धेरै सोच बीच आफ्नु खाटमा पल्टेको थिए,कहिले के कुरा आउने यो दिमागमा त कहिले के कुरा | यतिकैमा सारिकाको फोन आयो | जहिले अक्कड़ो समयमा फोन गर्छे सारिकापनि | एक किसिमले उसको फोन पनि ठिकै लाग्यो, उसको आवाजले केहि भए पनि मेरो मन हलुङ्गो बनाउछ | त्यसैले उसको फोन उठाए र हेल्लो फर्काए |
“ओइ उल्लु के हो? कता गायब ?” मलाई झपारी उसले |
“आज बिजी थिए सरि |” अरु केहि भन्न जानिन ,अरु भन्न र सोच्न सक्ने स्तिथिमा थीएन मेरो दिमाग र मन |
“केहि नभए मेसेज त गर्नु पर्छ ?”
“ब्यालेन्स थिएन,मोबाइल कसरि चल्छ?”
“अनि फेसबुकमा एड खोइ किन नगरेको ? “
“भने नि पैसा नभएर छैन नेट चलेको|”
“तिम्रो अफिसमा त हरेक बेला नेट चल्छ हैन ?”
“आज सन्चो नभएर अफिस गएको छैन |”
यस्तै धेरै झुठको सहारा लिएर हाम्रो कुराकानी अगाडी बढाउदै थिए मैले | उसलाई गुमाउन चाहन्थिन ,किन कि अभ मेरो दुख कम गर्ने माध्यम सारिका मात्र थिन् | पहिले पनि उसले गर्दा म अन्धकारबाट बाहिर आको थिए र अभ पनि उनी नै मेरो सहारा थिन यो संसारमा | धेरै कुरा भयो हामि बीच र फोन राख्ने बेला पनि भयो |मैले सजिलै बाई भने तर उसले त्यति सजिलै बाई भन्न मानिन | अभ उसलाई मनाएर सुत्न जानु काम मेरो थियो |
“ फोन राखे है मैले |” मैले यति भने तर मलाई थाहाथियो उसले नाई भन्छे |
“मेरो कुरा त सुन पहिले |” मैले भनेनी उसले मान्दिन फोन राख्न |
“ल चाडै भन |”
“दिनमा एकपल्ट भएपनि फोन गर है | तिमि संग नबोल्दा कस्तो हुन्छ मलाई |”
“म बिजी हुन्छु नि त |” भएको कुरा भने |
“जति बिजी भएपनि यति गर्नु पर्छ | तिमि संग बोल्न नपाउदा गार्हो हुन्छ मलाई |”
मैले सहमति जनाए र हाम्रो बार्तालाप त्यहि टुंगियो | तर उसले भन्न के खोजेकी ? सायद यहाँ बैंकमा खाता खोल्न भन्दा कसैको मुटुमा मायाको खाता खोल्न सजिलो छ | एउटा धोका बन्द भए अर्को खुल्छ भन्थिये,यहाँ पनि त्यस्तै हुदै थियो | बर्षाले हुन्न भनिन तर यहाँ फेरी सारिका आयिन | सायद यहि होला जिबन | काला गए गोरा आउछन,गोरा गए खैरे |
