जिबन त हलुङ्गो नै थियो कपास सरि,तर जब जिबन सपना र अन्तर मनको द्वन्दको सागरमा भिज्यो,जिबनमा भार थपिदै गयो | रोनाल्डोले त्यति भकुण्डो खेलाउदैन होला ,जति म आफ्नु मनमा कुरा खेलाउदै थिए |
जे नहोस भनेर भनेको,त्यहि भयो |चौक पुगेको मात्र के थिए ,बर्षालाइ देखे |म र उसंगै चौक पुगेका थिएउ | भाग्य भन्ने चिज पनि अनौठोको हुदो रैछ, सोचेको नपुग्ने,रोजेको नपाउने,खोजेकोले चित्त नबुझने | हामि दुवै बाटोको एकै साइडमा थिएउ, मेरो र उनको दुरी केहि इन्चको मात्र थियो ,संगै हिड्दै त थिएउ तर लाग्दैथियो कि दुरी चाही निकै धेरै थियो | संगै भएता पनि हामि एक अर्कालाई चिन्दैनौ जस्तो गरि अघि जादै थिएउ | उसले म तिर हेर्दा नि हेरिन,म चाही कुनै कुनै बेला उ तर्फ हेर्थिए र फेरी बाटो तिर मुन्टो घुमाउथिए | उसले बोल्ने कोसिस पनि गरिन, मैले बोल्न खोजे तर बोलि फुटेन | सधै हिड्ने बाटो पनि आज लामो लाग्दै थियो | यति सानु बाटो काट्न यस्तो भयो,यति लामो जिबन काट्न झन् के होला?यसरी कोसिस बिना हार मान्दिन सोचे र केहि गर्छु भन्ने अठोट लिए|
आफु भित्रको सबै बल जुटाए र उसलाई सोधे “किन ढिलो ?” उनीबाट केहि प्रतिक्रिया आएन,सायद सुनिनन् होला सोचे र फेरी अलि ठुलो स्वरमा सोधे “ओइ किन ढिलो ?” फेरी पनि केहि जवाफ आएन,मैले बुझे उसले बोल्न नखोजेकी भनेर | हिजो उसले गरेको कुरा,अभ मेरो कानमा गुन्जिन लाग्यो |अभ साचिकै उनी म संग नाबोल्ने हो त एस.एल.सी सम्म ? उसले रिसको झोकमा भनेकी होला सोचेको थिए तर मेरो सोच गलत रहयो | कहिले पनि उ यति धेरै रिसाको देखेको थिन मैले,मैले अरु थप केहि बोलेर उसको रिसलाई बढाउने चेस्टा गरिन | जति जति स्कुल र हामि बिचको दुरी घट्दै थियो,त्यति नै मैले हामि दुइ बिचको दुरी बढेको महसुस गर्दै थिए र यसरि मौनताको बिच स्कुल पुगियो |
मेरो जिबन नेपालको स्तिथि भन्दा कम नाजुक थिएन |संबिधान जस्तै महत्वपुर्ण थियो आउन लागेको मेरो एस.एल.सी तर यस्तो गहन बिषयलाई छाडी,नेताहरु जस्तै मस्तिस्क र मन आफैमा लड्दै थिए,नचाहिने कुरालाई मुद्दा बनाई|नेतालाई जनताको भोटले यति ठुलो जिम्मेवारी दिएको थिए र मलाई भने आमा बाबा को माया र स्नेहले तर म भने नेता जसरि नै निकम्मा भए | अर्को तिर फेरी भारतले नेपालको सिमाना मिचेझै सारिकाले बर्षाको लागि मेरो मनमा भएको माया मिच्दै थिन | यहाँ गृहयुधको माहोल थियो,बिदेशी शक्तिको हस्तछेप नि चरम हुदै थियो मेरो जिबनमा | नेताहरु रिबन काट्न ब्यस्त भए र म चाही मायामा डुब्न ब्यस्त थिए | हुने बिरुवाको चिल्लो पात भन्थिए,यहाँ हुर्किसकेको बिरुवा त सुकेर जाला जस्तो भयो | हजारौ पटकको सोचाईबाट एउटा निस्कर्ष निक्लियो,म पनि एस.एल.सी सम्म पढाईमा मात्र ध्यान दिन्छु,पढाई बाहेक अरु केहि ठुलो हैन | सायद यहि थियो मेरो जिबनको संबिधान |मैले अघिनै भने मेरो जिबन र नेपाल एकदम मिल्छ,अन्तिम निर्णय स्वीकार्य भएन मेरो मनलाई,संबिधान संसोधन हुने भो र अन्तिम नतिजा के पारित भो भन्दा,मैले सारिकलाई र आफ्नु पढाई संगै अघि बढाउनु पर्ने भयो | अभ मेरो जिबनमा पनि समाबेशी सरकार हुने भयो | सबैलाई संगै लिएर हिड्न सक्ने मेरो मन,सायद नेपाल को सत्तामा पुगेको भए नेपाल कति बिकसित हुने थियो होला | माओबादीको नाम आफ्नै क्षेत्रबाट हराए झैँ, बर्षाको केहि समयको लागि यो कथाबाट बिलिन हुन्छिन |
