फोन लाग्यो,दुइ घन्टी पनि गयो र अचानक उताबाट आवाज आयो ,“माफ गर्नु होला,तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बर ब्यस्त छ |” फोनमा सन्देश दिनेलाई के थाहा,नम्बर ब्यस्त हैन,त्यो नम्बर धनि चाही रिसाकि छे भनेर | रिसाएर नै होला,मैले जति फोन गरे पनि फोन चाही उठेन ,हरेक दुइ घन्टी पछी फोन कात्तिन्थ्यो |जसरि नि फकाउछु सोचेर एकछिन कोशिश गरे तर एकछिन पछी हार खाए | फेरी कति सुन्नु उसले फोन काटेपछिको त्यहि आवाज ,“माफ गर्नु होला,तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बर ब्यस्त छ |” अझै केहि समय सुनेको भए त यहि आवाज संग माया बसला जस्तो भो | सुत्न लाग्नु पर्यो भनेर,मोबाइल चार्जमा हालेर ओछ्यानमा पल्टेको मात्र के थिए, मोबाइल बज्यो र फेरी उठ्नु पर्यो |सोचे जस्तै त्यो फोन गर्ने सारिका नै थिन् | सायद रिस मेटियो उसको,त्यसैले आफै कल गरिन्|
“तिमि आजबाट मसंग नबोल,अनि मलाई फोन पनि गर्नु पर्दैन |” मैले फोन रिसिभ गरे र हेल्लो भन्न नपाउदै शब्दको झटारो प्रहार भयो सारीकाबाट | तर उनको यो रिस पनि केहि पलको मात्र थियो ,त्यसैले उसलाई फकाउन लागे म |
“सरि के मोबाइलमा पैसा थिएन,त्यसैले फोन नगरेको |” सबभन्दा सजिलो बहाना त्यहि थियो मेरो लागि |
“अनि मैले गर्दा चाही किन नउठाको? कि फोन रिसिभ गर्न नि पैसा लाग्छ?”
“त्यसको हैन नि, तिमीले फोन गर्दा थाहापाइन मैले |”
“बिहानबाट फोन गर्दै थिए, बिहान देखि नै ब्यस्त हुन्छौ जहिले?”
उसको प्रश्नको क्रम रोकिएन,एक पछी अर्को प्रश्न,सायद ऋषि धमला उसको नातेदार हुनु पर्छ | त्यहि पनि उसलाई फकाउन म लागि परेको थिए |
“ मैले जानी जानी तिम्रो फोन रिसिभ नगर्ने हो र? आखिर तिमि बाहेक मेरो को छ र ?”
“भयो के यसतो मिठा कुरा गर्नु पर्दैन,आज त तिम्रो कुनै बहाना चल्दैन |”
“बहाना हैन,एक पल्ट बुझ्ने कोशिश त गर,आजबाट कहिले यस्तो हुने छैन ,कसम मेरो भर पर |”
“ तिमि जहिले यस्तै त हो नि , तिम्रो कसम जहिले सस्तै त छ नि , आज गर्दिन भन्छौ तर फेरी भोलि त्यहि ताल हो , तिम्रो लागि त सम्बन्ध र कसम पनि सायद कुनै ब्यापार हो |”
“ कसम आजबाट तिम्रो चित्त दुखाउदीन,फेरी पनि यसरी तिमीलाई चोट पुर्याउदीन,अन्तिम पल्ट हो आज माफ गरिदेउ, अन्तिम पल्ट भए नि मेरो कसमको भर परिदेउ |”
“अन्तिम पल्ट रे! कति पल्ट भन्छौ यहि कुरा ?,कसम खान्छौ तर किन गर्दिनौ कसम पुरा , तिम्रो कुरामा त अभ बिश्वास लाग्दैन, मैले माने नि अभ तिम्रो कुरा मेरो यो मेरो मन ले मान्दैन |”
“ अभ पनि गल्ति गरे भने म आफै पर गइदिम्ला, तिम्रो जिबन बात आफै म अदृस्य भइदिम्ला |”
यति भएपछि उसको मन पग्लियो जस्तो लाग्यो,उसको स्वरमा केहि परिबर्तन आयो र अचानक उनले भनिन “तिमि पर जादा मन कस्तो भारि हुन्छ,तिमि संग बोल्न नपाउदा लाग्छ जिबन नै खालि हुन्छ,तर जहिले गायब हुन्छौ,आज अन्तिम पल्ट हो,फेरी यस्तो गरेउ भने म कहिले बोल्दिन |”
अन्तिममा आएर उनी मानिन् र उसले यति भने पछी मैले पनि “हुन्छ,अभ यस्तो गर्दिन” भनेर कुरा अघि लगे| तर अचानक पुर्णबिराम लाग्यो हाम्रो वार्तालापमा जब उनीले आफ्नु वाक्य पुर्णबिराम बिना नै टुन्ग्याइन्|
