तिमिलाइ याद छ होला| बिर्सिने कुरै हुन्न| जब तिमि गाउमा थियौ, म तिम्रो सपनामा आउने गर्थिए| तिमीलाई सपनाको मार्फतबाट केहि भन्न चाहेको थिए मैले तर तिमीले बुझिनौ| म तिम्रो साथि हो, तिमीले मलाई दुश्मन सोचेउ| हुन त मेरो तरिका गलत थियो, त्यसैले तिमीले गलत बुझेको हुनुपर्छ| तिमिले आमा बुवालाइ कति याद गर्थियौ, सपनामा भएपनि तिमिलाइ सत्य भन्न खोजेको थिए तर सफल भएन मेरो योजना| तिमिलाइ दुख दिने, तिमीलाई पिडा दिने मान्छेबाट तिमीलाई बचाउनने उदेश्य मेरो, म नै तिमीलाई दुख दिदै थिए| कस्तो अचम्म है|
तिमिहरु पोखरा फर्कियौ| दुइ दिन मैले तिमिसंग जसरि बिताए तिम्रो गाउम| तिमीलाई हेरी रहदा कति रमाइलो हुन्थियो| तिम्रो खुसिमा आफ्नो मुस्कान देख्दै थिए मैले| तिमीले त मलाई भुत सोची धामीकोमा पुगेउ| तिम्रो बिस्वास तोड्न मन लागेन त्यसैले तिम्रो सपनामा आउन बन्द गर्ने निर्णय गरे| पहिलो पटक धामीलाई भेटेको याद छ तिमीलाई? त्यो दिन कति काम भ्याउनु थियो तिमीले|| मालपोतमा जग्गा पास गर्नु थियो, घरको लागि टाईल्स मार्बल हेर्न जानु थियो, कार पनि किन्नु थियो|
खुसिको दिन हुनु पर्ने थियो तिम्रो लागि तर तिमि जहाँ जादै थियौ त्यहि उदास हुदै थियौ तिमि| मालपोतमा पनि काम बनेन| भोलिको लागि बोलायो| कार किन्न जादा तिम्रो मन चसक्क भयो| गल्ति तिम्रो थिएन| कार तिमीले आफ्नो पैसाले किन्दै थियौ अनि त्यहाँको सेल्स म्यानेजरले क्षितिजलाइ प्राथमिकता दिदै थियो| तिमीलाई रिस उठ्नु स्वाभाविक नै हो| केटीले कार चलाउदैनन् भनेर उसले कसरि अड्कल गर्न सक्छ| क्षितिजसंग तिमि अनायसै रिसायौ, गल्ति सेल्स म्यानेजरको थियो| तिमि रिसाएर पनि केहि भएन, क्षितिजले कहिले थाहा नै पाएन| टाईल मार्बल हेर्न जादा सम्म पनि तिमि अझै पनि बिच्किएकी थियौ| झन् क्षितिजले तिम्रो मदत नगरेपछि तिम्रो पार तातेर आयो| याद छ नि है तिमीलाई? बेलुका घर फर्किदा ढिला भएको थियो, तिम्रो रिस अझै कायम थियो| तिमीलाई रिस कोसँग उठेको तिमिलाइ नै थाहा छैन| घर फर्किदा तिम्रो रिस झनै कडा भयो|
ट्याक्सीको ड्राइभर दाइले कार चलाउने महिलाको मजाक उडाउदा तिमीलाई कम्ता रिस उठेको थिएन| रिस तिमीलाई दिउसो देखिनै उठेको थियो, रिस पोख्ने मान्छे भेटेकी थिनौ तिमीले| ट्याक्सीको दाइ तिम्रो सिकार हुनु भयो, तिम्रो रिसको सिकार| धन्न क्षितिज थियो र त्यहाँको माहोल सामान्य भयो नत्र जे पनि हुन सक्थियो| तिमीलाई थाहा थिएन र अहिले सम्म पनि थाहा छैन| तिमीले त्यो दिन आफ्नो मोबाइल ट्याक्सीमा नै भुलेको थियौ| घर पुग्दा सम्म पनि तिम्रो रिस अझै शान्त भएको थिएन| त्यस्तो रिस, जुन अरुले देख्दैन थियो, तिमीले मन भित्र लुकाएको थियौ ट्याक्सीमा तिमिसंगै क्षितिज नभएको भए, दाइले झापड खान्थिए होला| घर पुगेपछी तिमि सिधै सुतेउ, तिम्रो टाउको दुखेको थियो|
