“छोरी, तिमि ठुलो भयौ| केहि सोचेकी छौ? भबिस्यको केहि निर्णय लिएकी छौ कि नाइँ?”
“ छलफल गर्ने यो सहि समय हैन|”
“ तिमि गाउ आउन्नौ| हामि सहर आउदा तिमि जहिले ब्यस्त, कहिले यो कहिले त्यो, कहिले यता कहिले उता| तिमीले जे निर्णय लिए पनि अहिले सम्म पनि हामीले नाइँ भनेका छौ?”
“ जब मेरो निर्णय नै स्वीकार्ने भए, किन थाहा पाउनु पर्यो मेरो निर्णय| त्यो पनि अहिले|”
“ तिमिलाइ जहिले खुल्ला भइ बाच्न दिएका छौ हामीले| तिमीलाई अहिले पनि बाध्न खोजेको हैन तर कसैले तिम्रो बारेमा सोध्दा हामिसंग जवाफ हुदैन| आफ्नो छोरीको बारेमा केहि थाहा नहुदा कस्तो महसुस हुन्छ तिम्रो बुवालाइ? तिमीले यति बुझ्नु पर्छ नि छोरी|”
“नचाहिने कुरा नगर्नु न आमा| मैले भने नि, मैले निर्णय लिएको छैन केहि, निर्णय लिएपछी भन्छु|”
“ गाउमा तिम्रो बारे हल्ला चल्दै छ| छोरी बिग्री भनेर मान्छेले भन्दै छन्| तिमीलाई अस्ति कुन हालतमा कहाँ देखे छन् गाउको मान्छेले| तिमीले …..|”
तिमीलाई याद छ कि नाइँ, रबिको बर्थडेमा तिमिहरु ठमेल गएका थियौ| तिमि, रबि अनि बाकि साथिहरु| त्यो दिन तिमीले आफुलाई सम्हाल्न नसक्ने गरि रक्सि पिएकी थियौ| अरु केटा भएको भए के गर्थ्यियो थाहाछैन तर रबीको मन सफा थियो| उसले तिमिलाइ ट्याक्सीमा तिम्रो घर सम्म पुर्यायो| तिमीले मात्तिएको तालमा ट्याक्सीमा रविलाई चुमेको थियौ| यो कुरा तिम्रो गाउ सम्म पुग्यो र बुबा आमाको कानमा पनि| ट्याक्सी ड्राइभर तिम्रै गाउको कोहि मान्छे रैछ जसले तिमीलाई राम्ररि चिन्थियो|
यहि भन्न खोज्नु भएको थियो आमाले तिमीलाई| रबिसंग छुट्टिएको पिडामा थियौ तिमि, तिमिले आमाको माया बुझिनौ| झनै बाझ्न लागेउ| तिमीले यो पनि भुलेउ कि आमाले कति दुख गरेर तिमिलै जन्माउनु भएको| तिमीले यो पनि भुलेउ कि तिम्रो लागि बाबाले आफ्नो गाउ छाड्नु भयो| तिमि मुख मुखै लाग्न लागेउ आमा बुवा संग| तिमि रिसमा अन्धो भएको थियौ, न केहि देख्ने न केहि बुझ्ने| तिमि के बोल्दै थियौ तिमिलाइ आफै थाहा थिएन| आफ्नो चित्त दुख्यो भन्दैमा तिमीले आमा बुवाको पनि चित्त दुखाउदै थियौ| तिमीले यो पनि बिर्सियौ कि उहा तिम्रो आमा बुवा हो| तिमीले बोल्दा बोल्दै अपशब्द बोलेउ|
“ तलाई जन्माउनु भन्दा कोखमा नै मारिदिएको भए ठिक हुन्थियो|” कुनै आमाले पनि यस्तो भन्नु हुन्न| यदि भन्नु हुदैछ भने तिमीले नर्कमा पनि ठाउ पाउदैन| आफ्नो छोरा छोरीलाइ आमाले कति माया गर्छन भनि भगवानले पनि बताउन सक्दैनन्| तिमीले आमाको चित्त मात्र दुखाएकी थिएनौ, आमाको मुटुको करौडौ टुक्रा बनाएकी थियौ| जसले तिम्रो लागि संसारलाइ लत्याएको थियो, त्यसले यस्तो भन्नु भनेको, तिमीले संसार कै ठुलो गल्ति गरेकी छौ| अब तिमि चुप लाग्नु पर्ने थियो तर तिमि त्यहाँ थिएनौ| त्यहाँ तिम्रो रिस र मुर्खता मात्र थियो|
