेरो हो,सबै थाहा हुदा हुदै पनि सोध्छ|
“थाहा रैछ त, किन समय बर्बाद गर्दैछस मसंग बोलेर|”
“जव त काठमाण्डौ नै बिस्वाससंग पर हुन आएकी होस् भने, जे गर्न आएकी थिस त्यहि गर, बिस्वासलाई छोड्दे,निष्ठालाइ गासिन दे बिस्वासको मायामा|”
“तर म काठमाण्डौ आउनु अगाडी र आएपछि,मेरो र बिस्वासको सम्बन्ध धेरै फरक भएको छ, कहिँ कतै चित्त नबुझ्ने ठाउ नै छैन हाम्रो सम्बन्धमा|”
“प्रतिक्षा, आफ्नु बोलि नफेर, अघि भर्खर बिस्वाससंग पर हुन सक्छु भनेकी हैन तैले,अहिले के भयो तलाई फेरी|”
“जति सजिलै भने सक्छु भनि,त्यत्तिकै गाह्रो छ छोड्न बिस्वासलाई| पहिले जे थियो म र बिस्वासको बीच,छोड्न केहि भए पनि सजिलो थियो तर अहिले उहालाई छोड्नु भनेको आफ्नै शरीरको कुनै अंग रेटेर फ्याल्नु जस्तै हो मेरो लागि|”
“सकिन मैले तेरो मदत गर्न, मैले हैन कसैले पनि सक्दैन तेरो मदत गर्न| जव सम्म तैले आफै कोशिस गर्दिनस आफुलाई मदत गर्न अरु कसैले पनि सक्दैन|”
अहिले सम्म निर्णय लिईसकेकी थिन मैले तर फेरी सोच्न लागे मनले भनेको एक एक कुरा| के साच्चिकै सक्छु म बिस्वास बिना बस्न? आखिर उहाको मायाको अभावको आवासले मलाई कस्तो प्रभाव पार्ने हो? के मनले दिएको हरेक तर्क,हाम्रो सम्बन्ध समाप्त गर्न पर्याप्त छ? सम्बन्धमा गासिनु अघि मैले सोचेको पनि थिन, बिस्वास मेरो यति प्रिय हुनु हुन्छ भनी| केहि महिना अघि मात्र केहि महिना अघि मात्र भएको भए, म बिस्वासलाई हासी हासी छोड्न सक्थिए,सायद| पिडा हुन्थियो होला तर यस्तो असहय चाही हुदैन थियो ,सायद|
बिस्वास एक जनालाइ भुलाउन आफ्नो परिवार आफ्नो शहर छाडेर अर्को सहर जानु भयो| म पनि उहाकै पाइलामा हिड्दै छु नि, उहालाई भुलाउन आफ्नो सहर र परिवार छाडेर अर्को सहर आएकी छु| उहाको अतित पनि एक जस्तै छ, उहाको मुटु कसैले तोडेको थियो भने
मेरो मुटु पनि| हामि दुबैको जीवनमा एक पछी अर्को घटना एक जस्तै घट्दै थियो तर पछी गएर
पनि त्यस्तै
हुनुपर्छ भन्ने छैन नि| निर्णय लिए,बिस्वास मेरो हो,आजलाई हैन सधैको लागि,यो जुनी हैन अब आउने बाकि सबै जुनीको लागि, तर मेरो लागि मात्र, म बिस्वास संग छुट्टिन लागेकी मात्र हैन तर निष्ठा अनि बिस्वासको नया सम्बन्धको सुरुवात पनि गर्न लाग्दै छु| मेरो कहानीको अन्त्यमा अरुको खानि सुरु हहुदै छ,कहानी हैन सुन्दर कहानी|
सोच्न त सोचे तर निष्ठा र बिस्वासलाई फेरी एक अर्कासंग कसरि नजिक बनाउने| निष्ठाले बिस्वासलाई किन छोडेको भनि मलाई थाहाछ तर यो कुरा बिस्वासलाई थाहाछैन| के बिछोडको कारण थाहापाएपछी बिस्वास फेरी पनि फर्किनु हुन्छ निष्ठासंग कि मैले अरु केहि सोच्नु पर्छ निष्ठालाई बिस्वास संग नजिक ल्याउन| धेरै सोचे तर सोच्न चाही केहि सकिन,दिमाग खालि हुदै छ र म पनि| किन म फेरी खालि हुदै छु, बिधुवाको सिउदो जस्तै, भोकोको थालि जस्तै, कुनै बेरोजगारको खल्ती जस्तै, रानी पोखरीको पोखरी जस्तै|
अरु केहि सोच्न सकिन, तर बिस्वास र निष्ठालाई संगै ल्याउन,बिस्वास काठमाण्डौ हुनुपर्छ भन्ने कुरामा कुनै दुइ मत छैन| तर मैले भन्ने बित्तिकै के बिस्वास काठमाण्डौ आउनुहुन्छ होला त?अह लाग्दैन मलाइ आउनु हुन्छ, उहाले काठमाण्डौ त्यसै छाडेको पनि हैन| तर यो सबै सोचेर बस्न सकेन मेरो मनले, बिस्वासलाई फोन गरे,भेट्न मनलाग्यो भनि भने तर पनि उहा आउन मान्नु भएन| त्यसपछि जिद्दी गर्न लागे तर उहाले फेरी पनि मान्नु भएन| जिद्दी गर्दा पनि केहि नलागेपछि, बिन्ति गर्न लागे, तर पनि उहाले मान्नु भएन| उहाको जिद्दीको अघि मेरो तिनवटै हतियार विफल भयो तर अथित चाही बाकि नै थियो,निष्ठा र बिस्वासलाई जसरि पनि एक बनाउछु भनि|
बिस्वासलाई पनि थाहा हुन दिन र निष्ठालाई पनि, कि मलाई उनिहरु दुइ बिचको सम्बन्धको बारेमा थाहाछ भनी| अबको कोशिस ….
