Part 33

५ दिन बुटवल, 3 दिन लुम्बिनी अनि ६ दिन पोखरा भनि योजना बनाएर हिडेका थिएउ हामि घरबाट तर यसो नहोला जस्तो भयो| पंकज घर बेच्नलाइ आएको मान्छे, कहिले मालपोतमा कुरा नमिल्ने कहिले किन्ने मान्छे संग| कसैले भाउ नदिने कसैले दिएको भाउ पनि बिचमा दलालले खाइदिने| यस्तो भएर पंकजको घर बेचिने कुनै सम्भावना नै देखिएन| हफ्ता दिन भन्दा बेसी भइसक्यो बुटवल बसेको तर गर्न आएको काम टुंगो नै लाग्न लागेन|

दिउसो भरि पंकजको काममा यता उता गर्दै समय जाने, अनि बेलुका काम मिलेन भनि रक्सि पिउदै मध्यरात हुने| मलाई त काठमाण्डौ जस्तै अनुभव हुने लाग्यो अब बुटवल पनि, ठमेलको प्रतिबिम्ब भेट्न ठाले बुटवलमा, जहिले रक्सि खाएर बस्ने भएर होला| घुम्न पनि दुइ तिन ठाउ गइयो र घुमघाम संगै घाममा कालो नि भइयो| बुटवल धेरै बस्नु पर्ने भएर लुम्बिनी नजाने भनेर हामीले सल्लाह गरिसकेका थिएउ तर पोखरा छुटाउन हामि तिन जना मध्य कसैलाई मन छैन|

बैसाख २६ गते घरबाट हिडेको, बुटवल लुम्बिनी पोखरा घुमेर जेठ ११ गते घर पुग्ने योजना थियो| आज जेठ १० गते, अहिले सम्म पनि बुटवलमा नै छौ हामि| रमाइलो नभएको हैन, बुटवल ठाउ निकै रमाइलो, तर घर जानु अघि लुम्बिनी र पोखरा जाने इच्छा छ| पंकजलाइ बुटवलमा एक्लै छाडेर जान पनि नमिल्ने, उसलाई आउन मन थिएन, मैले नै कर गरेर आएको हो पंकज|

“भोलि हिड्नु पर्छ हामि यहाँबाट|” बेलुकाको ८ बजे, तिन जनानै रक्सि पिउदै थियौ एउटा बारमा बसेर, खोइ पंकजले के सोच्यो र यति भन्यो|

“अनि जे काम गर्न आएको त्यो काम त भएकै छैन नि|” पंकजको त्यो वाक्य सुनेपछि मेरो यो वाक्य स्वाभाविक नै हुनुपर्छ|

“सक्दिन म अब यो ठाउमा बस्न, जति छिट्टै जाउ भन्छु त्यति यहि बस्नु परेको छ| जुन ठाउमा मलाई एकपल बस्न मन छैन त्यहाँ दुइ हफ्ता देखि बस्दै छु|” पंकजको आवाजको पिडा म महसुस गर्न सक्दछु तर पिडाबाट भाग्नु नै समाधान हो र|

“अझै दुइ तिन दिनमा कसो नसकिएला काम? सकेर नै जाम|” मैले यति भन्दा अभिको पनि साथ पाए,त्यसपछि कुरा अन्तै मोडियो तर हामि फर्किने मिति चाही भोलिको नै टुंगो भयो|

आफ्नो एउटा मिल्ने साथि आफ्नो अर्को मिल्ने साथि संग मिल्दा आफुलाई निकै खुसि लाग्दो रैछ| अहिले अभि र पंकज पनि त्यस्तै भएका छन्,  हामि तिन जना एक अर्कासंग उत्तिकै मिल्ने भएका छौ| रमाइलो गफ संगै रक्सि पनि थपियो र रक्सि संगै सितन पनि| म आज केहि थप खुसि छु, किन थाहाछ? आज मेरो ब्लक लिस्टमा अझै एक जना थपियो, मेरो खुसि पनि बढ्दै जादै छ मेरो ब्लक लिस्ट संगै|

