पिडा असहाय भयो| के हाम्रो माया त्यति कम्जोर छ कि एउटा झगडा काफी छ सबै तहस नहस गर्न| के हाम्रो गल्ति त्यति ठुलो छ कि त्यसले हाम्रो माया नै ढाकिदियो? छाडी जानु अघि, क्षितिजले मलाई एक अन्तिम पल्ट भेट्नु पनि जरुरि ठानेन? संगै बस्ने कति बाचा कसम खाएका थियौ, उसलाइ मसंग अन्तिम पल्ट बोल्न पनि मन लागेन? उसले त मलाई अन्तिम पल्ट हेर्यो पनि होला तर मैले त उसलाई अन्तिम पल्ट हेर्न पनि पाएको छैन| उसलाई थोरै पनि पिडा भएन त मलाई च्वाट्टै छाडेर जादा? उसको मनमा एक पल्ट पनि चिसो पसेन, हाम्रो सम्बन्धको अन्त्य सोच्दा| उसको मुटुबाट थोरै पनि आशु बगेन होला, हाम्रो गन्तब्य भिन्न बनाउदा|
धेरै कोशिस गरे क्षितिजको बारे नसोच्ने तर जतिसुकै कोशिश गरे पनि क्षितिजको यादले छाडेन| क्षितिजको याद न आओस् भनि पनि सोचेको हैन| मात्र यति चाहेको, यो यादले मलाई दुख नदियोस्| यो यादले मलाई नपिरोलोस्| यो याद कारण नबनोस्, मेरो आखामा आशुको मुहान खुलाउन| यो याद कारण नबनोस्, मलाई आत्मग्लानिमा जलाउन| यो यादले मेरो मुहारमा मुस्कान ल्याओस्| संगै छैनौ, तर यो यादले बिताएको पल आखा अगाडी ल्याओस् अनि फेरी पनि म तिमीलाई आफ्नो आखा अगाडी भएको महसुस गरौ| यादले मलाई खुसि हुने कारण होस् अनि अघि बस्ने हौसला| तर म यो सबै किन सोच्दै छु? क्षितिज नफर्किने हो र? उसले मेरो मन चोर्न नाटक गरेको हो कि? उसले मलाई पाठ सिकाउन खोजेको त हैन नि? ल माने, उ घर फर्कियो, तर उसको रिस कम होला| उसले पनि फेरी सोच्ने छ, अनि फर्किएर आउछ| नकारात्मक सोच हैन, सकारात्मक सोचमा रम्न खोज्दै छु|
जति समारात्मक हुन खोजे पनि यादले गर्ने भनेको पिरोल्ने मात्र हो| घर ठुलो छ, घरको परिसर ठुलो छ तर खालि छ, मेरो मन जस्तै, मेरो दिमाग जस्तै| खालि छ सबै, अनि म पनि खालि छु| यो खालि घरले मलाई खान खोज्दै छ| म बसेको सोफाले पनि मुख खोल्यो र निल्न तैयार छ मलाई| तर्सिएर त्यहाबाट उठे र भित्ताको आडमा पुगे| भित्ताको हात कसरि पलायो, यसले किन मलाई आफ्नो कब्जामा लिदै छ| भित्ताबाट पर भए| म वरीपारीको सबै बस्तुमा प्राण भरिएर आयो| सबै बाध जस्तो आक्रामक भएका छन् र लाखौ बाघ बीच असहाय भेडा भएको छु| जमिनमा आखा पुग्यो, जमिनले पनि आँ गर्दै छ| जमिनले पनि मलाई निल्न खोज्दै छ| आखिर यो याद कस्तो होला, मेरो वरीपरि सबै भ्रमको सृजना गरिदियो| टाउको समातेर, आखा चिम्लिएर भुइमा लडीबुडी गर्दै रुन लागे| म घरमा एक्लै बसे भने, यो घर अनि मेरो मन, दुबै मिलि मलाई बिस्तारै बिस्तारै खानेछन्| कार स्टार्ट गरे र लेक साइड पुगे|
