Part 34

एउटा नया सहरमा घर बसाउन खोज्दै छु म, घर हैन आफ्नु नया जीवन सुरुवात गर्न जादै छु| घरमा के भन्ने भनेर मैले सोची सकेको छु, अब मात्र बाकि छ पंकजले हुन्छ भन्न| अभी र पंकजले दुवैले हुन्न भन्दै थिए तर अन्त्यमा उनीहरुलाई बुझाउन सफल भए म| आखिर हिजो राति त्यस्तो के भयो र मैले यति ठुलो निर्णय लिए भन्ने कुरा दुइ जना लाइ थाहाछ, अब थाहापाउने पालो हजुरहरुको|

हिजो ११ बजे घर पुगेपछी, पंकज र अभि निदाए, म फेरी एक्लै भएको थिए|  एकछिन पछी फेरी बत्ति पनि गयो र पंखा बिना कोठामा बस्नु निकै मुस्किल भयो| मोबाइल र चुरोटको प्याकेट लिएर छत पुगे| चुरोट सल्काउदै, मोबाइल चलाउन लागे| समय याद छ ठ्याक्क मलाई, ११:४५ भएको थियो, बत्ति पनि ठ्याक्क आएको र १२ बजे म कोठा पस्छु भनि सोचेको मैले| मोबाइल बज्यो मेरो, निस्थाको नम्बर देखे मोबाइलको स्क्रिनमा, उठाउने बित्तिकै उसले भनि “बर्थडे को शुभकामना नदिने मलाई?” याद थियो उसको जन्मदिन भनि र जानी जानी मैले उसलाई मेसेज वा फोन नगरेको हो| उसलाई आश लागेको होला मेरो फोनको यो बिशेष दिनमा तर उ अघि बढी सकेकी थिइ र म चाहन्न कि अघि बढीसकेकि मान्छेलाई म बाध्य बनाउ पछी हेर्न| यो मात्र एउटा कारण हैन तर धेरै कारण मध्य यो एउटा मुख्य कारण हो| अनि अर्को कारण पनि छ, म पनि कोशिश गर्दैछु उसलाई बिर्सिने, भले कुनै कोशिश सफल छन् र कुनै असफल|

“अन्तिममा गर्छु भनि कुरेर बसेको|” मैले माया गरेको मान्छे पो त उ, जानी जानी फोन नगरेको भनि उसको चित्त कसरि दुखाउनु, एउटा मिठो झुठ बोले, उसको चित्त पनि दुखेन र मेरो स्वार्थ पनि पुरा भयो|

“धन्न मैले त बिर्सिनु भयो सोचेको|” उसलाई मेरो बारे सोच्ने फुर्सत पनि छ? खुसि हौ कि अचम्म उसको यो वाक्य सुनेर म|

“बिर्सिन खोजेको हो तर सकिन| यहि एउटा इच्छा छ, सबै कुरा सजिली बिर्सिन सकु भनि|” माहोल जहिले सामान्य हुन्छ र म नै हो त्यो जसले पीडाको खोलो बगाउछ हाम्रो बार्तालापमा|

“हजुर आज नि झ्याप हो? किन?” उसले कुरा अर्कै दिशा तिर मोडी, सायद जवाफ थिएन उसंग वा उसलाई कुनै इच्छा थिएन मैले भनेका कुराहरुमा|

“तेरो बर्थडे हैन| त्यहि मनाउदै छु|” मेरो हरेक वाक्यमा झुठ मिस्रित हुदै छ,खै कस्को संगको असर हो या परिस्थितिको माग|

“एक्लै हो कि साथिहरु नि छन्?” उसको यो कुरा चाही कहिले बुझिन मैले, महिनौ नबोलेर बस्छे, आफै नबोल्ने भन्छे तर जब बोल्छे, पहिले जसरि नै बोल्छे| मानौ केहि भएको छैन हामि बीच, मानौ केहि बदलिएको नै छैन हामि बीच, मानौ हामि हिजो जस्तो थियौ आज पनि त्यस्तै नै छौ|