तिमरो चित्त दुखेको थियो, तिमीलाई निन्द्रा लाग्यो, म सुत्न सकेको थिइन| वासरुममा गएर ऐनामा चित्र कोर्न लागे| चित्र हैन, ऐनामा जुँगा कोर्न लागे| सोच्न लागे, यदि तिमि त्यस्तो देखिने हो भने, आजको दिन दोहोरिने थिएन| मात्र तिमि केटा भएको भए, आजको दिन बेग्लै हुन्थियो| त्यहि बेला क्षितिजको मोबाइल बज्यो| ट्याक्सीको दाइले फोन गर्नु भएको थियो| दाइले तिम्रो मोबाइल आफ्नो ट्याक्सीमा भेटेपछी, क्षितिजलाई फोन गर्नु भएको| तिमि अनि क्षितिज दुवै मस्त निन्द्रामा थियौ, फोन मैले उठाए|
“हजुरको फोन ट्याक्सीमा छुटेको रैछ| म हजुरको घर बाहिर छु|” ट्याक्सीको दाइले यति भन्ने बित्तिकै म मोबाइल लिन बाहिर गए| तिमीलाई उठाउन उचित लागेन अनि क्षितिजलाइ उठाउन मनले मानेन|
“ केटि मान्छे भएर यसरि बाहिर आउन लाज डर लाग्दैन?” ट्याक्सीको दाइले यति भन्ने बित्तिकै मलाई पनि रिस उठेर आयो| तिमीले दिउसो जे अनुभव गर्दै थियौ, म त्यो बेला त्यहि महसुस गर्न लागे| दाइलाइ सबक सिकाउन मन लाग्यो| मलाई लेक छेउ सम्म लगिदिन आग्रह गरे| म पछाडीको सिटमा गएर बसे र दाइले ट्याक्सी चलाउन लाग्नु भयो| लेक छेउ सम्म पुग्दा पनि के गरि सबक सिकाउने भनि सोच्न सकिन| बैंक चौकमा पुग्दा केहि आयो दिमागमा| दाइलाई ट्याक्सी रोक्न भने|
दाइले ट्याक्सी रोकेको अर्को पलमा नै मैले आफ्नो सलले दाईको घाटी थिच्न लागे| धेरै मुस्किल भयो दाइलाई आफ्नो काबुमा ल्याउन तर दाइले हार मान्दै जानु भयो र मेरो पकड उहाको घाटीमा बलियो हुदै गयो| एकछिन सम्म चलमल गरेको मान्छे, अहिले प्राण बिनाको हुनु भएको थियो| यहि हो उहाको सजाय अनि सबक| तिम्रो लागि मैले अर्को ज्यान लिए| तिमिलाइ थाहा भयो भने तिमि खुसि हुन्नौ भनि थाहा थियो तर म खुसि थिए यति गरेर| के हक थियो त्यो दाइसंग कि उहाले तिम्रो मनमा ठेस पुर्याउनु भयो|
भोलिपल्ट ट्याक्सी ड्राइभर समितिको हड्ताल याद छ? यहि कारणले हो| उनिहरुलाई सुरक्षा चाहियो रे| सुरक्षा त मलाई चाहिएको थियो, उनीहरुको सोचबाट सुरक्षा| तिमिलै यति सानु घटना याद पनि छैन होला| तिम्रो लागि पो सानो पल थियो, मैले कसैको ज्यान लिएको थिए, मेरो लागि सामान्य थिएन| तिम्रो खुसिमा आफ्नो खुसि खोज्दै थिए तर म जे गर्दै छु त्यसमा कस्को खुसि छ भनि चाल पाउन मुस्किल भयो|
म यता चिन्तामा घेरिएको थिए, त्यहि बेला तिमि क्षितिजसंग गोवा जाने भयौ| तिमि खुसि हुदै थियौ र तिम्रो खुसिमा म पनि खुसि हुदै थिए| गोवाको यात्रा तिम्रो लागि खुसि र आत्मग्लानिको मिश्रण थियो| क्षितिजको परिवारलै भेट्न नपाउदाको ग्लानि, खुसि के को भनि राख्नु पर्दैन होला मैले| क्षितिजको परिवारको बारे सुन्दा, तिम्रो मनमा कता कता चसक्क हुदै थियो| तिमीलाई छोरा छोरीमा अन्तर मन पर्थिएन तर क्षितिजको परिवार ठ्याक्कै उल्टो| के गर्ने के नगर्ने भनि तिमिलाइ निर्णय लिन गाह्रो हुदै थियो|
यत्तिकैमा