“हजुरहरुको छोरी हुनु भन्दा मर्नु नै ठिक|” तिम्रो यो जवाफ केहि गरि पनि सहि हुन सक्दैन| तिम्रो यो जवाफ बाबा आमाको संसारमा चट्टान थियो, सबै तहस नहस गरिदियो| शब्दमा बिख थियो र थप केहि शब्द बोल्नु भनेको बिख बढाउनु हो| आमा रुन लाग्नु भयो र तिमीले अझै केहि भन्न खोज्दै थियौ तर भन्न पाइनौ| तिमिसंग बहस गर्ने क्षमता थिएन बाबामा, बाबाले जीवनमा पहिलो पटक तिमिलाइ चड्कन लगाउनु भयो|
बाबाको झापड पछी तिमिलाइ आफ्नो गल्ति महसुस हुनु पर्ने थियो तर त्यसो भएन| त्यो झापडले तिम्रो अहंकारमा ठेस पुर्यायो| तिमीमा यति बिबेक बाकि थियो कि तिमीले बाबालाइ केहि गरिनौ नत्र तिम्रो मुर्खताले जे निर्णय पनि गर्न सक्थियो| तिमि आफ्नो कोठामा रुदै गयौ र ढोका बन्द गरेउ| तिमि रुदा रुदै निदायौ| तिमि पिडामा थियौ| यस्तो पिडा जस्को अन्त्य छैन| तिम्रो पिडाको अन्त्य होला तर यहाँ सम्बन्ध पहिले अन्त्य भइसकेको थियो| तिमि अनि आमा बुवा बिचको सम्बन्ध अन्त्य भएको छ| तिमीले आमा बुवाको चित्त यो हद सम्म दुखाएकी थियौ कि तिमिलाई पस्च्याताप भएपनि, बुवा आमाको चित्त फर्किने छैन| तिमीलाई यो पिडामा देख्न सक्थिन म|
तिमीले जीवनमा धेरै गल्ति गरेकी थियौ| केहि समय अघि पनि गल्ति गरेकी थियौ| तर तिमिले भन्दा ठुलो गल्ति मैले गरे| तिम्रो साथि हु म, तिमीलाई त्यो पिडामा देख्न सकिन| तिमीलाई जीवन भर आत्मग्लानिमा फस्न दिनु थिएन| रातको समय, ११ बजेको थियो| तिमि आफ्नो कोठामा सुत्दै थियौ| म बाबा आमाको कोठामा गए| मलाई अरुसंग मतलब छैन, मात्र तिमिसंग| तिम्रो चित्त दुखाउने मान्छे, तिमिलाइ पिडा दिने मान्छेलाइ तिम्रो जीवनमा कसरि रहन दिन सक्थिए मैले| आग्लो हातमा लिए र बुवाको टाउकोमा प्रहार गरे| बुवाको प्राण मेरो पहिलो प्रहारमा गयो| आमाको निन्द्रा खुल्यो| डर लाग्यो मलाई, कहिँ आमा म बाट बच्नु हुन्छ कि भनि| कहि तिमीलाई यो सबै थाहा हुन्छ कि भनि| आमालाइ आग्लोले टाउकोमा प्रहार गरे| आमा ढल्नु भयो तर सास अझै पनि बाकि थियो| थप दुइ प्रहार पछी आमाको पनि प्राण गयो|