“हैन अभि र पंकज पनि छ तर पनि एक्लो नै छु, उनीहरु निदाईसके|” कुनै मौका छोडेको छैन मैले निष्ठालाई आफ्नु बचनले घोच्ने|

“अभि दाइ कहिले आउनु भएको काठमाण्डौ? अनि पंकज पहिले सुनेको नाम हैन त, यो साथीको बारेमा मलाई थाहाछैन हो?” कस्तो मिठो आवाजमा उसको प्रश्न आउदै छ, मानौ उ मबाट कहिले अलग नै भएकै छैन|

“कस्ले भन्यो तलाई म काठमाण्डौमा छु? अनि रहयो तलाई थाहानभएको कुरा, तलाई धेरै कुरा थाहाछैन मेरो बारेमा|” उ जति नरम हुन्थी मसंग, मेरो मन पनि उत्तिकै नरम भएर उसंग बोल्न चाहन्थियो तर दिमागले नरम हुनै दिएन र रुखो भए म| पर्खिदै थिए कुन बेला उसको सहनशीलताको बाध टुट्छ|

“थाहा नभएर त थाहापाउन खोज्दै छु|भन्नु हजुर कहाँ हो?” हैन उसले ममाथि हक जताउन खोजेकी हो? म माथि उसको अझै पनि हक लाग्छ र? यो केटीलाई बुझ्न सार्है गार्हो|

“तलाई किन भन्नु मैले आफ्नु बारेमा? अनि के हकले सोधिस् तैले? मैले तलाई भनेर केहि हुन्न र तैले थाहापाएर पनि के हुन्छ र?” रुखो पनि अत्तिनै रुखो भए म, तर मनमा जुन रिस छ, त्यो मरेकै छैन अहिले सम्म पनि| अब मात्र पर्खाइ छ कुन बेला उसले रिसाएर फोन राक्छे भनि|

“हजुर किन जहिले मेरो चित्त दुखाउनु हुन्छ? कति खोज्छु हजुरको अघि कम्जोर नबनु, हजुरले जे भने पनि हजुरलाई चाही हासेर जवाफ दिउ तर हजुर जहिले यस्तै| थाहाछ हजुरलाई, हजुरले यसरि बोल्दा मलाई कस्तो हुन्छ? म कति रुन्छु भनि?” रिसाएर फोन काट्छे भनि सोचेको तर रुन लागि निष्ठा|  नसोचेको कुरा भयो, मनले निष्ठालाई सम्झा भन्दै थियो र दिमागले मतलब नगर भन्दै थियो| दिमागको कुरा सुन्न चाहिन मैले र निष्ठालाइ एक एक कुरा भन्न लागे| उसले ठमेल हुदा फोन गरेको देखि पंकज भेटेको सम्म| सनिरसंग बोलेको भेटेको र अन्तिममा ब्लक गरेको पनि सुनाए र सनिरा मात्र त्यस्तो एक पात्र नभएको भनि पनि सुनाए| अहिले कसरि हामि बुटवल आएको छौ पनि सुनाए उसलाई, केहि बाकि राखिन| गलत गरे या सहि, जान्ने इच्छा नै रहेन|

“हजुर किन बहुलाएको? के गरेको त्यस्तो? कसले खान्छ के सधै रक्सि?अनि गाजा पनि?” मेरो कुरा सक्किने बित्तिकै निष्ठाको एकमुस्ट प्रश्न आयो| जवाफ म संग थियो तर जवाफ स्वरमा परिणत हुन सकेन|

