Part 16

“ मलाई तिमिसंग माफी पनि माग्नु छ र तिमिसंग रिस पनि उठेको छ मलाई|” छुट्टिनु अगाडी सनिराले यति भन्दा, पंकजको सबै शब्द लुटियो | उसले एकछिन सम्म केहि बोल्ने सकेन|
“रिस दिन हो भने माफी रात| दुवै एकैपल्ट हुन नै सक्दैन| अचम्मको गफ गर्छौ|”
“ सन्ध्या भनेको के हो थाहाछ? रात अनि दुवै संगै हुदैन र त्यो समय?”
“ ल त्यसो भए म ढुक्क भए त्यसो भए|”
“ म रिसाउदा पनि तीमी ढुक्क हुने?”
“सन्ध्या भनेको हैन तिमीले आफ्नो रिस र माफीलाइ| सन्ध्या कति सुन्दर हुन्छ| अनि सन्ध्यामा रात दिन दुवै हुने हैन, दुवै पुरा हुदैन| अनि अब म ढुक्क नभए के हुनु?”
“ म के दुइ बर्ष बाहिर गएको| यति गफ गर्न जान्ने भइसकेउ है?”
“ ल मेरो गफ गर्न सक्ने कलामाथि चर्चा पछी गरौला| तिमिले माफी किन माग्नु छ भनेको?”
“ अनि मैले तिमीलाई केहि नभनी अचानक गए| अन्तिम पल्ट भेट्न पनि आइन म| मलाई कति सतायो यो कुराले| तिमीले के सोच्यौ होला सोच्दा सोच्दै म सोचेको सोचेई भए|”
“ ल म माफ गर्न तैयार छु तर तिमि किन अचानक जानुको कारण के हो भन्नु पर्छ|”

सनिराले जवाफ दिनु अघिनै सनिराको मामु देखिनु भयो सनिराको घरको छतमा| “पंकज पो आएको रैछ| धेरै पछी भेट भयो है तिमिहरुको| गफ चाडै त सकिन्न होला| भित्र चिया पिउदै गफ गर तिमिहरु|” सनिराको मामुले यति भनेपछी पंकजले पछी गफ गरौला भनेर आफ्नो घर जान खोज्दै थियो तर सनिराले पंकजलाइ घर जान दिन र आफ्नो घर लगीन्| दुवै चिया लिएर सनिराको कोठामा नै पुगे र अघि बाकि रहेको बार्तालाप अघि लागिन् सनिराले|

“ उता हजुरबुवा निकै बिरामी हुनुहुन्थियो| हाम्रो एस.एल.सी. अघि नै बिरामी हुनु भएको रैछ तर मेरो परिक्षा बिग्रिन्छ भन्ने डरले कसैले मलाई केहि भनेका थिएनन्| त्यसैले एस.एल.सी सकिएकै दिनमा म कलकत्ता गए| प्लस टु त्यहि पढ्ने भनि थाहा थियो तर एस.एल.सी पछीको तिन महिना मलाई नेपाल घुम्न मन थियो| ल छोड यो कुराहरु| अब त मैले माफी पाउछु नि?” पंकजले आफुले चाहेको प्रश्नको जवाफ पायो सनिराबाट| पंकज रिसाएको कहिले थिएन तर कारण थाहापाउदा खुसि चाही अबश्य भयो|

“ म रिसाएको त थिइन| त्यसैले माफी माग्नु पर्ने कारण नै थिएन तिमीले| बरु तिमि किन रिसाएकी भन त|”
“ तिमि न रिसाएर के भयो र, म त रिसाएकी छु नि| तिमि जस्तै सजिलै फकिन्न पनि|”
“ तिमि चाही किन रिसाएकी? मैले त्यस्तो के गरे? केहि गरे जस्तो त लाग्दैन|”
“ त्यहि त तिमीले केहि गरिनौ| त्यसैले त म रिसाएकि| त्यसैले त म भन्दैछु म सजिलै फकिन्न र म रिसाउनु जायज पनि छ|”
“ त्यसैले त्यसैले मात्र भन्छौ| कारण चाही भन न| मैले त्यस्तो के गरिन?”
“ म दुइ बर्ष पर बसे तिमि भन्दा| म अब भन्छु तिमीले के के गरिनौ| तिमीले मलाई एकपल्ट पनि मिस गरिनौ| तीमिले एकपल्ट पनि म संग बोल्ने कोसिश गरिनौ…….|” सनिरा बोल्दै नै थिइन् र उनको वाक्य पुरा पनि भएको थिएन तर पंकजले उनलाइ यत्तिमै रोक्यो|
“ अनि तिमीले मलाई मिस गरेउ त? तिमीले मसंग बोल्न खोजेउ त? झन् मैले फेसबुकमा, कति खोजे तिमीलाई तर तिम्रो फेसबुक पनि छैन रैछ| अनि अझै…..|” पंकज पनि बोल्दै नै थियो र पंकजको पनि वाक्य पुरा  भएको थिएन र सनिराले बिचमै रोकिन् पंकजलाइ|
“ खुब| मैले फेसबुकमा रिक्वेस्ट पनि पठाएको छु तर तिम्ले एसेप्ट गरेको भए पो|”
“गफ है, तिम्रो फ्रेन्ड रिक्वेस्ट नै आएको छैन|”
“ज्ञानु भन्ने नाम बाट आएको छैन?”
“त्यो सुर्यमुखी फुलको प्रोफाइल पिक्चर भएको?”
“अह हो, त्यो म हु| तिमीले २ बर्षमा पनि एसेप्ट गरिनौ|”
“अनि मलाई के थाहा? नेपालको सनिरा, भारत पुगेर ज्ञानु हुन्छे भनि| अनि फोटो पनि छैन उसको| मैले कसरि चिन्नु?”
“ त्यसैले म पनि धेरै रिसाएकि छैन| तिम्रो गल्ति केहि छैन थाहछ मलाई|”
“ तर किन त्यो नाम अनि त्यो फोटो?”
“कहानी लामो छ, पछी भन्छु| मा लाग्यो भने|”
“खै के हो के| रिस मर्यो हैन?”
“खै यति चाडै मर्छ सोचेको थिइन तर मर्यो| तिमीलाई के थाहा, सधै तिमीले रिक्वेस्ट एसेप्ट गर्छौ कि भनि म फेसबुक गर्थिए तर तिम्ले कहिले नगर्ने|”
“अनि चिन्दै नचिनेको मान्छेको रिक्वेस्ट कसरी एसेप्ट गर्नु|”
“केटि जस्तै भाउ खान लागेउ त| भाउ खाने काम मेरो हो|”

गफ यसिरै नै अघि बढ्दै गयो र पंकजको घर जाने समय पनि भयो| सनिराको घर मुनि पुगेको मात्र के थियो पंकज, सनिरा दौडिदै आइन् र ….

Previous article
Next article

Latest Posts