Part 27

“बिस्वास, तिमि केटा लिएर म भएको ठाउमा आउ त,मैले तिमीलाई लाइभ लोकेसन पठाएको छु|” बिस्वासलाई फोन गरे र बोलाए उनीलाई| आज सबै घटनाहरुको जरामा पुग्ने भइयो| एक पल्ट ति केटाहरु हाम्रो हातमा परुन मात्र न|

३० मिनेटको पर्खाइ पछी बिस्वासले फोन गर्यो, र आफु बाहिर रहेको बतायो| कन्चनको घर भन्दा 4 ५ घर उता बसेको रैछ विश्वास| कन्चनलाइ घरमा नै छाडेर, हामि त्यो केटाहरुलाइ खोज्न लागेउ|घरको २०० मिटर यता उता सबै एक एक पसल र गल्लि पसियो अनि खोजियो त्यो केटाहरुलाई| तर अस्ति हामीलाई पछ्याउने केटाहरुको नामोनिसान देखिएन| पानि बिनाको माछा जस्तै यता उता छटपटाउदै छ मेरो मन| बाइक नम्बर पनि याद छ तर न त्यो बाइक देखियो| आखिर कहाँ छन् ति केटाहरु, मुसा दुलोमा लुके झैँ लुकेका छन् त| आधा घण्टा सबै तिर खोजियो तर भेटिएन त्यो केटाहरु| कन्चनलाइ केटा भेटिएन भनेर जानकारी दिनु पर्ने तर मोबाइल कन्चनको मा नै भुलेछु|

“अब के गर्ने, भेटिएनन्| केहि पर्यो भने फोन गरन है|” बिस्वासले अब गरोस् पनि के गरोस्, उसलाई जे कामले बोलाएको त्यो पुरा भएन| उसलाई यहाँ थप केहि समय राखेर पनि हातमा केहि लाग्ने हैन| हामीले सोचे भन्दा निकै धुर्त रैछन् ति केटाहरु| बिस्वासले जान्छु भन्दा नाई भन्न पनि मिलेन| उसलाई हुन्छ भनि बिदाइ दिए र आफु पनि सरासर कन्चनको घर पुगे|

म पुग्दा त्यहाँको माहोल नै बेग्लै| कन्चन मलाई देख्दा अहिले जति खुसि कहिले भएकी थिइन| आखिर के भयो त्यस्तो जसले गर्दा कन्चनले मलाई अन्गालोमा बाधिन्| आफ्नो अन्गालोमा मलाई कसेर कन्चन रुन लागिन्| थप प्रश्न थपियो मेरो मनमा| अचानक के भयो कन्चनलाइ? कहिँ हामि घर नभएको बेला ति केटाहरु घरमा नै त आएनन् नि? तर त्यस्तो पक्कै पनि भएको छैन, यदि भएको भए बा-आमा पनि कन्चन संगै हुनहुन्थियो| कन्चनलाइ अन्गालोलाई तोडे र “के भयो” भनि सोधे उनीलाई|

“तिमि त्यो केटाहरुलाई खोज्न गएको बेला मोबाइलमा मेसेज आएको थियो| के के नानाथरी लेखेको थियो त्यसमा|” कन्चन भावुक र त्रसित हुनुको कारण बल्ल बोध भयो मलाई| तर मेसेजमा के चाही छ त्यस्तो? कन्चनलाई सोधे र उनीले मोबाइल मेरो हातमा राखीदीइ|

“ रबीले मलाई खोज्न सक्दैन|” “जति केटा लिएर आएपनि हाम्रो केहि खुइकाउन सक्दिनस् तिमीहरु|” “रबिले हामीलाई भेट्छ जस्तो लाग्छ तलाई?” “रविले हामीलाई देख्दैन, हामीले त्यसलाई देख्दैछौ| टाउको काटेर त बसेको छतमा फ्यालीदिम?” “भाइबर हेर, बिस्वासको फोटो पठाएको छु, मेरो अगाडी छ| भन् टाउको काटेर पठाउ कि हात काटेर|” यस्तै धेरै मेसेज छन् कन्चनको मोबाइलमा| कन्चन रुनु पनि स्वाभाविक हो यो सबै मेसेज पढीसक्दा| यो मेसेज आएपछी कन्चनले मलाई फोन गर्न खोजिन् होला अनि फेरी मेरो फोन उनकै छेउमा| अब मलाई केहि भयो कि भनेर उनको मनमा कति धेरै भावनाको युद्ध चल्यो होला| फेरी भाइबर खोलि हेरेको मेरो फोटो देखे, अघि भर्खर खिचिएको फोटो हो| यस्तो कसरि हुन सक्छ के? हामीले चाही ति केटाहरुलाई भू-पाताल खोज्दा भेटेनौ तर उनिहरुले हामीलाई हेर्दै छन्, निगरानी गर्दै छन् हामि माथि| यहाँ सम्म कि, म भन्दा केहि अघिबाट फोटो पनि खिच्दै छन् तर पनि हामीले भने उनीहरुलाई देखेको छैन| कस्तो अचम्म, दिमाग नै शुन्य भयो| कुनै फ्लिम लाग्न थाल्यो जीवन पनि| सबै घटनाहरु एक पछी अर्को गर्दै, पालैपिलो संयोगित ढंगमा घट्दैछन्| अब त सोच्न पनि मन छैन कसको हात छ यो सबैको पछी भनि| जति जे गरि सोचे पनि कसले गरेको थाहा नपाएपछी के गर्नु त अब|

