Part 70

थाहा छैन किन, थाहाछैन के भयो तर उनि अचानक चुप लागिन्| एकछिन अघि सम्म पनि, उनि केहि नसोची, केहि बिचार नगरी, शब्द हैन बिष फ्याल्दै थिइन्| उसलाई सम्झाउन नखोजेको हैन, तर उसको आखामा रिसको पर्दा थियो, कानमा निरास्ताको कानेगुजी, अनि उसको सोच्ने र बुझ्ने बिबेकलाइ उसको मनमा रहेको राजले असक्षम तुल्याएको थियो| अघि सम्म श्रवान-भाद्रको घाम भन्दा चर्को स्वर उनको, अहिले फाल्गुन चैत्रको खहरे भएको छ|  उनि किन बाझ्दै थिइन् पनि थाहा छैन, अनि किन अचानक चुप लागिन् पनि थाहाछैन| मलाई केहि थाहा छैन, थाहा छ त केवल यति, उसले मसंग केहि लुकाउदै छिन्| उसले म संग जे गोप्य राखेकी छिन्, त्यहि बातले उसलाई सताउदै छ र उसको आशुको कारण पनि त्यहि हो| 

फेरी पनि मौनता छरियो कोठा भरि| न उ केहि बोल्दै छिन्, न म| उसलाई “के भयो?” भनि सोध्न मन छ तर डर लाग्यो, कहिँ फेरी उ अघि जसरि नै पड्किन्छिन कि भनि| उनको यो मौनता, ठुलो आधि आउनु अघिको शान्त माहोल जस्तै छ| जति माफी माग्नु परोस् माग्छु, रुनु परे रुन्छु, फकाउनु परे फकाउछु, उसको आरोपको गुलाम हुनु परे पनि हुन्छु उसको हरेक शर्त मान्न पनि तैयार छु, उसको हुन्छमा हुन्छ हुन्नमा हुन्न मिलाउन तैयार छु| मैले यति गर्दा उसको मुहारमा हासो आउछ र निरास्ता पलायन हुन्छ भने, म जे पनि गर्न तैयार छु| उसको खुसिमा नै मेरो खुसि छ| आफैले माया गरेको मान्छेलाइ आफै अगाडी कसरि यो हालतमा देख्न सक्छु| उसको तर्फबाट जवाफ हैन, आक्रोश र शब्दको बिख मात्र आउछ थाहा छ, त्यहि पनि उसलाई “के भयो|” भनि प्रश्न गरे|

मेरो प्रश्न संगै हामी बिचको मौनताको अन्त्य भयो तर मैले चाहे जसरि हैन| हामि बिचको मौनतालाइ, उसको क्रन्दनले चिर्यो| हाम्रो वरिपरी उसको रुवाइको आवाज, आशु र पिडा मात्र छ| उसको आशु हेरी बस्न असक्षम भए म, म पनि रुन लागे| उ किन रुदै छिन्, मलाई यो थाहा छैन अनि म किन रुदै छु, मलाई त्यो पनि थाहाछैन| उसको आशु देख्दा मेरो आखा पनि आशुमा डुब्न पुग्छ, उसलाइ उदास देख्दा मेरो जीवन उजाड बनिदिन्छ, उसलाई पिडामा पाउदा मेरो मन पनि रम्न सक्दैन| हाम्रो सम्बन्धको प्रकृति र गहिराइ, कस्तो छ भन्दा यस्तो छ भनिदिए हुन्छ| दुवै एक अर्काको अँगालोमा रुदै छौ| हामि बीच मौनता छैन तर कुनै शब्द बोलिएको पनि छैन| एक अर्का भित्र कति पिडा छ भनेर हाम्रो आशुबाट थाहा हुन्छ| आखाबाट आशु निरन्तर रुपमा बग्दै छ, आशुको भासा बोल्दै छौ| एक अर्काको मुटुको धड्कन, लामु र भारि सास, बेला बेला कसिने अँगालो अनि बेला बेला बेला ठुकुलो हुने अँगालोम हामी यो सबै महसुस गर्दै छौ|  शब्द छैन तर भाव बुझ्दै छौ| मलाई थाहा भइसक्यो, अब म केहि यस्तो सुन्न जादै छु, जसले मेरो जीवनबाट खुसि खोसीदिन्छ|
“मलाई माफ गरिदेउ|” प्रनिकाको यी शब्दले, मेरो अघिको अनुमानलाइ सहि साबित गर्दैछ| उसले आफ्नो मनको बात मलाई बताउन जादै छिन्, तर त्यसको ठुलो मुल्य चुकाउनु पर्ने छ मैले| किन कि यो उनको मनको भावना मात्र हैन, भावनाको आघि हो, जसले मेरो सबै खुसि आफु भित्र समेटेर लाने छ| 

यो प्रश्नको जवाफमा मैले जे बोले पनि, मैले फिर्ता पिडा मात्र पाउछु थाहा छ| उसको हरेक शब्द तिर जस्तै हुनेछ, जसले कुनै कसर बाकि राख्दैन, मलाई छिया छिया बनाउन| पिडा हुन्छ, पिडा कम गर्न सकिन्न, त्यसलाई कसरि सहने,  आफुलाई कसरि सम्हाल्ने, यति मात्र उपाय निकाल्नु छ| प्रनिकाले मसंग माफी माग्दै छिन्, तर उसले केहि गल्ति गरेको लाग्दैन मलाई| उसले माफी माग्नुको कारण केहि देख्दिन म, खोज्दा पनि भेटिन| अहिले सम्म मैले केहि गल्ति गरे अनि उ रिसाएकको छिन् सोच्दै थिए, तर माफी उसले मागिन्| यहाँ सबै यति चाडै हुदैछ, बुझ्न असमर्थ छु, आखिर हुदै के छ र मैले के गर्नु पर्ने हो|

“म तिमिलै एउटा कहानी सुनाउछु है| एउटा चरी हुन्छ, उसको जन्म नै पिजडामा भयो| जन्मिने बित्तिकै, आखा खोलेको अर्को पलमा, उसले देख्ने पहिलो दृश्य भनेको नै पिजडाको बार हो| उसलाई थाहा थियो पिजडा भन्दा बाहिर संसार छ तर अहिलेको लागि त्यो पिजडा नै उसको संसार थियो| उ त्यहि पिजडामा खुसि हुन सिक्दै थिइन्, खुसि भएको नाटक गर्न सिक्दै थिइन्| पिजडा भन्दा बाहिर निक्लिने उसले कहिले सोचेकी नै थिइन| उसको लागि उसको परिवार नै सबै चिज थियो| समाजको बार तोडेर, पिजडाबाट निक्लिने सोच उसको दिमागमा कहिले आएन| उसलाई आफ्नो खुसि भन्दा पनि परिवारको खुसि ठुलो थियो| उ आजाद भएर आफु खुसि हुन चाहन्थिन, बरु आफु बन्दि भएर पनि परिवारको खुसि उसको चाहना थियो|

एकदिनको कुरा हो, पिजडा बाहिर एउटा बिरालो देख्छे| सधै पिजडामा नै बसेको  त्यो चरालाइ के थाहा, बिरालो उसको साथि हो कि नाइँ भनि| बिरालोको नियत र चरित्र, केहि थाहा छैन उसलाई| पिजडा बाहिरको संसारको नियम थाहा छैन त्यो चरालाई| बिरालोसंग साथि बन्छिन चरी| चरीको मन सफा थियो तर बिरालोको नियत खराब| बिरालोको एउटा मात्र उदेश्य थियो, चरीलाई बाहिर निकाल्ने, अनि चरिलाइ…. चरी बिचरिलाइ के थाहा, यो सबै षडयंत्र हो| चरीलाइ के थाहा, बिरालो उसको साथि हैन र पिजडा बाहिरको संसार उसले सोचेको जस्तो राम्रो छैन|  बिरालोले चरी भित्र आट भर्यो, पिजडाबाट बाहिर निक्लिन भनि| पिजडाबाट बाहिर निक्लिनु अघि चरीले थोरै बिचार नगरेको हैन तर चरीले त्यो मात्र सोचिन्. जे बिरालोले चाहन्थियो| बाहिरको संसारमा रम्दै नै थिइन् चरी, उसलाई बिरालोको नियत थाहा भयो| बिरालोबाट जसो तसो गरेर पिछा छोडाइन्|

चरी नया दुनियामा एक्लो भइन्| उसले सोच्न सकिन, अब जे गर्ने भनि| पिजडामा फर्किएर जान मिल्छ उनि, तर फेरी पनि त्यहि पिजडामा बन्धि हुनुपर्छ| बाहिरको संसार उनको लागि नौलो छ र त्यस्ता बिराला धेरै छन्| त्यहि बेला उसको भेट अर्को चरीसंग हुन्छ| अर्को चरीको नियत राम्रो हुन्छ र मनमा केहि पाप हुदैन| दुवै मिल्ने साथि भए| त्यो नया संसार भित्र अर्को संसार भेटिन् पहिलो चरीले| पिजडा र समाजको बार भन्दा पर भएर खुसि थिइन् चरी| उनलाई थाहा थियो, उनको यो नया संसार, यदि उनलाई यहाँ बस्नु छ भने, पिजडाको संसार भुल्नु पर्छ| किन कि पिजडाको संसारले खुल्ला भइ बाच्न दिदैन| पिजडामा इच्छा, आकन्क्षा, भावनाहरुलाइ पनि आफु जस्तै बन्धि बनाउनु पर्छ| उसले आफ्नो परिवारको खुसि बिर्सिन् आफ्नो खुसिको लागि| 

एकदिन चरीलाइ परिवारको याद आउछ| अर्को चरीले फेरी पनि त्यो चरीलाई परिवारको महत्व बुझाउछे| अर्को चरीले सम्झाउदा, पहिलो चरी फेरी पनि सोच्न बाध्य भइन्| फेरी पनि सोच्न बाध्य भइन्, उसको खुसि ठुलो कि परिवारको खुसि| उसले निर्णय के आधारमा लिईन्, उसलाई थाहा छैन, तर पहिलो चरी फेरी पनि पिजडामा जाने भइन्| पिजडा बाहिर परिवारको खुसीको हत्या छ भने, पिजडा भित्र आफ्नो खुसीको| आफ्नो खुसि र परिवारको खुसि दाज्दा, परिवारको खुसि माथि देखीन् उनले| कथाको अन्त्य भयो, दुवै चरी छुट्टिए, चाहना जे होस्, उनीहरु छुट्टिनु पर्ने भयो| उनिह………”

कथाको अन्त्य उसले सुनाइन् तर आफ्नो वाक्य सक्याउन सकिन| उ फेरी पनि रुन लागिन्| हामी दुवै रुन लागेउ| प्रनिकालाइ नजाउ भन्न मिल्दैन मैले, मेरो नैतिकताले दिदैन| फेरी जाउ भन्न मेरो मनले दिदैन| उसलाई सम्झाए, हाम्रो सम्बन्ध भन्दा परिवार ठुलो हो भनि| प्रनिकाको बिहेको कुरा चल्दै रैछ घरमा| उसले मन मारेर बिहे गर्ने भईन्| मेरो मनमा धेरै कुरा छ तर उसलाई जान भने| 

अर्को हफ्ता..

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts