Part 22

“आइ लब यु,माया गर्छु के तिमीलाई,कस्तो नबुझेको तिमीले “ अचानक उबाट यति सुनेपछि, अक्कबक्क भए |उनीले मेरो अघि प्रेम प्रस्ताब राख्दै थिन् |उसले यति भनेपछि,बोलि मेरो चुप भयो र उनी पनि चुप नै थिन् ,दुइ तर्फै एकछिन मौनता छायो| उसले मेरो जवाफ पर्खिदै थिन् र म भने के भन्ने भनेर चुप थिए |

उसले अचानक राखेको प्रेम प्रस्तावले हाम्रो वार्तालापमा मौनताको मिश्रण हुन पुग्यो | म चुप थिए र चुप उनी पनि,लाग्दैथियो फोनमा बोल्ने कोहि छैन अर्को तिर | अभ यो मौनताको अन्त्य कसले र कसरि गर्ने ? मौनतालाई चिर्दै उसको प्रस्तावको जवाफ दिने कर्तब्य मेरै थियो तर जवाफबाट म आफै अनविज्ञ थिए,त्यसैले मेरो बोलि फुटेन | सायद उसले यसरि प्रेम प्रस्ताभ राख्न नहुने थियो सोचेर उ पनि चुप थिन् अथवा मेरो जवाफको प्रतिक्षामा थिन् | म उसलाई माया गर्छु कि गर्दिन,थाहाछैन मलाई | एउटा कुरा चाही पक्का थियो,म आकर्षित थिए उनी प्रति | अभ यो आकर्षणलाई प्रेमको संज्ञा दिने कि पलाउन लागेको प्रेम को बिरुवालाई दोधारको पाइलाले किल्चिएर मार्ने,यो मेरो निर्णयमा भर पर्थियो |

वर्षालाई भुलाएर उसलाई अपनाउन पनि गार्हो थियो मलाई,तर मैले अहिले “नाई”भने भने त सारिकालाई पनि गुमाउने निश्चित थियो | फेरी वर्षा त कहिले मेरो भइनन् पनि,कति बेर पर्खिने बर्षाको लागि,पर्खाइको पिडामा अझै कति जल्नु म , भबिस्यको कल्पनामा कसरि म अहिले बर्तमानलाई लात हान्नु, फेरी यो पर्खाईको सिमा पनि थिएन | जिबन भर पनि पर्खिन नपर्ला भन्ने थिएन, फेरी म जिबन भर पनि बर्षालाई पर्खिन तैयार थिए तर मेरो पर्खाई खेर गयो भने ? पर्खाई को पिडा सहने चाही म,फल अरु कसैले खायो भने ? यस्ता धेरै मानसिक अन्तर द्वन्दको आधिं बीच मेरो जिबनको जहाज फसेको थियो ,अभ आफ्नु जहाजलाई सुरक्षित तरिकाले किनारमा पुर्याउने जिम्मा पनि मेरै त थियो |

“म पनि त माया गर्छु तिमीलाई, देखाउन पो नसकेको हो अहिले सम्म” मनमा भूकम्प ल्याउदै गरेको सबै कुरालाई पन्छ्याउदै मैले उसको प्रस्ताबमा सहमति जनाउदै उसलाई अपनाए |अन्त्यमा मायामा हजार चोट खाए पनि. सबै खोट बिर्सी प्रेमको बोट रोप्दै, ओठले मनमा भएको सबैथोक भने उसलाई| सायद मैले निर्णय चाडै लिए होला तर मलाई यहि ठिक लाग्यो | आज नभए भोलि,सारिका नभए अरु कोहि,जसरि भएपनि मैले वर्षालाइभुल्न यो कदम लिनै पर्थियो | फरक यति थियो कि

Previous article
Next article

Latest Posts