आफु एक ठाउमा उभिएर त्यहाँको एक एक कुनामा आखाँ दुलाउदै गए, आश झिनो भए पनि छ उसलाई भेट्ने तर उनीलाई कहिँ देखिन| सायद म आउन ढिला भयो, सायद उनि गइसकिन्| अरु दिन ५ बजे भित्र पुग्ने म,आज सात बजे पुगेको छु, पर्खेर बसीन् होला मलाइ र निराश भएर गइन् होला| कस्तो मुर्ख म, आज बिहान घर पुग्ने बित्तिकै किताब ब्यागमा हालेको भए कम्सेकम एक घण्टा चाडै पुग्थिए तर लाटो म| ल बिहान बिर्से, हिड्ने बेला त सम्झिनु पर्छ नि, कस्तो भुलक्कड भएको म,दुनिया कुरा याद हुन्छ तर यो कुरा किन याद भएन|
मन नै खल्लो भयो, खल्लो मनलाई espresso केहि शान्त बनाउछ कि भन्ने आशमा espresso अर्डर गरे| “के खान्छस् यस्तो तितो कुरा|” साथीले बेला बेला यहि भन्थीए मैले espresso अर्डर गर्दा, आज यो पलको अघि सायद केहि धेरै तितो साबित हुन सक्दैन| “त के भएको बिस्वास?उसलाई तैले कति नै चिनेको छस्? हिजो भर्खरबाट त चिनेको हो? जाबो हिजो भेटेको मान्छे, जोसंग तेरो त्यस्तो खासै केहि सम्बन्ध छैन,त उसलाई नै सम्झेर यति चिन्तित भएको छस्? के भयो र उसले जे सोचे पनि,के भयो र उसंग भेट नभएपनि? के उसंग नभेटेर तलाई गगनले थिच्यो, कि यो धर्तीले तलाई टेक्नलाइ एक पाइला जमिन पनि दिएन, के तलाई यो वायुमण्डलले सास फेर्न अक्सिजन दिएन, कि यो वातावरणले तेरो घाटी थिच्दै छ? अहिले सम्म जिउदै छस् त,किन नचाहिने कुरा सम्झेर बस्दै छस्?” यसरी नै म भित्रबाट मैले मात्र सुन्नेगरि आवाज आउदै गयो|
मोबाइल अनलक गरेको भर्खर ७:०३ भएको रैछ,आखिर ५ मिनेटमा के के सोचेर भ्याए मैले पनि| सोचेका मध्य केहि चाहिने कुरा थिए,सायद चाहिने केहि सोचिन मैले, सबै नचाहिने कुरा सोचेर बसेको छु म| ब्यागमा भएको दुइवटा किताब मध्य एउटा किताब निकाले,”पल्पसा क्याफे” नाम गरिएको| बिस्तारै पानाहरु पल्टाए र हिजो जहाँसम्म पढेको थिए त्यहासम्म पुगे| किताबको अक्षरमा लुकेको मर्म खोज्दै पढ्न खोजे तर ध्यान किताबमा जानै मानेन| के भएको म? के भएको मलाई? के म यति मायाको भोको भइसके कि कोही बोल्न आउदैमा उसलाई सम्झेर बस्ने? तर हैन,म यति सम्म नि भइसकेको छैन| म के ढुक्क छु भने, मलाई हिजोको केटि मन परेको हैन, उसको लागि मेरो मनमा केहि भावना छैन, सोचमा छे उनि मान्छु म तर त्यो सोच भनेको मेरो दास हो| समय पनि कति ढिलो गएको, भर्खर ७:०६ भयो, पंकजलाइ फोन लगाउन भनि उसको नम्बर डायल गर्न लग्यो औलाले तर बिचमै रोकियो|
“हजुर आउनु हुन्न सोचेको मैले,किन ढिला|” यो आवाज नौलो हो तर चिन्छु यो आवाजलाई, हिजोको केटीको आवाज हो यो|
