निष्ठाको फोन आयो र यता प्रतिक्षा रिसाएकि छे| अनि फेरी प्रतिक्षालाइ मैले केहि पनि भनेको छैन निष्ठाको बारेमा| धेरै पहिले भन्नु पर्ने हो तर खै भन्न सकेको छैन| जीवनमा धेरै भुल गरेको छु मैले र अझै पनि गरिरहेको छु| भुल सच्याउने मौकामा अर्को भुल गर्दैछु म| अहिले चाही गाह्रो भएर आएको छ, प्रतिक्षालाइ फकाउनु पनि पर्नेछ र उता निष्ठासंग बोल्नु पनि पर्नेछ| प्रतिक्षालाइ नफकाई अरु कोहि संग बोल्छु भन्दै फोन राखौ भने प्रतिक्षा झन् रिसाउने र यता निष्ठाको फोन नउठाउ भने उ झन् एक्लो हुन्छे| सायद अर्को भुल गरे मैले, प्रतिक्षालाइ जरुरि फोन आयो भन्दै बहाना बनाउदै निष्ठाको फोन उठाए| प्रतिक्षाले बुझी हाल्छे नि, हो यहि सोच्दै थिए म|
“हजुरले के गर्न खोज्नु भएको?” फोन उठाउने बित्तिकै निष्ठाको पहिलो वाक्य, उ रिसाएकि थिइ तर किन थाहाछैन मलाई|
“मैले के गरे फेरी?” थाहा थिएन, सोधे, अकहिर मेरो गल्ति के भनि|
“हजुर काठमाण्डौ आउनु भयो, फर्किनु भयो तर मलाई भन्नु भएन| किन?” निष्ठाले यति भन्दाम छानाबाट खसेको जस्तै भए, निष्ठाले कसरि थाहापाई म काठमाण्डौ थिए भनि| हैन अचम्म, मैले उसलाई सबै ठाउमा ब्लक गरेको छु, हामि बोल्ने भनेको फोनमा मात्र हो| सामाजिक संजालमा जति जोडिदै गयो, यादबाट पन्छिन त्यति नै गाह्रो हुदै जान्छ| हो यहि कारण हो मैले उसलाई उसकै लागि ब्लक गरेको| तर उसले थाहापाई चाही कसरि?
“हैन जरुरि काम परेर मात्र हो त्यहाँ आएको| नत्र म भेट्दिन थिए होला?” निष्ठाले कसरि थाहापाई भनि सोध्न मन थियो तर उसको चित्त दुखाउन मन थिएन| त्यसैले सोध्न मन लागेको प्रश्न मनमा नै राखे र बहाना बनाए|
“खुब जरुरि काम हुन्छ| किंग्स लाउन्जमा हो जरुरि काम? त्यहाँ जान भ्याउनेले, एकछिन मलाई भेट्न नभ्याउने?” लु अब निष्ठालाइ कसरि थाहाभयो कि म किंग्स लाउन्ज पुगेको थिए भनि? के उसले मलाई प्रतिक्षासंग देखि त्यहाँ? के यो रिस मैले उसलाई भेटिन भनेर हो कि म प्रतिक्षासंग थिए भनि हो? तर उसले मलाई किंग्स लाउन्जमा देखेकै हैन, देखेको भए त्यहि बेला आएर बोल्थी| हफ्ता दिन पछी फोन गरेर यस्तो भन्दिन थिइ|
“त्यो एकदिन त हो, त्यो पनि भोलि पल्ट बिहान फर्किनु पर्ने थियो| अभि र पंकजले जबर्दस्ती गरेर मात्र हो|” एउटा पछी अर्को बहाना बनाए तर मनको प्रश्न मनमा नै राखे|
“ल भेट्न भ्याउनु भएन माने मैले, तर आएको छु भनेर जानकारी दिन त सक्नु हुन्थियो? सच्चि हजुरको मोबाइलमा ब्यालेन्स थिएन होला, मेरोनम्बर डिलिट भएको पनि हुनसक्छ, मोवाइल नै बिग्रिएको पनि हुन सक्छ, हजुर काठमाण्डौ पुगेपछि हजुरको मोबाइलमा टावर नटिपेको पनि हुन सक्छ|” उसले पहिले बुझी,मैले यस्तै बहानाहरु बनाउछु भनि, त्यसैले उसले मेरो लागि बोल्ने कुनै ठाउ नै बाकि राखिन|
उसलाई फकाउदै गए, रातको १२ बजि सकेको थियो तर पनि उसको रिस मरेको थिएन| ढिलो हुन्छ भनि मैले प्रतिक्षालाइ उहिले गुडनाइट भनेर मेसेज पठाईसकेको थिए| “गुड नाइट, त सुत, म पनि सुत्छु, टाउको दुखिराछ|” हो यहि लेखिएको थियो मैले प्रतिक्षालाई पठाएको मेसेजमा|
यता निष्ठालाई फकाउदै जादा थाहा भयो, किंग्स लाउन्जले मेरो फोटो आफ्नो पेजमा हालेको रैछ| निष्ठाले त्यहिबाट थाहापाएकी रैछे| निष्ठाको रिस अझै पनि मरेको थिएन र यहाँ अर्को आपत आइपर्यो| प्रतिक्षालाई सुत्छु भनि अघिनै मेसेज गरेको मैले| अझ बहाना पनि बनाएको थिए,टाउको दुख्यो भनि| तर म सुतेको छैन, न मेरो टाउको नै दुखेको छ| के थाहा मलाई, प्रतिक्षाले यति राति फोन गर्छे भनि| प्रतिक्षाले फोन गर्दा, म सुत्छु भनेको मान्छेको फोन वेटिंगमा, प्रतिक्षाले के सोची होला| निष्ठासंग बोल्दैछु, रिसाएकी निष्ठालाइ फकाउने चक्करमा प्रतिक्षा रिसाउछे भनि बिचार पुर्याउन भ्याइन मैले| सायद मनै मनले मनमा नै सोच्यो होला, प्रतिक्षालाइ भोलि फकाउन मिल्छ, निष्ठालाई फकाउने भनेको आज नै हो|
“म अर्को पालि आउदा भेट्छु नि| अब भयो नरिसा|” निष्ठालाई फकाउने कोशिशमा धेरै वाक्यहरु सहिद भए, यो वाक्य मेरो अन्तिम योद्धा|
“अर्को पालि? कुन अर्को पालि?कहिले आउछ त्यो अर्को पालि?” मेरो अन्तिम योद्धालाई पनि निष्ठाले सिधै छातीमा प्रहार गरेर भुइमा पछारि, अब मात्र थोरै सास अनि आश बाकि छ|
“छिट्टै आउछु|आएपछी भन्छु नि|” अन्तिम सासमा थोरै आश लिएर मेरो योद्धा उसको रिसको अघि अझै पनि भिडी रहेछ|
“त्यो छिट्टै भनेको कहिले नि आउदैन| हजुरलाइ जति राम्ररि माया गर्न आउछ नि, त्यतिकै राम्ररि माया लुकाउन पनि| हजुरलाइ नआउने भनेको झुठ बोल्न, त्यो चाही सिक्नु| अनि कुरा रहयो छिट्टैको,हजुरको त्यो छिट्टै कहिले आउदैन|” निष्ठाको यो वाक्यले प्रस्ट भयो कि उ अझै रिसाएकी छे| निष्ठालाई जति गरेर पनि मनाउन सकिन मैले, आउने सबै उपाय अपनाए तर पनि उसको रिस काबुमा आएन|
“ अनि हतार के छ र| समय न भएको हैन, समय तन्न छ, मिलाएर भेटौला नि|” निष्ठालाई फकाउने मेरो प्रयास अझै जारिछ|
“समय छ?कसले भन्यो समय छ?” अघि सम्म एउटा मात्र सोच थियो मनमा, आखिर निष्ठालाई कसरि फकाउने भनि| तर अर्को सोच आयो मनमा, निष्ठाको यो वाक्य पछी| निष्ठाले भन्न खोजेकी के?
