“तिमीलाई बोकेर घर पुर्याउनु परेन भने चाही जत्ति नि सक्छु साथि|” मैले यति भनेपछि हामि तिनैजना निक्लिएउ खाना खानको लागि| सुरुमा मुस्तांग थकाली गएर पेट टन्न पारियो, यस पछी आयो पालो अब रक्सि पिउने, पिउने मात्र हैन सके जति पिउने| “स्पाइस लाउन्ज” बाट सुरु गरेउ हामीले नशामा झुम्ने कार्य, बियर नै पर्यो सबैको रोजाइमा| बुटवल राम्रो ठाउ तर गर्मि अलि धेरै अनि मान्छेहरु बीच हुदा ताप्क्रम झन् बढेको, यस्तो माहोलमा बियर भन्दा प्यारो के हुन्छ| जिउ गलेको अनि पेट खानाले भरिएको, दुइ बोतल बियर नै काफी भयो मलाई| अभिले जिद्दी गरेर अझै एक एक बोतल थपेउ तिनै जनाले|
“ल म एक पल्ट वासरुम पुगेर आउछु, अनि घर जानु पर्छ|” यति भनेर म वासरुम गएको थिए, मैले यति भनेर जादा सबैको सहमति नै थियो तर आउदा पंकज र अभिको गठबन्धन भएछ| “पुग्यो अब, अब अझै भए भने ढल्छौ, भोलि जाम्ला त्यो ठाउमा|” मेरा यी वाक्यहरु उनीहरुले सुन्न नै मानेनन् या भनौ सुनेर पनि बुझ्न मानेनन्| यता मेरो फोनको ब्याट्री पनि सकिन लागेको छ र उनीहरुको फोन उहिले अफ भएको, घरबाट फोन आउला र मोबाइल अफ भनी चिन्ता लिनुहोला भनेर पनि हो म चाडै कोठा पुग्न खोजेको|
“ग्याल्याक्सी क्लब त जानै पर्छ|” दुवै जनाको यहि जिद्दी सुरु भयो, म एक्लोले उनीहरु दुइ जनालाइ सम्झाउन सकिन| लागे म पनि उनीहरुसंगै ग्यालाक्सी क्लब तिर| लाइभ मुजिक अनि डिस्कोको अनुभुति, पछुतो लागेन यहाँ आएको| सुरुको एक गिलास बियर सक्न हामी तीनजनालाई कत्ति नि बेर लागेन, दोस्रो गिलास चाही म समय र स्वाद लिएर पिउदै थिए, तर उनिहरुको ताल बेग्लै| मैले दोस्रो गिलास सक्किनु र उनीहरुले थप तिन गिलास सक्नु एकै भयो| घर चाही कसरि पुग्छन अब यी दुइ, हिडेर जाने हालतमा छैनन्, ट्याक्सी कहाँ पाइन्छ आफुलाई थाहाछैन| दाहिने काधमा पंकज र देब्रेमा अभि अडेस लागे र यसरि नै निक्लिएउ हामि ग्यालाक्सीबाट| बाहिर निकिलिने बित्तिकै ट्याक्सी पनि देखे मैले तर पंकजले एकछिन भनि बोलाउन नै दिएन|
“एउटा चुरोट सल्काउने, अनि साच्चिकै घर जाने|” पंकजले यति भन्दा अभि पनि उसको हो मा हो मिलाउन लाग्यो र मेरो फेरी पनि केहि लागेन उनिहरु सामु| पंकज र अभि मिलेर एउटा चुरोट तान्दै थिए भने म एउटा सिंगो, एकछिन मात्र ध्यान हटेको के थियो दुबैले वाके| धेरै पिएका थिए, वाक्नु केहि नौलो कुरा हैन, तर अब दुबैलाई होस छैन| दुवै बाटोमा ढले, उनीहरुलाई के हुदैछ केहि थाहाछैन अब, म पो केहि मात्र भएपनि होसमा छु|
