अरु निकै कुरा र आशुहरु बीच त्यो रात कट्यो,साथमा शोभा थि र फोनमा सुस्मा| शोभाले सुस्मालाई पनि एक एक कुरा भनि,भोलि के गर्ने भनेर र हामि तिन जना नै तैयार भयौ| अफिस पुगे र सामान्य तरिकाले नै सुरु भयो त्यो दिन,सधै जसरि नै|
“हिजो तिमीलाई के भएको,के के बोल्दै थियौ फोनमा?” कस्तो लाज पचेको मान्छे प्रकाश, अझै पनि केहि भएको छैन जस्तो गरि बोल्छ|
“वाइन खाएको थिए,त्यसपछि खै मेरो दिमाग, सरि|” गल्ति मेरो हुनै सक्दैन तर पनि माफी मागे प्रकाशसंग,जसरि भएपनि सोचेको काम पुर्याउनु थियो| जसको मुख हेर्न पनि मन छैन,उ संग हासी हासी बोल्नु परेको छ, पिडा के हो सोध्यो भने कसैले,यहि हो भन्दिनु| कस्तो गाह्रो हुनेरैछ,भित्र भित्रै मनमा भूकम्प गएपनि बाहिर सबै सामान्य देखाउन| प्रकाशलाई हामि बीच केहि भएको छैन,हामि अझै पनि उही छौ भनि बिस्वास त दिलाए तर अब उसको मोबाइलबाट *****को नम्बर कसरि निकाल्नु|
“खाना खान जादा त,म अनि प्रकाश संगै जाने है सधै जस्तै,अनि म मेरो मोबाइलको ब्यालेन्स सकियो भनेर प्रकाशको मोबाइल माग्छु,चिन्ता नले|” सुस्माले प्रकाश मेरो छेउमा नभएको मौका पारि यति भन्दा,मेरो खुसि,के भन्नु,सिमा नै थिएन|
सुस्माले भने जसरि नै हामि 3 जना संगै खाना खान गयौ,खाना खादा खादै सुस्माले आफ्नु फोन कानमा लगी र भुइमा बजारे जस्तो गरि| कस्तो मज्जाको नाटक गरेकी सुस्माले,यो त हाम्रो स्क्रिप्टमा नै थिएन| मनमा पिडा निकै थियो तर अहिले भने हास्न मन लाग्यो तर मिलेन,जीवन मेरो,मन लागेको बेला न रुन सक्छु न् हास्न नै|
“के भयो?किन रिसाएर फोन फ्यालेको?” प्रकाश एकछिन सम्म ट्वा परेछ र आफैले यति भन्यो|
“जहिले फोन गर्न खोज्यो, पैसा सकिएको हुन्छ,रिस उठ्दैन,आफै पैसा काट्छ केहि नगर्दा पनि|” कत्रो ठुलो बहाना बनाउन भ्याएकी सुस्माले,जे होस् बहाना चाही अत्ति नै मन पर्यो मलाई|
“लेउ मेरो फोन,यसमा छ ब्यालेन्स|फ्यालन चाही नफ्याल फेरी|” हामीले प्रकाश संग फोन माग्नु नै परेन,उसले आफै हासी हासी आफ्नु बर्बादीको हत्तियारसुस्माको हातमा राखिदियो|
सुस्मा फोन लिएर एकैछिन बाहिर निक्ली र यता म अनि प्रकाश गफ गर्न लागेउ| “सुस्मा पनि यति रिसाउछे,थाहा थिएन|” सुस्मा निक्लिने बित्तिकै प्रकाशले यति भन्दा म झन्डै हासेको,बरु आशु रोक्न सजिलो हुदो रैछ हासो भन्दा| मैले पनि मलाई पहिलो पटक थाहा भएको भन्दै कुरा अघि लागे| सुस्मा ५ मिनेट सम्म पनि भित्र आइन,जाबो एउटा नम्बर निकाल्न कति समय लगाकी हो उसले| प्रकाशको मोबाइल हातमा लिएर उ क्यान्टिनमा पसी र उसंग मेरो आश पनि आयो तर उसको मुख भने निन्याउरो थियो| सुस्मा आउने बित्तिकै हामि तिन जना नै निक्लिएउ क्यान्टिनबाट|
“कति टाइम लागेको नि एउटा नम्बर निकाल्न|” प्रकाश नभएको मौका पारि सुस्मालाई यति भने|
“खप्पर,***** नामको कोहि मान्छे नै छैन त्यो फोनमा|” उसले यति भन्दा मेरो अघि पलाएको आश ओइलाउन लाग्यो|
“ला अब के गर्ने नि?” ओइलाएको आश संग आफ्नु मुखमा यति शब्द ल्याए|
“केहि गर्नु पर्दैन, ***** कोहि भेटिन,त्यसैले मैले उसको मोबाइलमा भए भरको नम्बर आफ्नु मोबाइलमा सारेकि छु|” सुस्माले यति भन्ने बित्तिकै मैले आफुलाई रोक्न सकिन उसलाई अंगालोमा हाल्नबाट| यसपछि हामि दुवै अफिसबाट निक्लिएउ 3 बजे तिर,ल शोभा पनि निक्ली आफ्नु अफिसबाट र हामि 3 जना नै पुगेउ “अम्रपाली कटेजएण्ड रेस्टुरेन्ट” तिर|
प्रकाशको मोबाइलमा सबै मिलाएर ३१३ वटा नामबार रैछ,अभ त्यसबाट एउटा नम्बर निकाल्नु पर्ने| सबैलाई फोन गर्ने कुरा पनि आएन| त्यसैले सुस्मा सबै नम्बर भाइबरमा हेर्न लागि र शोभाले त्रु-कलरमा र मैले भने फेसबुकमा| हामीले मगाएको खाजा पनि सेलाइसकेछ र हामीलाई पत्तो छैन|हामि अरु केहिमा ब्यस्त थिएउ| एउटा नाम झलास्य आयो मेरो दिमागमा,म अनि प्रकाश घुम्न गएको बेला उसको जहिले फोन आउने, र उसले जहिले नउठाउने,फोन चाही “घरपेटी” भन्ने नाम बाट आउने| अभ त्यो नाम खोजे अघि सुस्माले ल्याएको लिस्टमा र पाए पनि, फेसबुक भाइबर र त्रु-कलर,तिन ठाउमा नै त्यहि नाम आयो ,***** भनेर| हामि 3 जनाको खुसि को सिमा अभ के भन्नु,त्यति चिसो खाजा पनि मिठो मानि खान लागेउ र अरु थप खाजा मगायौ| नम्बर त पायो अभ फोन गरेर के भन्ने| अभ तिन जनाको सल्लाह सुरु भयो|
