Part 101

“आज म आउदिन है निष्ठा,साथीको बर्थडे छ|” निष्ठालाई यति मेसेज पठाए| शोभालाइ बोलाएको थिए चावाहिलमा, आज उस्कैमा जाने भएर निष्ठालाई घर आउदिन भनेको हो| मलाई थाहाभए सम्म शोभा लोकन्थलीमा बस्थि तर अहिले बानेस्वर कोठा सरि सकीछ| बेलुकाको समय , अनि त्यसमाथि प्रधानमन्त्रिको सवारी ,गौशलामा ४५ मिनेट जाममा फसे पनि गाडी अघि बढ्ने केहि छाटकाट देखिएन,त्यहाँ बाट हिडेर नै जाने निर्णय गरेउ मैले अनि शोभाले| उसले भने अनुसार ३० मिनेट पर्याप्त हुन्छ हिडेर पुग्नलाई|

यो ३० मिनेटमा शोभालाई एक एक कुरा भन्न लागे, भन्न मिल्ने सबै कुरा भने| शब्द संगै आशु पनि बाहिरिन खोज्दै थिए तर सक्दो प्रयास गरे आशुलाई छेक्न,आखाबाट बाहिर आउन नदिन| मैले एउटा निर्णय लिईसकेकी थिए तर त्यो निर्णय भने भनिन शोभालाई,उसले के भन्छे जान्न मन लाग्यो|

“मतलब भएन निष्ठाले अहिले बिस्वासलाइ माया गर्छे कि नाई भनेर,बिस्वासले पनि माया गर्नु पर्यो नि त निष्ठालाई| बिस्वासलाई जसले माया गरोस् तर बिस्वासले तलाई नै माया गर्नु हुन्छ|”

“म बिस्वासको माया नभएर मजबुरी हु जस्तो लाग्छ|”

“माया भनेको यस्तै हुन्छ,कि मज्बुरिमा हुन्छ कि यसले मजबुर बनाउछ|”

“मेरो इच्छान् उहाको मजबुरी हुनु हो न उहालाई मजबुर बनाउनु हो, मात्र उहा खुसि भए पुग्छ|”

“अनि बिस्वासको खुसि भनेको नै त होस|”

“के थाहा म भन्दा निष्ठा संग हुदा उहा खुसि हुनहुन्छ कि| उहाले म भन्दा राम्रो भेट्नु हुन्छ नि|”

“मायामा कसैले लेखा जोखा गर्दैन| न् मायामा कसैले दाज्छ| यदि गर्यो भने त्यो माया हैन ब्यापार भयो,अनि मलाई थाहाछ,बिस्वास अनि तैले माया गरेको हो ब्यापार हैन|”

“ब्यापार नै भने हुन्छ मेरो मायालाई| आज मेरो खुसिको ब्यापार गर्दै छु, आफ्नु खुसि दिएर, बिस्वास र निष्ठाको खुसि
पाउदै छु फिर्तामा,भएन त फाइदा?”

“अनि त्यो खुसि संगै पिडा र आशु पनि पाउछ्स नि| कहाबाट फाइदा भयो?”

 “पाउदै छु हैन?एउटा कुरा दिएर चार थोक पाउदै छु,फाइदामा नै छु|”

“मैले सक्ने भनेको भन्न हो,तैले मलाई भेट्नु अघि नै निर्णय लिईसकिछस्,त्यसलाई बदलिन सक्दिन अब म|”

मन अनि शोभा,दुबैको निर्णय उही थियो तर उनीहरु दुबैको निर्णय स्वीकार्य भएन मलाई, त्यसै म आफुलाई जिद्दी भन्छु,घमण्डको साथ भन्छु,म जिद्दी हु| शोभालाई भनेर एक प्याकेट चुरोटअनि ओल्ड दरबार लिन लगाए ,आश थियो यो नशाले पीडालाई केहि भए पनि कम गर्छ कि भनि| तरसोचेको जस्तो केहि भएन, शोभासंग रुन लागे म, रातको ११ बजे देखि
भक्कानिएको म, १२ बजे सम्म पनि रोकिएकी थिन म| मलाइ चुप लगाएर शोभाले ओछ्यान सम्म पुर्याई मलाई र आफु पनि मेरो छेउमा नै पल्टी| उसलाई निदाउन कत्ति पनि समय लागेन र म फेरी पनि एक्लो भए, बिस्वासको नम्बरमा फेरी एकपल्ट फोन गरे र एक घन्टी मै उहाको आवाज सुन्न पाए|

“यति राति सम्म पनि सुतेकि छैनस्?”

“हजुर पनि त सुत्नु भएको छैन|”

“के खुसीमा हो त आज मात्तिएकी?”

“कसरि थाहा पाउनु भयो?”

“तलाई जति तेरो बारेमा थाहाछैन,त्यसभन्दा बेसी मलाई तेरो बारे थाहाछ|”

“खुब होला,हजुरको गफ मात्र मिठो हो,हजुर केहि बुझ्नु हुन्न|”

“मैले के बुझिन त्यस्तो? नबुझेको भए पनि अब बुझ्न खोज्छु नि|”

“खुब,बुझ्ने भए हजुर काठमाण्डौ आउनु हुन्थियो,मलाइ भेट्न|”

“नबुझेको मैले हैन तैले हो,तलाई थाहाछ त ,काठमाण्डौ किन आउन चाहन्न म|”

“के अतितको लास सम्झेर भास्बिस्यको शिशुको पनि गर्भपतन गर्न पर्छ र?”

“त्यस्तो हैन,तर जे भए पनि म काठमाण्डौ आउन्न अहिले|”

“जे भए पनि आउनु हुन्न?मेरो माया लाग्दैन?”

“आफ्नु भन्दा धेरै लाग्छ तेरो माया तर …. तर अहिले चाही म मरेपनि काठमाण्डौ आउन्न|”

“म मरे भने त आउनु हुन्छ्नी|”

यति भनेर मैले फोन राखे,बिस्वासले फोन गर्नु भयो तर मैले फोन उठाइन र स्विच अफ गरे| रात भरि उहाले के गर्नु भयो थाहा छैन तर म चाही सोचेर बसे| आखिर बिस्वासले माया कसलाई गर्नु हुन्छ,मलाइ कि निष्ठालाई?बिस्वासलाई काठमाण्डौ कसरि ल्याउने?

“बिस्वास,प्रतिक्षाले स्लिपिंग ट्याब्लेट खाइछे,अहिले ओम हस्पिटलमा छे|” शोभाले बिस्वासलाई पठाएको
अन्तिम मेसेज|

**समाप्त**
**THE END**

Previous article

Latest Posts