सायद रातको ११ बजेको हुनुपर्छ हामि तिन जना पंकजको घर पुग्दा, कसैले कसैलाई सहारा दिनु परेको छैन आज,सबै आफ्नो आफ्नै खुट्टामा घर पुगेउ| दुइ जना जाने बित्तिकै ढले तर म सुत्न २ बज्यो| झ्याप भएर दुनिया बिर्सेर ओछ्यान पसेको,सुत्ने बेला अनेकौ कुरा खेल्न लागे दिमागमा| १ बजे देखि कुराहरु दिमागमा खेलाउन लागेको म, २ बजे गएर मात्र एउटा निस्कर्षमा पुगेर सुते| पंकज र अभिले नै उठाए  मलाई बिहान,दुइ जना तैयार भइसकेछन| हिजो बेलुका जिस्केर फर्किने भनेको होला सोचेको तर हैन रैछ, उनिहरुले फर्किने भनेर साच्चिकै सोचेका रैछन|

“कहाँ जाने हो र हामि?” उनिहरु तैयार त भए तर काठमान्डौको लागि कि पोखराको लागि, त्यो पत्तो छैन मलाई, त्यति जान्न मन लाग्यो तैयार हुनु अगाडी| मेरो प्रश्नको सिधा जवाफ आयो काठमान्डौ भनि|

“आज पोखरा अनि पोखराबाट पर्सि मात्र काठमान्डौ गरे हुन्न|” मेरो यो प्रस्ताभले दुवै जना एकछिन सोच्न लागे र अन्त्यमा काठमान्डौ नै जाने भनेर निधो गरे| मलाई काठमाण्डौ जान फित्तिकै पनि मन छैन तर यो कुरा उनिहरुले बुझछन किन नै भनेर म ढुक्क हुन सकेको छैन|

“अब फेरी कहिले भेट हुन्छ हाम्रो| मैले भनेको यति त मान तिमिहरु|” मेरो यो वाक्य अनि उनीहरु चकित भए, म के भन्दैछु भनि| पंकज अभिको अनुहार हेर्न लाग्यो र अभि पंकजको| मैले सरल शब्दमा भनेको कुरा उनीहरुले बुझेनछन्|

चुरोटको खिल्ली मुखमा लिदै आगो लगाए र हिजो राति भएको एक एक घटना र मेरो मनमा चलेको एक एक कुरा भन्न लागे अभि र पंकजलाइ| उनीहरुलाइ एक एक कुरा भन्दा भन्दै, अघि भर्खर सल्काएको चुरोटको 3 सर्को भन्दा तान्न बिर्सेछु र हात पोलेपछी मात्र याद आयो म चुरोट तान्दै छु भनि| मेरो कुरा सुनेर अभि र पंकज केहि बोल्न सकेनन्, न सहमति जनाउन सके न बिरोध नै| जीवनको नै एउटा ठुलो निर्णय लिदै छु म, जसको बारेमा यी दुइलाई मात्र थाहाछ र यी दुइलाई मात्र थाहाहुनेछ| म उनिहरु संग काठमाण्डौ नफर्किने भए, म पोखराबाट फेरी बुटवल फर्किने सोचमा छु र बुटवलमा नै बस्ने सोचमा| यो मेरो निर्णय मेरो स्वार्थ हो तर यसबाट पंकजलाइ पनि केहि फाइदा हुदै छ| उसले घर को मुल्य ७० लाख खोज्दै थियो अरुसंग, मैले पनि उसलाई त्यत्तिकै दिने निधो गरे| 24 बिट कोइन बाकि छ मसंग, अहिले ह्वात्त बढेर ५ लाख पुगेको छ एक बिटकोइनको भाउ, सबै बिटकोइन बेच्ने निधो गरे मैले| एउटा नया सहरमा घर बसाउन खोज्दै छु म, घर हैन आफ्नु नया जीवन सुरुवात गर्न जादै छु| घरमा के भन्ने भनेर मैले सोची सकेको छु, अब मात्र बाकि छ पंकजले हुन्छ भन्न| अभ र पंकजले दुवैले हुन्न भन्दै थिए तर अन्त्यमा उनीहरुलाई बुझाउन सफल भए म| आखिर हिजो राति त्यस्तो के भयो र मैले यति ठुलो निर्णय लिए भन्ने कुरा दुइ जना लाइ थाहाछ, अब थाहापाउने पालो हजुरहरुको|

Previous article
Next article

Latest Posts