Part 1

यो कथा मेरो हैन, यो कथा करणको हो| करण भन्नु भन्दा “K” भनेर सम्बोधन गर्छु उसलाई, मैले मात्र हैन धेरैले उसलाई “K”भनेर नै सम्बोधन गर्दै थिए| यो कथा मलाई उसले नै बिस्वास गरेर भनेको थियो, आज उसको कथा सबै माझ राख्ने जमर्को गर्दैछु| म यहाँ यो कथा अरु सामु पेस गर्नलाइ हैन, उसको कथा उल्था मात्र गर्न खोज्दै छु| उसले भनेका केहि प्रसंगहरु यस्ता छन्, जुन नेपालीमा उल्था गर्दा भाव नै हराउछ त्यो प्रसंगको, त्यसैले केहि पल र वाक्यहरु हिन्दिमा नै देखिनेछ यो कथामा| केहि अपशब्द अनि कुनै व्यक्ति वा लिंगलाई होच्याइएको लागे पनि, त्यो किन प्रयोग गरिएको हो भनि दोस्रो कोणबाट पनि बिचार गरेपछी मात्र चित्त दुखाउनु होला| कथा “K” को हो, मैले धेरै समय लिन हजुरहरुको| यसपछिको कथा अब उसकै शब्दमा|

_______________________________

यदि कोहि कलेज बिधार्थी भएर जान्छ, अनि 4 बर्षको अवधिमा उ गायक, कलाकार, comedian, प्रेमी, नालायक तर काबिल हुन्छ भने, त्यो व्यक्तिले पक्कै पनि इन्जिनियरिंग पढेको हुनुपर्छ| अहिले धेरैले मलाई “K” भनेर चिन्छन अनि धेरैले मलाई मेरो साहित्यको कारणले चिन्छन, कसैले के भनेर चिन्छन तर यो कथा सुरु हुन्छ मेरो कलेजको दोस्रो बर्षबाट| इन्जिनियर बन्ने सोचले कलेज पुगेको छोरो, इन्जिनियर त भयो तर प्रेमी पनि भयो| मैले धेरै भुमिका बाढ्दै छु भने भन्नु है, म कथालाइ छोटो बनाउने छु|

इन्जिनियरिंगको पहिलो बर्ष, धेरै खास केहि थिएन| होस् पनि कसरि, मेकानिकल इन्जिनियरिंग पढ्दै थिए, सबै बोकाहरु मात्र हुने| शब्दको लागि माफी चाहन्छु तर बोका नै हो सहि शब्द| बोका मात्र हैन, र्याल चुहाउने, ठुस्- ठुसी गनाउने बोकाहरु| यस्ता बोकाहरु थिए मेरो क्लासमा अनि अप्सरा कोहि थिएन| एउटा क्लासमा सबै केटा मात्र| के कस्ता कुरा हुन्थियो भनि मैले भनि राख्नु पर्दैन| त्यसैले पहिलो बर्षमा केहि खास नै थिएन|

मेरो पहिलो बर्ष सकियो अनि दोस्रो बर्ष सुरु हुन अझै एक महिना बाकि थियो| परिक्षा सकिएको, हाम्रो बिदा चल्दै थियो| बिदा हुनु अघि जति खुसि हुन्छ मन, सुरुका केहि दिनको लागि मात्र हुन्छ त्यो खुसि| फेरी यता खल्ती खालि, जब खल्ती खालि त दुनिया जाली हुन्छ| मनाली, गोआ, कहाँ कहाँ घुम्न जाने मन थिएन तर कहिले समय नमिल्ने कहिले साथि नमिल्ने अनि अहिले पैसा थिएन| मनको धनि अनि …. त्यसपछि त बिदा पनि अल्छी लाग्दो हुन्छ अनि कलेजको याद आउछ| मेरो(दोस्रो बर्ष) को पो बिदा, पहिलो बर्षको क्लास भर्खरै सुरु भएको| “बिदाको बेला कलेज को जान्छ?” भनि कसैले सोध्यो भने, जवाफमा दुइ शब्द दिए हुन्छ, “बोका र इन्जिनियरिंग बिधार्थी|” म दुवै भइसकेको थिइन तर हुने तरखरमा थिए|

एक त आफु भर्खरै सिनियर भएको अनि अरु गर्ने काम केहि छैन| आफ्नो कक्षा नभएपनि, कलेज जान सुरु गरियो| टिचरले पनि केहि नभन्ने फेरी| पहिलो बर्षमा सबै टिचरसंग यसरि घुलमिल भइएको थियो, कोहि साथि जस्तै भएका थिए भने कोहि काबुमा थिए| कलेज जान त गइयो तर कुन क्लास बस्ने भनि निधो गर्न बाकि थियो| मेकानिकलमा गएर केहि हुन्न, सबै हामि जस्तै बोका थिए| हुलमा गएर के मिस्सिनु| कम्प्युटर डिपार्टमेन्टमा पुगियो| कम्पुटर ल्याबमा पुगियो| पहिलो दिन बिशेष केहि थिएन|

हुन त फुलबारीमा हरियारी चर्न गएका बोकालाइ, परालमा के आखा जान्थियो र| कम्प्युटर ल्याबमा राम्री केटि देखिएन, अब आखा सेक्ने आशमा क्यान्टिनमा पुगियो| क्यान्टिनमा पनि केहि उपलब्धि भएन| केटिको फिगर भन्दा समोसाको फिगर राम्रो थियो, केटिको गाला भन्दा पुरी पुक्क परेको थियो अनि देखेका कोहि केटीको अनुहार भन्दा त उस्सिनेको अण्डा राम्रो देखिदै थियो| त्यसै मैले भनेको हैन कि पहिलो दिन केहि खास थिएन| घास खोज्दै हिडेको बोका भोकै घर फर्कियो|

दोस्रो दिन पहिलो दिन भन्दा भिन्न भयो| झुसिलेकिरो त एकदिन पुतली हुन्छ भने,… क्यान्टिनमा थियौ हामि, त्यहाँ ५ ६ जना केटी संगै थिए| हामि संगै हैन तर हामि भन्दा केहि अघिको टेबुलमा बसेका थिए उनीहरु| भन्छन नि, सुन्दरता नग्न शरीरमा हैन ढाकिएकोमा हुन्छ| अनि मोल पनि त्यहि चिजको हुन्छ जुन ढाकिएको हुन्छ| त्यहि अघिको केटीको हुलमा एउटा केटि देखे, तर ढिलो देखे| जब त्यो केटिको हुल क्यान्टिनबाट बाहिर जादै थियो, मेरो आखा एउटा केटीमा गयो| एक झलक मात्र देखे उनलाई, त्यो पनि कान अनि कपाल| त्यत्तिमै फिदा भए म| माया नै बस्यो, अब हेरम यो माया कति मिनेट अम्म टिक्छ|

त्यो केटीको हुल क्यान्टिनबाट सिधै कम्प्युटर ल्याब तिर गयो| म अघि सम्म बोका थिए, अब भमरा पनि म पनि कम्प्युटर ल्याब तिर गए, मेरा साथिहरु अझै पनि क्यान्टिनमा नै थिए| पहिलो नजरमा पहिले पनि धेरै पटक माया बसेको थियो र केहि पलमा नै अन्त्य पनि भएको थियो तर अघि जुन केटि देखे, उनमा केहि खास थियो| निलो जिन्समा पहेलो टि-सर्ट अनि सेतो स्पोर्ट्स सु| शरीर र मुहारको बर्णन गर्दिन म, म चाहन्न कि मेरो शब्दको सहयोगमा कसैले पनि उनको चित्र आफ्नो दिमागमा कोरोस् भनि| उनलाई एकहोरो तरिकाले हेर्दै थिए, त्यत्तिकैमा पछाडीबाट आवाज आउछ, “अपेक्षा…

Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts