Part 65

“बिस्वास,प्रतिक्षाले स्लिपिंग ट्याब्लेट खाइछे,अहिले ओम हस्पिटलमा छे|” बिहानको सात बजे, मेरो मोबाइलमा मेसेज आयो| नम्बर नया छ, फोन गरे| चिनेको आवाज थियो उतापट्टि, आवाज शोभाको हो| प्रतिक्षाले यस्तो केहि गर्छे भनि डर लागेको थियो तर यकिन गर्न चाही गाह्रो भयो उसले यस्तो कदम चाली भनि| आफु माथि बिस्वास नलागे पनि शोभामाथि बिस्वास गर्नु नै पर्छ मैले| रात भरि जे डर थियो मनमा, अहिले त्यहि भएको छ| जे हुनु छ भयो, प्रतिक्षाले चाल्न नहुने कदम चाली, उसले सोचिन होला यो कदम चाल्नु अघि| उसले जे गरि गरि, अब मैले चाही के गर्ने? मेरो अबको कदम चाही के?

सोच्ने समय छैन, इसेवा खोले र फ्लाइटको टिकेट खोज्न लागे काठमाण्डौको लागि| घण्टा पछिको फ्लाइट भेटे, ९ बजेको फ्लाइट| एयरपोर्ट ८ बजे पुग्नु पर्ने, समय जम्मा एक घन्टा छ| प्रतिक्षा हस्पिटलमा छे, अझै कति दिन हुने हो उ हस्पिटलमा| फेरी उसको घरमा पनि केहि थाहाछैन होला उसले आत्माहत्याको प्रयास गरेको भनि| प्रतिक्षाले भनेको एउटा वाक्य आयो दिमागमा| “म मरे भने त काठमान्डौ आउनु हुन्छ नि|” हो यहि भन्ने गर्थी उसले| के थाहा उसले जे भनि त्यहि गर्छे भन्ने| ओम हस्पिटल पुग्दा १० बजेको छ| बाहिर पुगेर प्रतिक्षालाइ फोन गरे तर अफ छ उसको फोन| प्रतिक्षाको फोन अफ भएर के भयो र, शोभालाइ फोन गरे, उसको चाही लाग्यो|

“शोभा तिमि कहाँ छौ?” ओम हस्पिटल अगाडी, मैले यस बाहेक केहि सोध्न नै सकिन|

“म बानेश्वर, किन र?” शोभा बानेश्वर छिन् भने प्रतिक्षासंग हस्पिटलमा चाही को छ?

“अनि प्रतिक्षासंग को छ नि?” मनको प्रश्न फेरी पनि राखे शोभा सामु फोनमा|

“म अनि प्रतिक्षा संगै नै छौ|” शोभाले भन्न के खोजेकी? मलाई बुझ्न निकै नै गाह्रो भयो| अघि सम्म हस्पिटलमा भनेको मान्छे फेरी अहिले किन बानेस्वरमा? कहिँ हस्पिटल फेरिएको त हैन?

“म ओम हस्पिटल अगाडी छु| बानेश्वर कुन हस्पिटलमा छौ तिमिहरु?” म पनि कस्तो लाटो, यति पहिले सोधेको भए उहिले थाहा हुन्थियो हस्पिटलको नाम| अहिले आएर दिमाग चल्यो|

“हजुर एन.सी.सी. कलेज आउनु, अनि मलाई फोन गर्नु|” शोभाको यो जवाफले मन केहि भए पनि हलुको भयो, प्रतिक्षाको स्थिति त्यति नाजुक छैन सायद| सायद प्रतिक्षालाइ घर लागेको हुनु पर्छ| नत्र शोभाले मलाई कुनै हस्पिटल बोलाउथीइ| थोरै पनि खुसि भयो मन|

शोभाले बताएको ठाउ पुगे र उसलाई फोन गरे| एकछिनको पर्खाइ, अनि शोभालाई देखे| न मेरो मुहारमा केहि भाव छ न उसको मुहारमा| “ल हिड|” शोभाले यति भनेर जुन बाटो आएकी थिइ त्यहि बाटो फर्किन लागिन् र म पनि उसको पछि पछी हिड्न लागे| प्रतिक्षालाइ कस्तो छ भनि सोध्न मन छ तर अब भेटि हालिन्छ भनि सोधिन यो प्रश्न पनि|

“आउनु भयो हैन त काठमाण्डौ?”

“कस्तो छ तलाई?”

“मलाई के भएको छ र?”

“शोभाले बिहान पठाएको मेसेज?”

“त्यो मैले पठाउन लगाएको हो| मलाई केहि भएको छैन|”

यति सुनेपछि प्रतिक्षालाइ एक थप्पड दिन मन छ| आखिर यो सब के को लागि? प्रतिक्षाले मसंग किन यति ठुलो झुठ बोलेकी? मसंग भेट्ने इच्छा छ उसलाई, बुझ्छु म तर प्रतिक्षाले यो सहि गरेको हैन| फेरी उसको मुहारमा मुस्कान छ, त्यो मुस्कानले झनै मेरो कन्चट तातेर आयो| उसले एक पल्ट त सोच्नु पर्ने हो नि, मेरो मनमा सोचको कति भयङ्कर आंधी आयो होला| मैले के के सोच्न भ्याईसकको थिए, आफुलाई नै दोषी मान्न लागेको थिए शोभाके आत्महत्या गर्नुको| आत्मग्लानी बीच धेरिएको आफुलाई लिएर म बुटवलबाट काठमान्डौ पुगेको हो तर उसले केहि सोचिन यो| आखिर प्रतिक्षाले किन आत्महत्याको यति ठुलो नाटक गरि? उसले मसंग किन यति ठुलो झुठो बोलि?