हल्लन चौक भन्दा केहि मात्र पर कार पार्क गरे र लेक तिर अघि बढे| अरु सहर रातको ९ बजे सुति सक्छ तर पोखरा ९ बजेभर्खर बिउझिन्छ| बाटोमा मान्छे, बाटो छेउमा पार्क गरिएको सवारी साधन, झिलिमिली माहोल, बिभिन्न ठाउबाट गित घन्किएको आवाज आउछ| सबै रम्दै हुनछन| यति राम्रो बातावरण र माहोल बीच पनि म एक्लो भएको छु| मेरो खुसिको मृत्यु भएको छ र मेरो मन बिधुवा भएको छ| यसमा न कुनै रस छ, न कुनै भाव र न कुनै उमंग| लेक छेउ गएर बसे|पानिमा खुट्टा डुबाएर बस्यो भने, हलुङ्गो भइन्छ कि सोच आयो| तर पानि सम्म खुट्टा पुगेन| मेरो खुट्टा मेरो आशु जस्तै भएको छ| मेरो आशु मेरो माया जस्तै भएको छ| मेरो माया मेरो क्रन्धन जस्तै भएको छ| मेरो क्रन्धन मेरो पिडा जस्तै भएको छ| मेरा यी सबै भावना मेरो खुट्टा जस्तै भएको छ| मेरो खुट्टाले पानि छुन सकेको छैन अनि मेरो भावनाले क्षितिजको मन|
क्षितिज मेरो प्रतिबिम्ब हो, उ बिना मेरो जीवनको कुनै अस्तित्व छैन|
हाम्रो मायाको नाउँ अहम्को समुन्द्रमा, झगडाको हिमशिलामा ठोकिन पुग्यो र डुब्यो|
नाउँमा रहेका इच्छा, आकन्क्षा, कल्पना, भबिस्य, वर्तमान, खुसि सबैको निधन
भयो| सबै तिर शोक फैलियो र भावनाको लास बीच म एक्लो छु| सबै सबै डुबेर गए, म
बाच्नुको के औचित्य? म पनि यहि डुबेर प्राण त्याग गर्छु| क्षितिज बिनाको जीवन पनि
के जीवन| हाम फाल्न तैयार भए तर एउटा आवाजले रोक्यो मलाई|
“ओइ लाटी, बौलायौ? के गर्न लागेको?” यो आवाज क्षितिजको हो| मतलब क्षितिजले मलाई
छाडेर गएको छैन| उसले मेरो मन चोरेको र आफ्नो महत्व मलाई बुझाएको|
“नबोल मसंग| मलाई छाडेर किन गएको?” घुर्की भनौ कि माया, क्षितिजलाइ मनको सबै भावना
पोख्न खोजे|
“छाडेर गएको भए फर्किएर आउथिए? जे भएपनि यस्तो सोच कहिले आउनु हुन्न तिम्रो
दिमागमा| जे भएपनि तिमीले आत्महत्या गर्दैनौ| कसम खाउ|” क्षितिजबाट जावफ, अर्ति या
दलिल चाहिएको हैन, मलाई उ मात्र चाहिएको हो| उ फर्किएर आयो, मलाई यति भए
पुग्यो|
“ पहिले तिमि कसम खाउ मलाई कहिले छाडेर जान्नौ| यसरि छाडेर गयौ भने, अर्को पलमा नै
म मरिदिन्छु|” मैले यति भनेपछी क्षितिजले
पनि बाचा गर्यो मलाई छाडी नजाने| उसको काधलाइ आफ्नो सिरानी बनाएर आफ्नो टाउकोलाइ
अडेस लगाए| उसको काधमा अडेस लागेर, आफ्नों माया ब्यक्त गर्न लागे| एकछिन