“अनि अरुको मन दुखाएर के मज्जा आउछ हजुरलाई? कस्तो खुसि हो त्यो? अरुको आशुले पनि कसैले आफ्नु मनको आगो निभाउछन् र? आफ्नु  अतित जस्तै अरुको पनि अतित भताभुंग पारेर के पाउनु भयो हजुरले? होला गल्ति मेरो, मैले गर्दा हजुर यस्तो हुनुभएको तर अब आफै सोच्नुस्, हजुर र म मा के अन्तर भयो? हजुरले पनि त अरुको मन दुखाउदै हुनहुन्छ, मैले जानी नजानी तर हजुरले जानी जानी| मैले एउटा बिस्वास बनाए होला तर हजुरले आफु जस्तो १० बिस्वास बनाउनु भयो| खुसि बदलामा हैन अरुको हासोमा छ भनि थाहाछैन हजुरलाई? एकपल्ट ऐना अगाडी उभिएर आफैलाई हेर्नुस् अनि थाहाहुन्छ हजुरले आफुले आफुलाई के बनाउनु भयो भनि| कसैको मुहारमा हासो ल्याउन सक्नु भएन तर आशु चाही किन दिनु त्यसो भए? हजुरले झन् आफ्नु मुहारमा हासो ल्याउनको लागि अरुको मुहारमा हासो ल्याउनु भयो र जानी जानी त्यो हासो खोसेर गायब हुनु भयो| हजुरले मलाई भेट्न खोज्दा मैले हजुरलाई किन नभेटेको हजुरलाई थाहाछ? किन कि म हजुरलाई भेट्न सक्दिन, हजुरको अगाडी उभिन्न सक्दिन, मेरो आत्माले मलाई थुक्छ हजुरको अगाडी उभिदा, मेरो आखाले हजुरलाई हेर्नु अघि आशुको पर्खाल बनाउछ, मैले गल्ति गरे थाहाछ मलाई, त्यसैले मसंग तागत छैन हजुरलाई भेट्ने| तर हजुरले यति मान्छेको मन दुखाउनु भयो,सोच्नुस्,संसार सानो छ, बाटोमा ति मध्य कोहि एक भेट भयो भने कसरि उभिन्नु हुन्छ उनीहरुको अगाडी? के सफाही दिनु हुन्छ? आखा उठाएर हेर्न पनि सक्नु हुन्छ? जे भयो पहिले सबै भुल्नुस्, र नयाँ सुरुवात गर्नुस्| मेरो लागि नभएपनि आफ्नो लागि, मामु बाबाको लागि| म आफ्नु गल्तिको सजाय भोग्दै छु, मेरो गल्तिको सजाय हजुर आफुलाई नदिनु |”  निष्ठाको एक एक शब्द मेरो मुटुमा जादै थियो, उसले के भनेको सबै बुझे मैले, आफैसंग घृणा हुन लाग्यो| आखिर कस्तो पापी भएछु म, नर्क भन्दा अरु कुनै ठाउ छ भने मलाई त्यहि लगे हुन्छ| तर उसले आफ्नो गल्तिको कुरा नि गर्दैछे,अनि सजायको पनि?

“तैले के गल्ति गरिस् त्यस्तो?” जान्न मन लाग्यो उसले के भन्न खोजेकी भनेर, मनमा केहि कुरा नराख्ने पक्षमा थिए म|

“त्यो हजुरले जान्नु जरुरि छैन|” निष्ठाले यति भन्दै फोन राखी र अफ भयो फेरी उसको फोन| एकछिन सम्म प्रयास गरे तर पनि अफ नै थियो| निष्ठाले मलाई मेरो जीवनको माग्दर्शन गराएर गइ तर मनमा एउटा प्रश्न पनि छाडेर गइ| अनि मनमा घृणा पनि पैदा हुदै गयो, अरुप्रति हैन आफु प्रति| काठमाण्डौ संग डर लाग्न थाल्यो, कहिँ सनिरा र उ जस्तै मैले मन दुखाएको मान्छेहरु मैले बाटो हिड्दा भेटे भने के गर्नु र के भन्नु मैले| अनेकौ कुरा खेल्न लागे दिमागमा र खेली नै रहे| १ बजे देखि कुराहरु दिमागमा खेलाउन लागेको म, २ बजे गएर मात्र एउटा निस्कर्षमा पुगेर सुते| निस्कर्ष के भने, अब आफ्नु नया जीवनको सुरुवात गर्छु, अतित एउटा जालो हो, निक्लिन मुस्किल छ तर असम्भव हैन| त्यसैले म बुटवल नै बस्ने भएको| जीवनको खोला पार गर्न खोज्दै छु, पुलको एउटा छेउबाट अर्को छेउमा गएर|

Previous article
Next article

Latest Posts