यहाँ सम्म सजिलो थियो मरो लागि| घरमा दुइटा लास छ| तिमिलाइ लासको बारे थाहा भयो भने के हुन्छ भनि मेरो मनमा डर थियो| तिमीले मेरो बारेमा के सोच्थियौ होला| तिमि उठ्नु अगाडी लासको व्यवस्था गर्नु थियो| तर कसरि? खुकुरी लिए, आमाको टाउको छिनाए| टाउको पछी हात अनि खुट्टा| औला, औला पछी हत्केला, छाती, घाटी सबैको टुक्रा गर्न लागे| यति टुक्रा बनाए कि एउटा ड्रममा आमा बुवा दुबैको टुक्रा अट्यो| चारैतिर रगत नै रगत छ, त्यो साफ गर्न लागे| मेरो समस्या यहाँ सकिएको छैन| लास तिमीले नदेख्ने मात्र भएको थियो| केहि दिनमा लास गनाउछ र सबैले थाहा पाउथिए| के गर्ने अब? बिहान तिमी उठ्नु अगाडी मैले त्यो ड्रम लुकाए|
बिहान उठ्दा तिमिले आमा बाबालाइ देखिनौ| बुवा आमालाइ देख्दिनौ तिमीले| हिजोको लागि नराम्रो महसुस हुदै थियो तिमीलाई| बुवा तिर्थ जाने भन्नु हुन्थियो, तिमीले त्यहि सोचेउ र मन बुझायौ| तिमीलाई हिजो राति घरमा के भयो भनि थोरै पनि ज्ञात छैन| पुर्खौली घरमा तिमि एक्लै थियौ र तिम्रो गाडी बेलुका मात्र आउने| तिमि फेरी पनि निदायौ| यहि मौका थियो मेरो लागि| दुइ जना कामदार खोजे र घरको परिसरमा ठुलो खाल्टो खन्न लगाए| निकै ठुलो खाल्टो| जब खाल्डो खन्ने काम सकियो, कामदार खाना खान लागे खानामा बेहोसीको औसधि मिसाएको थिए मैले| हरेक पाइला सम्हालिएर चाल्नु परेको थियो, तिमि बिउझिने हो कि भन्ने डर थियो| जब उनीहरु बेहोस भए, मैले के गरे भनि राख्नु पर्दैन| अघि भर्खर खनेको खाल्डोमा चार वटा लास पुरे मैले| तिम्रो निन्द्रा खुल्नु अगाडी सबै काम भ्याए मैले र तिमीले केहि चाल पाइनौ| भाग्य मेरो बलियो भन्दा हुन्छ| तिमि साझमा भक्तपुर फर्कियौ|
धेरै दिन सम्म पनि आमा बाबाको फोन न आएपछी तिमीलाई चिन्ता भयो| पुलिस रिपोर्ट पछी पनि केहि पत्ता लागेन| किन भने तिमिले के सोच्थियौ भने बाबा आमा मुक्तिनाथको लागि जानु भएको थियो| बुवा आमाको केहि खबर नपाएपछी पुलिशले केहि अनुमान गर्यो| दुर्घटनामा परेर बाबा आमाको मृत्यु भयो भनि| तर सत्य मलाई मात्र थाहा थियो अनि मेरो एउटा मात्र कोशिश थियो कि तिमीलाई यो सत्य थाहा नहोस्| तिमीले कहिले सोचेउ कि दुर्घटनामा बितेको मान्छेको मोबाइल तिमि निर कसरि आयो? आमाको मोबाइल मैले खाल्डोमा हाल्न बिर्सिएको थिए| तिमीले देखेउ र आम्ले भुल्नु भयो भनि आफुसंग नै ल्याएउ| तिमि यो भ्रममा बाच्दै थियौ|
मेरो जीवनको उदेश्य एउटा मात्र भयो, तिमीलाई पिडा पुर्याउनेलाइ पिडा दिने| रबिलाइ पनि सबक सिखाउने इच्छा थियो तर तिमीले नै बदला लिदै थियौ| म भएको भए रविको ज्यान लिन्थिए, तिमि कमलो मनको, झन्डै आफ्नो ज्यान लिएको तिमीले| रबिलाइ त्यसै छाड्न मन थिएन तर तिमीले उसलाई माफी दियौ र मेरो मन पनि तिम्रो माफी संग नै पग्लियो| तिमि पोखरा बस्न लागेउ|
तिमिलाइ याद छ कि
