“म कस्सम जिस्केको हैन |” उसको आसुले मलाई कम्जोर बनाउदै थियो,त्यसैले म जति सक्दो चाडै यो कुरा सक्याउन चाहन्थिए ,नत्र म फेरी आफुलाई उनीलाई माया गर्नबाट रोक्न असमर्थ हुने निश्चित थियो |
“त्यसोभए हामि पनि एस.एल.सी पछी मात्रै बोल्ने |” यति भन्ने बितिकै,मलाई बोल्ने मौका नदिएर उसले फोन काटिन् | कुरा छिट्टै टुंगो लगाउन खोजेको हो मैले तर यसरी भने चाही हैन |
फेरी उसलाई फोन गरु कि जस्तो लाग्यो तर फेरी मनले हुन्न भन्यो | सायद मेरो फोनले उसलाई अझै पिडा पुर्याउथियो होला | उता उ टुक्रिएर रुदै थिन् र यता म | दुबैको चाहानामा केहि फरक थिएन तर पनि पुरा भएन | गल्ति हाम्रो भन्ने कि समयको,दोष कसलाई लगाउने ? यसरी बर्षासंग लगाएको माया मेरो मुटुमा, उनिसंग बिताएको पल मेरो समझनामा ,उनीसंग खोजेको साथ मेरो सपनामा, उनको याद मेरो झझलकोमा र उनको नाम मेरो अतितको पुस्तकमा सिमित भयो ।
“उठ् भनेको ,कति सम्मको भाको होला त!रातभरी मोबाइल चलाएर बस्छ,अनि बिहान चाही स्कुल जाने बेलामा नउठ्ने |” राति ढिलो सुतेको,यति बिहान उठ्न त गारो भइहाल्छ नि| राति सुत्दा १ बज्न लागेको थिए र अहिले उठ्दा ५, कसरि पुगोस त निन्द्रा |उठ्न मन नभए पनि उठ्नु पर्यो |मोबाइलको अलार्म भएको भए पनि अफ गर्न मिल्ने तर मामुको गालीको अलार्म पो थियो,न त अफ गर्न मिल्ने न त स्नूज |बल्ल बल्ल उठे र केहि ढिला भईसकेको थियो | अभ फेरी आज स्कुल जान मन पनि थिएन |
“आज नजाने म |” ओछ्यानबाट नै कराए | अल्छी लागेको र ढिलो पनि भएकोले जान मन नलाग्नु स्वाभाविक थियो |यदि गए भनेनी गालि खानु पर्थियो सरको,जानी जानी गालि चाही किन खानु भनेर नजानु नै उचित ठाने मैले |
“उठेर लुगा लगाउछस् कि म आऊ त्यहाँ ?” यति सुन्ने बित्तिकै के को अल्छी लाग्नु,जुरुक्क उठे र ड्रेस लगाएर स्कुल लागे र हिड्नु अघि सारिकालाई छोटो सन्देश पनि लेखे मोबाईलमा| तर मनमा दोहोरो डर थियो,पहिलो गालि खाने र दोस्रो बर्षाको सामु पर्ने |गालि खानु नया कुरा थिएन, तर बर्षासङ कसरि बोल्नु |केहि घण्टा अघि मात्र नबोल भनेर फोन राखेकी मान्छे,यदि बोल्नैपर्यो भने,कसरि बोल्नु ? तर खासै बोल्ने काम र कारण हुन्न होला,स्कुल पुगेपछि किताब र कलम नै पहिलो प्राथमिकता हुन्थियो | मनमा धेरै कुरा लिदै घर बाट निक्लिए ।