सम्म आफ्नो माया ब्यक्त गरे र उसंग माफी पनि मागे| मैले यति बोलिसके तर पनि उसले
केहि जवाफ दिएन| किन हो उ नबोलेको? उ पनि म जस्तै मायामा डुबेको त हैन नि? उसको
अनुहार हेर्न मन लाग्यो र आफ्नो आखा उसको अनुहारमा लग्छु तर क्षितिज छैन त्यहा|
क्षितिजको काध भनेर म पिपलको बोटमा अडेस लागेको छु| मतलब यो सबै मेरो भ्रम थियो|
अब एक्लो छैन म| मसंग रिस छ| मैले मात्र सम्झेर हुदैन| मैले मात्र याद गरेर हुन्न| मैले मात्र माया गरेर हुन्न| मैले मात्र सम्बन्ध भनेर हुन्न| म यहाँ तद्पिदै छु अनि कारण क्षितिज हो| छाडेर जाने पनि उ, अनि फोन अफ गर्ने पनि उ| उसलाई सम्झिदा माया हैन रिस उत्पन्न हुदैछ मनमा| अब म पनि उसलाई सम्झेर आफुलाइ दुख दिन्न| कारमा गए| वेट टिस्यु पेपरले मुख पुछे र थोरै शृंगारे आफ्नो अनुहारलाइ| अनुहारको शृंगारले मनको पिडामा लेप लगाउन खोजे| मदिराले मनको पिडा मेट्ने कोशिस सुरु भयो| मनले भावना, आखाले आशु र मैले रक्सिको मात सम्हालन सकिन| रुन लागे| कुनै बारको कुनै टेबुलमा बसेर रुदैछु| धेरै आफुमा नै रम्दै छन्, मेरो आशु देख्न सक्दैनन् उनीहरु| केहि म जस्तै थिए, जो मनको पिडा मेट्न आएका छन्| उनीहरुले मेरो आखामा आशु पनि देखे र मनमा पिडा पनि| म जस्तै मान्छेले मलाई हेर्दा अप्ठेरो भयो र त्यहाबाट निक्लिए म|
रक्सिको मात, कार चलाउन सक्ने स्थितिमा छैन म| मण्डला होटेल अघि पुगे र त्यहि कोठा लिए| रक्सिको मातमा डुबेकोले होला, पिडाको तालमा सजिलै पौडिन सक्दैछु| निदाएको पत्तो भएन| आज मात्र हैन, हफ्ता दिन यसरि नै गयो| क्षितिज फर्किएर न आए पनि उसको याद चाही समय समयमा आउछ| समय समय हैन, हर समय नै आउछ| उसलाई सम्बन्धमा फर्किन मन छैन, नफर्कियोस्| तर यसरि माया मार्न पनि त मिल्दैन| उसले एक चोटी बुझ्ने प्रयास पनि गरेन, म अहिले कुन हालतबाट गुज्रिदै छु| उसले माया मारे पनि मैले माया मार्न सकेको छैन अनि फोन लगाउछु उसलाई| तर उसको फोन अफ छ| सात दिन देखि फोन अफ गरेर बसेको छ अनि फेसबुक पनि deactivate छ| कोहि अचानक यति निष्ठुरी कसरि बन्न सक्छ? थप एक हफ्ता यसरि नै गयो| म बितेका १४ दिन देखि घर गएको छैन, यहि होटेलमा नै छु| जसलाई जीवन ठानेको थिए, उ नै आज जीवनमा छैन| जीवनको नया अस्तित्व खोज्नु छ अनि नया लक्ष|
आफुले धेरै अघि बोलेको एउटा झुठ याद आयो| मैले झुठ बोलेको हैन तर अरुको वाक्यलाइ मैले नसच्याउदा, त्यो झुठ हुन पुग्यो| त्यो झुठलाइ सत्यमा बदलिने चाहना जागेर आयो….
