बाबाआमाले मलाइ नानि भन्नु हुन्छ घरमा, मेरो नाम राजकुमारी त हैन, तर बाबाआमाको राजकुमारी नै हो| बाबाआमाको राजकुमारी भनेपछि माया पनि त्यतिकै नै पाउछु मैले, फेरी घर बसेको बेला एउटा कोठाबाट अर्को कोठा,कहिले बाबा संग जिस्किने कहिले आमासंग, छोटोमा भन्नु पर्दा चनचल स्वभावको छु म| अभ यस्तो मान्छे, हिजो कोठामा पसेको थिए, आज बिहान ७ बजिसक्दा पनि एकपल्ट निक्लिएको छैन कोठाबाट, बाबाआमा दुबैलाई चिन्ता लागि हाल्छ नि, बेला बेला आएर सोध्नु हुन्छ “कस्तो छ?धेरै पेट दुखेको छ? केहि खान्छस्?”| चिया र कुकिज आमाले ओछ्यान मा नै ल्याइदिनु भयो| बच्चा बेला जहिले बरण्डामा राखेर खुवाईदिने आमाले, आज पनि बरण्डामा बसाएर आफ्नै हातले खाना मुछेर खुवाईदिदै हुनुहुन्छ| जति ठुलो भएपनि आमाको हातले खुवाएको गास जति मिठो केहि नहुने| खाना खाएपछी आफ्नै काखमा राखेर टाउकोमा तेल हालेर एकछिन सुमसुम्याउनु पनि भयो|
धेरैले पुलपुलेकी भनेर सोच्दो हुन्, उनीहरु सहि पनि हुन सक्छन र गलत पनि,मलाई अरुले के सोच्छन भन्ने कुराको चासो छैन| मैले मेरो परिवारको बारेमा भन्न बाकि छ है,ल सुरु गर्छु है यो कुरा पनि| बाबा ५0 बर्षको हुनु भयो र मालपोतमा जागिर छ, धेरैले कति पैसा कमाउनु हुन्छ सोच्छन तर उहाले कमाएको भनेको अहिले सम्म मैले देखे अनुसार, सम्मान मात्र हो| पैसा कमाउनु हुदो हो भने, मलाइ इन्जिनियर पढाउनलाइ गाउको पुर्खेली खेत बेच्नु पर्थिएन होला| अनि मेरी प्यारी आमा चाही ४५ बर्षको हुनु भयो, आमाको दिउसो भरिको काम भनेको मलाइ र बाबालाई माया गर्ने,र यत्ति धेरै काम गरेपछि पनि अलिकति समय जसो तसो निकाल्नु हुन्छ र गाउका लगभग १५-२० जनालाई ट्युसन नि पढाउनु हुन्छ| परिवारको तेस्रो सदस्य भनेको म, जसको बारेमा बिस्तारै बाकि कुराहरु बिस्तारै खुल्दै जानेछन्| अनि एउटा कुरा अझै, म आमालाई चाही धेरै जसो जिस्केर तिमि भनेर बोलाउछु,जस्तै “माया,तिमि र म आज चटपटे खाना जानु पर्छ है, माया खाना हलिदेउन अलिकति|” अभ म यस्तै छु, इज्जत मनबाट गर्छु र मायापनि|
शोभा दिउसो तिर आइ र हिजो जस्तै आज पनि चकलेट लिदै | शोभा पनि मेरो परिवारको सदस्य नै हो, यो घर पनि उसको नै हो, अनि उसको घर पनि मेरो जस्तो नै हो| आमाले बेला मौकामा जिस्केर “दाइजोमा चाही शोभालाइ लग है” भन्दा,मैले पनि जिस्केर “म अरुको घर जाने हैन, ल्याउने हो अरुको छोरालाई|” भनेर फ़र्काउछु| परिवारको एउटा मात्र सन्तान भएर होला, मलाई बिहे भन्यो कि चार कोस पर भाग्न मन लाग्छ| म र शोभा घरमा संगै भएपछी दिउसो भरि के गर्छौ थाहा छ? हामि मेरो कोठाबाट घन्टौ सम्म बाहिर निक्लिदैनौ, हामि दुबैले ब्युटी-पार्लरको तालिम लेकोले, दिउसो भरि कोठामा बसेर एक अर्क्कलाई सृन्गार्न तिर व्यस्त हुन्छौ| शोभा नङमा पालिस् लाउन सिपालु छे र म कपाल जुरो बनाउन| एक अर्काको सृन्गार सकिएपछी,आमालाई जबरजस्ती ल्याएर,आमाको पनि सृन्गार गर्न भ्याउने हामी|
म बरण्डामा नै हुदा शोभा आएकी थि, उ आएपछि मलाई कहिले मोबाइल चाहिदैन,त्यसैले फोन पनि त्यहि छुटेछ| बेलुका ५ बजे तिर हेरेको, एउटा नया नम्बरबाट 4 पल्ट फोन आएको थियो| म चाही फोन नया होस् या सेभ गरेको नम्बर, जुनबाट आएपनि उठाउछु र उठाउन पाइन भने, आफै फोन फर्काउछु पनि|
“हेल्लो,को बोल्नु भएको?” मेरो पहिलो वाक्य|
“प्रतिक्षा,म तिम्रो नया अफिसबाट हो|” जवाफ यो न आएको भएपनि म फोन गर्ने मान्छेलाई भने चिन्न सक्छु, त्यहि हिजो मेरो interview लिने 3 जना मध्य सबै भन्दा रुखो मान्छे हो भनेर पक्का भए| आखिर interview मा सबै भन्दा धेरै प्रश्न गर्ने नै उ थियो, उ एक्लै ले लिएको भए त मैले जागिर पाउथिन होला|
“हजुर,भन्नुस न|” मैले भने नि,नया मान्छे संग बोल्न मलाई सुरुसुरुमा गार्हो हुन्छ|
“मैले तिमीलाई तिम्रो इमेलमा प्रोजेक्टको फाइलहरु पठाएको छु, त्यो चाही हेर है,अभ तिमीले त्यसमै काम गर्नु पर्छ|” मैले भने नि,एकदम रुखो मान्छे भनेर, मैले काम आइतबारबाट सुरु गर्ने भनेको थिए, उसले आज 4 दिन अघि नै मलाई काम दि सक्यो| कस्तो मुर्दार होला|
“हुन्छ,ह………” मैले आफ्नु वाक्य पुरा गर्न नपाउदै फोन काटियो उताबाट| कस्तो रुखो मान्छे, नाम सोध्न लागेको थिए,नम्बर सेभ गरु भनेर, कुरै नसकेर फोन राख्यो| के आइलाग्छ के कहिले काही,कस्तो मान्छे संग काम गर्नु पर्ने होला मैले|
रातिको खाना पनि खाएर सकियो,दुखाइ पनि निकै कम छ अहिले| एकछिन ओछ्यानमा पल्टिएर फेसबुक चलाउदै थिए, मोबाइलमा मेसेज देखे आफ्नु, 3 घण्टा अघि आएको रैछ,मैले चाही थाहा नपाएको| त्यहि अघिकै नम्बरबाट आएको हो यो मेसेज,लेखिएको छ “ त्यो फाइल मज्जाले हेर,केहि बुझेनौ भने अफिस टाइम भरि जुन बेला सोधे नि हुन्छ फोन गरेर|” यति पढेपछि त्यो मान्छेलाइ जति रुखो सोच्दै थिए अघि सम्म,अहिले चाही त्यो सोचाई चाही अलि कम भयो,तर रुखो चाही रुखो नै हो|