“छैन र? किन छैन?” मनको प्रश्न निष्ठा सामु राख्नु नै सबै भन्दा उचित लाग्यो|
“हजुरसंग होला समय तर मसंग छैन|” निष्ठाको हरेक वाक्यले मेरो मनमा थप प्रश्नहरु थप्दै गयो|
“समय छैन रे? किन नि?” उसको वाक्यहैन वाक्य भित्रको भाव बुझ्नु छ|
“म टाढा जादैछु, धेरै नै टाढा| मामुबाट, हजुरबाट, सबैबाट|” निष्ठाको हरेक वाक्यमा एउटा नया रहस्य लुकेको छ, उसको हरेक वाक्यको व्याख्या थाहापाउनु छ मलाई| सबैलाई छाडेर टाढा जान्छु भनेकी छे निष्ठाले, त्यसको मतलब के? उसलाई के भएको छ? उ बिरामी त हैन नि नि? उसले अस्ति अपरेसन गर्नु पर्छ पनि भनेकी थिइ, कहिँ त्यहि कारण त हैन? मनमा प्रश्नहरुको बाढी नै आयो|
“टाढा रे? कहाँ टाढा? तलाई के भयो?” एक सासमा सबै प्रश्न गरे उसलाई| मेरो मनमा प्रश्नहरु उसले नै सृजना गरेकी हो, अब मेट्ने काम पनि उसकै हो|
“समय आएपछि सबै थाहापाउनु हुन्छ|” निष्ठाले मेरो मनको प्रश्नहरु मेट्ने हैन, थप केहि प्रश्नहरुको बिज छरेर गइ| उसले यति भन्दै फोन राखी र मैले त्यसपछि निकै पल्ट फोन गरे तर उसले उठाइन| उसको रिस अझै मरेको छैन वा उसले आफ्नो समस्या भन्न चाहिन|
रात बित्यो, बिहान भयो| अफिस जानको लागि तैयार भए र प्रतिक्षाको घर अधी पुगे| अफिस पुग्नु अघि, सधै जस्तो क्याफे गइयो| माया छरिएको हावामा आज मौनता छरिएको छ| मुस्कानले चम्किने मुहारमा आज प्रश्नको बादलको अन्धकार छ| प्रतिक्षाको मनमा प्रश्नहरु छ, अनि त्यसको जवाफ मसंग मात्र छ| उसले प्रश्न नगर्दै मैले जवाफ दिनु पर्ने हो उसलाई तर त्यो मैले गरिन| उसले प्रश्न गरिन र मैले जवाफ पनि दिन| उ रिसाएकी छे मसंग थाहाछ, फकाउन पनि खोजे तर प्रतिक्षा मानिन| उसलाई फकाउने एउटा मात्र उपाए छ| उसको प्रश्नको जवाफ उसको सामु राखिदिनु नै उसलाई फकाउने अन्तिम उपाय हो तर त्यो गर्न सकिन|
अफिसमा संगै थियौ र अफिस पछी क्याफेमा पनि तर त्यो साथको महसुस भने भएको छैन| समयसंग रिस पनि मर्छ भनेर पर्खिन मिल्दैन, रिस संगै माया पनि मर्छ| थाहाछ यो गल्ति हो र त्यहि गल्ति गर्दैछु म| एक पल्ट हैन दुइ पल्ट हैन, ७ पल्ट| एक हफ्ता हो एक हफ्ता, ७ दिन सम्म दैनिक रुपमा निष्ठाको फोन आउने| प्रतिक्षालाइ जहिले सुते भनि झुठ बोलि निष्ठासंग रातभरि बोल्न लागे| अनि प्रतिक्षालाइ जहिले थाहा हुने कि म झुठ बोल्दैछु| जहिले प्रतिक्षाले फोन गर्ने र जहिले मेरो फोन वेटिंगमा| उसलाई अहिले सम्म मैले निष्ठाको बारेमा केहि भनेको छैन र गएको हफ्तादिन देखि म निष्ठासंग बोल्दैछु पनि थाहाछैन प्रतिक्षालाइ|
हफ्ता दिन भयो प्रतिक्षा र मेरो सम्बन्ध चिसिएको| मैले गर्दा चिसिएको सम्बन्ध, मैले नै सबै ठिक पार्नु पर्ने हो तर म अहिले निष्ठा तिर ब्यस्त छु| मतलब मैले प्रतिक्षालाइ ढोका दिदैछु?