“ बौलाइस्? के गरेको यस्तो? किन यति ठुलो मजाक? शोभा अनि तिमि नि? तिमीले पनि उसलाई साथ दिएउ?”

“शोभाको केहि गल्ति छैन यसमा| मैले नै उसलाई यसमा फसाएको हो| उसले त नाई भन्दै थिइ तर मेरो जिद्दी र कसमको अघि शोभाको केहि लागेन|”

“तर किन? भेट्न मन भएको भए त बुटवल आउन सक्थिस्| मलाई काठमाण्डौ आउन किन मजबुर बनाइस्?”

“केहि प्रश्नको जवाफ खोज्दै छु| त्यसैले|”

“त्यो फोनमा नै सोध्न मिल्दैन थियो?”

“मिल्थियो तर अरु केहि कारण पनि छ हजुरलाइ यहाँ बोलाउनुमा|”

“ प्रश्न अनि कारण एकै पल्ट भन्| तलाई थाहाछैन, मैले आफ्नो रिसलाइ काबु गरेर  बसीरहेको छु| मेरो रिसलाइ लगाम बाट बाहिर आउन बाध्य नबना|”

“म हजुरको लागि माया हो कि मजबुरी?”

“कस्तो प्रश्न हो यो?”

“भन्नु न| जे सोध्दै छु त्यसको जवाफ दिनु|”

“तलाई के लाग्छ?”

“प्रश्न मैले गरेको हो| जवाफ दिने हजुरले हो, मैले हैन|”

“न माया होस् न मजबुरी| त मेरो जीवन होस्|”

“ यदि हजुरको जीवनमा म नआएको भए, अहिले हजुरको जीवनमा को हुन्थियो होला?”

“ नचाहिने प्रश्न नगर्| मलाई कसरि थाहा हुन्छ|”

“ल सजिलो प्रश्न गर्छु| यदि म नभएको भए, के हजुर निष्ठासंग सम्बन्धमा फेरी गासिनु हुन्थियो?”

“ तलाई नाम कसरि थाहा भयो निष्ठाको?”

“म कति भनौ हजुरलाई? प्रश्न मैले सोधेको हो, जवाफ हजुरले दिने हो मैले हैन|”

“ निष्ठा लाइ म माया गर्थिए| जति माया तलाई गर्छु, त्यतिकै माया उसलाई पनि गर्थिए| तर निष्ठा अतित हो र निष्ठाकहिले पनि मेरो बर्तमान हुन सक्दिन| त मेरो बर्तामान होस् अनि भबिस्य पनि|”

“भबिस्य कसले देखेको छ र| एउटा इच्छा छ मेरो, पुरा गरिदिनु हुन्छ?”

“ इच्छा भन् पहिले|”

“हजुर मलाई बिर्सिदिनु, निष्ठा संग फेरी त्यहि पुरानो सम्बन्धमा फर्किनु|”

“म धेरै अघि बढी सकें| अभ पछी जान न मेरो मनले दिन्छ र फर्की जाने बाटो पनि बिर्सीसकें मैले|”

प्रतिक्षाले धेरै कोशिस गर्न लागि मलाई निष्ठासंग सम्बन्धमा गासिनु भनि| पहिलो पटक मैले कोहि यस्तो मानिस भेट्दै छु जसले आफु दुख रोजेर अरुलाई सुख दिन खोज्दै छ| तर  प्रतिक्षालाइ निष्ठाको नाम कसरि थाहा भयो? उसलाई कसरि थाहाभयो कि निष्ठाले मलाई अहिले पनि फोन र माया दुवै गर्छे? कतै निष्ठाले प्रतिक्षालाइ फोन गरेर दुख दि लागेकी त हैन?कति सोधे प्रतिक्षालाइ तर प्रतिक्षाले जवाफमा “समयले बताउछ” मात्र फर्काउथीइ| शोभालाइ पनि प्रतिक्षाको कुरा चित्त बुझेको छैन, शोभाको अनुहार हेरेर जसले पनि यो बुझ्न सक्छ| तर शोभाले केहि बोलेकै छैन| सायद प्रतिक्षाले उसलाई केहि बचन दिएर बाधेकी छे|

म अनि प्रतिक्षा यता बिबादमा छौ र शोभा ढोका खोलि बाहिर गइ| शोभा कहाँ र किन गएको थाहाछैन तर शोभा गएपछि प्रतिक्षा झन् उग्र भइ| आग्रह पछि बिन्ति गर्न लागि प्रतिक्षा| प्रतिक्षाको बिन्ति आशुमा परिवर्तन हुन केहि समय लागेन| आखिर प्रतिक्षाले सोच्न पनि कसरि सक्छे कि म उसंग भएको सम्बन्ध छाडी, कोहि अरुसंग एउटा नया सम्बन्धको सुरुवात गर्न सक्छु| ढोका खुल्यो कोठाको, शोभा फर्केर आइ…

Previous article
Next article

Latest Posts