अब कहाँ जाने? पंकजको घर कहाँ हो मलाई थाहाछैन र थाहाहुने मान्छे पंकज होसमा छैन| धेरै कोसिस गरे उसलाई बिउझाएर अर्ध होसमा भएपनि उसको घर कहाँ छ भनि सोध्ने तर उ बोल्न सक्ने हालतमा छैन| छेउछाउ होटेल कहाँ छ भनि हेर्नलाई मोबाइल अनलक मात्र के गरेको, मोबाइल अफ, परेन त अब आपत| म एक्लै भएको भएपनि यता उता गएर,सोध पुछ गरि होटेल खोजि रात कटाउन मिल्ने तर यिनीहरु दुइलाई छाडेर कहाँ जानु| ट्याक्सी बोलाए, ट्याक्सीको दाइलाई पक्कै थाहाहोला भनि|
“कहाँ जाने हो भाइ?” बडो मुस्किल प्रश्न आयो, खोइ कहाँ जाने भन्नु, केहि थाहा छैन मलाई|
“यता नजिकै होटेल कहाँ छ दाइ?” मेरो जहिलेको बानि, प्रश्नको जवाफमा अर्को प्रश्न राखे|
“ए भाइ घुम्न पो आउनु भएको बुटवल| कहाँबाट आउनु भएको?” कति खोजिनीति गर्नु परेको यो दाइलाई, तिनपुस्ते जानकारी किन चाहियो|
“हजुर दाइ, काठमाण्डौबाट आएको|” आशाको किरण भनेको नै ट्याक्सीवाला दाइ हो, झर्किन मिलेन, दाइको प्रश्नको सोझो जवाफ दिए|
“काठमान्डौको मान्छेलाई राम्रै ठाउ चाहिन्छ| सिद्धार्थ कटेज ठिक होला| ३०० लाग्छ|” दाइ देखि रिस पनि उठ्दै छ भने खुसि पनि लाग्दै छ| ठाउ भन्नु भयो खुसि नलाग्ने कुरै हुन्न, अनि पैसाको कुरा गर्दा रिस उठ्यो, उहाले जति भने पनि दिन्थिए नि, पैसा नै नदिने जस्तो कुरा गर्नु भयो|
“हुन्छ दाइ, त्यहाँ दुइ जना ढलेको छन्, उनीहरुलाई पनि लग्नु पर्ने हो|” यति भन्दै पंकज र बिस्वास तिर देखाए| दाइले पंकजलाई गाडी भित्र ल्याउनु भयो र मैले अभिलाई| जाबो २ मिनेट पनि लागेन होटेल पुग्न, ३०० भनेर दाइले ठगेका रैछन|
लाइसेन्स झोलामा छ अनि झोला पंकजको घरमा, होटेलको रिसेप्सनमा आइडी कार्ड माग्दा केहि भएन आफ्नु साथमा अनि कुनै किसिमको आइडी कार्ड बाहेक कोठा नमिल्ने| पंकज र अभिको पर्स पनि खोतल्न भ्याए तर उनीहरुको पर्समा पनि छैन कुनै परिचय जनाउने कार्ड| मोबाइलमा स्क्यान गरेर राखेको त छु तर मोबाइल अफ| एकछिन रिसेप्सनमा नै बसेर मोबाइल चार्ज गरे र चाहिने सबै कागज देखाएर रुम पाइयो| बिचरा ट्याक्सीको दाइ पनि मसंग नै बस्नु भयो त्यहाँ त्यति बेर सम्म|
दुबैलाई कोठासम्म पुर्याउन पनि मदत गर्नु भयो दाइले| दाइले ३०० भन्नु भएको थियो, हातमा ५०० हालिदिए धन्यवाद भन्दै| रिसेप्सनबाट चार्जर मागेर ल्याएको छु| नयाँ सहर, मोबाइल अफ, साथिहरु भुस अनि साथमा डायरी पनि छैन, बौलाउने थिए होला चार्जर नपाएको भए| मोबाइलको किरण बीच निदाएको म सुर्यको किरणले निन्द्रा खोलिदियो| पंकज र अभि अझै पनि उठेका छैनन्| ८ बजे तिर उनिहरु पनि उठे होला| होटेलबाट सिधै पंकजको कोठा, अनि त्यहाँ पुगेपछि फेरी ओछ्याननै च्यापे मैले| आखिर दिउसो भरि केहि काम नहुने, बाहिर घाम घुम्न जाने कुरा भएन|
५ दिन बुटवल, 3 दिन लुम्बिनी अनि ६ दिन पोखरा भनि योजना बनाएर हिडेका थिएउ हामि घरबाट तर …