“हजुर जाम के भन्नु| सवारी भनेर २ घण्टा त्यहि अड्किए|” कारण दुइटा थियो तर एउटा मात्र राखे उनि सामु, अनि समय चाही जस्तोको त्यस्तै नै राखे|
“एकछिन ढिलो आउनु भएको भए म हिडिसकेको हुन्थिए|” के को जाम ,दुख पाउनु भएछ केहि नभनी आफ्नु कुरा पो गर्छिन् उनि|
“है, कहाँ थियौ तिमि चाही?” मैले यो प्रश्न गर्नु ठिक हो कि गल्ति सोच्नु अघि नै उसलाई सोधीहाले| मैले उनिलाई पर्खेर बसेको भान नहोस् भन्ने चाहन्छु म अत्र यो प्रश्नले उसलाई जे सोच्न पनि स्वत्रनता दिन्छ|
“कफीको कप घोप्टियो र कफी सबै लुगामा,त्यहि साफ गर्दै थिए|” मतलब उनि वासरुममा थिइन्| भाग्य नै त होला, म ढिला भएकै दिन उनको लुगामा कफी पोखिनु भनेको पनि|
“लु कठै, पोल्यो होला नि|” कुरा अर्कै दिशा तिर मोड्नु छ,त्यसैले मैले जानी जानी भनेको वाक्य हो यो|
“नाई पोलेन,कफी त्यति तातो थिएन|” मेरो अघिको वाक्यमा उसले मैले सोचेको जस्तै प्रतिक्रिया दिईन् उनीले|
“तिमीलाई कठै भनेको हैन, कफीलाइ भनेको| यस्तो हट मान्छेको स्पर्शले पोल्यो होला कफीलाई|” हास्दै यति भन्दै उसको हातमा मैले किताब राखिदिए| कारण दुइटा छ, मैले भर्खर भनेको कुरा उसलाई मन नपरेको हुन सक्छ तर उसलाई यो किताब मनपर्छ, त्यसैले उसले केहि भन्न नै पाउदिन मैले किताब दिएपछि| अनि अर्को कारण,कहिँ उसलाई मेरो भर्खरको वाक्यले रिस उठेको भए उसले मलाई झापड पनि हान्न सक्छे तर उसको हातमा किताब भएपछी कसरि हान्छे झापड?
“छ्या, हजुर पनि| हासौ कि नाई आफै दुबिधामा परे|” मैले दिएको किताबले मेरै टाउकोमा बिस्तारै हाने जस्तो गरि उसले त्यो किताब पल्टाउन लागि मेरो अघि बसेर|
“तपाइको नाम बिस्वास पो ?” आफ्नो हरेक किताबमा नाम लेख्ने बानि,उसले त्यसरी थाहापाई मेरो नाम|
“किन मेरो नाम बिस्वास भनि बिस्वास लागेन तिमीलाई?तिम्रो नाम चाही?” यो प्रश्न गर्नु आबस्यक ठाने मैले, पहिलो प्रश्न भन्दा पनि ठट्टा थियो र दोस्रो प्रश्नको चाही जवाफको अपे अपेक्षा छ|
“सनिरा|” यो नाम मैले पहिलो पल्ट सुनेको हो,कस्तो अचम्मको तर असाध्यै राम्रो नाम| कसैको नाममा यति मिठास कसरि हुन्छ, अनि फेरी त्यत्तिकै मिठास उसमा पनि छ| समय कस्तो बेइमान भएको, अघि बिस्तारै काट्दै थियो, अहिले भने एकछिन जस्तो लाग्छ ७:३० भयो| यसबीच केहि कुरा पनि भयो हामि बीच, जस्तै उसको हातमा भएको ट्याटुमा रहेको नाम उस्को आमाबाबाको हो, उ अहिले सनातक गर्दैछे, घर लाजिम्पाट रैछ, अरु पनि यस्तै साना साना कुरा हुदै गयो| ७:३० मा उसले जान्छु भन्नु र ….