बेलुकाको ८ बजे कन्चनको घरबाट आफ्नो घरको लागि निक्लिए| कन्चनले आज उनकै घरमा बस्न भनि आग्रह गर्दै थिइन् तर त्यसो गर्न मिल्दैन मैले| दिउसोको समय निरधक्क भएर कन्चनलाइ चोट पुर्याउन सक्नेहरुले झन् रातको अन्धकारमा जे पनि गर्न सक्छन| यहि कारण हो कन्चनले मलाई उनकै घरमा बस्न भनेकी| ५ मिनेटको बाटो, अन्धकार छ, उनीहरुले जहाँ पनि मलाई कन्चनलाई जस्तै हमला गर्न सक्छन भन्ने डर कन्चनको मनमा| ,मेरो मनमा पनि डर त छ तर कन्चनलाइ देखाउनुछैन मेरो अनुहारको डर| उनीलाई सम्झाइ बुझाइ गरि आफ्नो घर तिर लागे| त्यो ५ मिनेटको बाटो मलाई ५ जुनी नै भयो| छेउमा कोहि आएको जस्तो हुने, डर लाग्ने, पसिना पसिना नै भए म| व्यथा लागेको गर्भवती आइमाई जस्तै पिडामा पुगे म तर मनको पिडा अनि डर| डर बिचमा नै माइक्रो चढे तर फेरी माइक्रोबाट ओर्लिए पछी पनि फेरी हिड्नु छ| त्यहाँ पनि त केहि हुन सक्छ नि| डर अनि बाटो, दुवै सकिएको छैन, घर पुगे डर नै डरको बीच| धन्न म माथि कुनै हमला भएन| कन्चनलाइ फोन गरि आफु घर पुगेको बताए र सुत्ने तरखरमा लागे| याद आयो, नोट सक्न बाकि छ र नोट गर्न लागे| मेसेज आयो मोबाइलमा, त्यहि केटाहरुको होला सोची मोबाइल हातमा लिए तर हैन रैछ| बिस्वासले मेसेज गरेको हो|

“साथि, म भोलि चितवन जादैछु, केहि पर्यो भने फोन गर| म केटाहरुलाई भनेर मिलाउछु|” आफु नभएपनि उसले मदत गर्न खोज्दैछ| यस्तो मान्छेलाइ सरासर भगवान भन्दा पनि हुन्छ| मैले पनि “हुन्छ” भनि उसको मेसेजको रिप्लाई दिए र नोट तिर केन्द्रित भए| नोट सकेर सुत्दा १ बज्यो रातको|

बिहान अलि ढिलै उठे| कन्चन कलेज नजाने भएकोले, सिधै ठिमीबाट माइक्रो चढी बानेस्वर पुगे| कलेजबाट फर्किदा, सिधै घर नगई कन्चनको घर गए| उसको दुखाइ पनि निकै कम भएको रैछ हिजो भन्दा| दिउसो भरि उनिसंगै बसीरहे| उनि मसंग बोल्न ब्यस्त र म कलेजको नोट गर्न| आज उसकोमा नै बसेर कलेजको नोट पनि सके| दिउसोको ४ बजेको हुनुपर्छ, कन्चनको मोबाइलमा नया नम्बरबाट मेसेज आयो|

“रबिलाइ आफ्नो कुकुर नै बनाउन लागिस् कि के हो? तेरै घरमा बास हुन लाग्यो त| तलाई के लाग्छ, यति गर्दैमा तेरो ज्यान बच्छ? पहिले तेरो इज्जत सखाप पार्छु अनि मात्र तलाई मार्छु|” रगत उम्लिन लाग्यो, कन्चट तातेर आयो, रिसको कुनै सिमा नै भएन तर यो सबै भएपनि मैले गर्न केहि सकेको छैन| कस्तो बिबस र निकम्बा रैछु म| उनीहरुले हामि माथि निरन्तररुपमा निगरानी गर्दै छन् र हामीले गर्न केहि सकेको छैनौ| एकपल्ट फेरी वरी परि हेरेर आउछु भन्दा कन्चनले मलाई जान दिईन| त्यो दिन पनि त्यसरी नै बित्यो, कन्चन माथि कुनै हमला भएन| यसमा नै खुसि छौ हामि दुवै| अब एक पल्ट पनि हमला भयो भने चाही प्रहरीकोमा जाने भनि निधो गरिसकेको छौ हामि दुबैले|

भोलि पल्ट बिहानै उठेर सधै जस्तो कलेज पुगे| दोस्रो घन्टीको बीचमा कन्चनले फोन गरिन्| कलासमा छु उठाउन मिलेन| मेसेज आयो कन्चनको, जरुरि छ भनि| क्लास बाहिर गएर फोन उठाएको मात्र के थिए, चाल पाए कन्चन माथि फेरी पनि हमला भएछ| बिहान घाउ ड्रेसिंग गर्न जादा उनि माथि फेरी हमला भएको उनले बताइन्| म हत्तारिएर कलेजबाट निक्लिए र गाडी चढेर उनि निर पुगे| कन्चनले जुक्ति लगाएकी रैछिन् र त्यो जुक्तिले यस्तो काम गर्यो कि यो सबै घटनामा कस्तो हात छ बाहिर आयो| सोच्नै……..

Previous article
Next article

Latest Posts