सारिकाको लागि सिम लिन बाकि थियो | पैसा छ तर सिमको लागि चाहिने नागरिकता र फोटो कहाँबाट ल्याउनु | मामुको दराज देखि लिएर बुवाको जरुरि कागज राख्ने किलियर-ब्याग सम्म खोताले तर कहिँ भेटिन नागरिकता |न त मामुको भेटे न त बुबाको | यहि एउटा कुराले बर्थडे खल्लो होला जस्तो लग्न लाग्यो | सिम त जसरि पनि लिनै पर्ने थियो ,फेरी पनि एकपल्ट पुरै घरमा खान-तलासी गरियो | बेला-बेलामा C.I.D हेर्ने गर्थिए,त्यहि सम्झेर पनि विभिन्न ठाउँमा खोजियो | तर अन्तिममा हात लाग्यो शुन्य | मैले मात्र हैन, C.I.D आफै आएर खोजेका भएपनि नागरिकता चाही भेट्ने थिएनन् | जिबनमा एउटा धोका बन्द भए अर्को खुल्छ भन्छन तर यहाँ खुल्ला धोका त धेरै थिए तर काम लाग्ने कुनै थिएन | केहि त उपाए लगाउनै पर्ने थियो तर उपाए चाही के ?
यसरि सोचेर बस्दा समय मात्र खेर जादै थियो,बरु पसल जान्छु,उनीहरुले नै केहि भन्लान भन्ने आशमा सिम पसल तिर लागे म | एकछिनको कुराकानी पछी सिम पाउने कुरा पक्का भो तर पैसा चाही अलि धेरै लाग्ने भयो |जाबो १२० को सिमलाई ३०० रे | मौकाको फाइदा जसले नि उठाई हाल्ने |अहिले पैसा भन्दा सिम सरुरी थियो,त्यसैले बाध्यतामा पनि हुन्छ भन्ने पर्यो | तर आफु पनि तल परिन म,३०० भन्दै थियो,पुरै १० रुपे डिस्काउन्ट लिएर,२९०मा किने सिम पनि | फेरी आफुलाई रोनाल्डो अत्ति मन पर्ने त्यो बेला देखि नै, त्यसैले सारिकाको सिमको अन्तिम अंक ७ हुने गरि नै लिए|यसरि नै बुवाले जन्मदिनलाई भनेर देको सबै पैसा सकियो र अन्त्यमा हातमा शुन्य थियो मेरो मोबाइलको अन्तिम अंक जसरि नै | सबै तैयारी पनि सकियो बर्थडेको लागि,अभ बाकि थियो बर्थडेको दिन आउन |
“भोलि कति जना आउछन तेरो साथि ?” हरेक वर्ष मेरो जन्मदिनको दिनमा पुजा लगाएर,साथि भाइलाई बोलाउनु हुन्थियो मामुले |
“१२ जना |” पहिले देखि नै को को आउने हुन् सकेको थिए मैले |
फेरी जन्मदिनको दिन कति धेरै ठाउँमा भ्याउनु पर्न्रे मैले |स्कुल,स्कुल पछि सारिका,अनि घरमा आएर मामु बाबा | सरिकालाई भेट्न सिमरा पुग्न नभ्याउने निश्चित थियो,त्यसैले उसलाई मैले कलैया नै बोलाएको थिए |उसले नि हुन्छ भनेर सहमति जनाकी थिन् |
“ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु|” मामु बाबाले नै सुरुमा सुभकामना दिनु भयो,सधै जस्तो | मन औधि खुसि थियो,किन नहोस पनि | यति लामो पर्खाई पछी,मैले कुरेर बसेको दिन थियो आज |
बर्थडेको दिन नुहाएन भने सुँगुर हुन्छ भन्नु हुन्छ मामुले, त्यसो नभनेको भए पनि नुहाउन चाही नुहाउने निश्चित थियो मैले , सारिकलाई भेट्नु जो थियो | लुगा लगाएर स्कुल हिड्ने बेलामा टिका पनि लगाइदिनु भो आमाले | बिहानै नुहाएर होला मुहारमा चमक बेग्लै थियो,त्यसमाथि कोरिएको कपाल,आइरन गरिएको कपडा,निधारमा रातो टिका र मनमा हर्षको वर्षा | आफैलाई आफु कुनै सिनेमाको हिरो भएको अनुभूति हुदै थियो | यसै अग्लो मान्छे,झन् खुट्टा भुइँमा थिएन मेरो,आज त आकाश नै छुन्छु कि के हो भन्ने सोच पनि आउदै थियो मनमा | फेरी आफु बाहुन पनि परियो,यसै नाक लामो,खुसिले झन् फुलेको थियो,धन्न म भन्दा पहिले नाक चाही स्कुल पुगेन |स्कुलको ब्याग भिडे,अनि एउटा हातमा चक्लेटको झोला र अर्कोमा लुगाको | सारिकलाई भेट्न जादा स्कुल ड्रेसमा गएभने उसले मैले लुकाको सबै कुरा थाहा पाउथिन्,त्यसैले लुगा पनि बोक्नु पर्ने बाध्यता थियो | बाटोमा अभिको घर थियो,लुगाको झोला त्यहि छोडे र अभिसंग स्कुल तिर लागे |
