“हुन्छ, अनि सुनन……..” कन्चनले आफ्नो वाक्य पुरा गर्न नपाउदै उनको फोन काटियो| मैले आफैले फोन गर्न खोजे तर फोन उठेन उनको| अब भने मनमा डर बढेर आयो| एकछिन सम्म पनि फोन उठेन| कलेज भन्दा उनि महत्वपुर्ण छिन्, कलेज छाडी पशुपति हिडे| कहिँ परजुनाले त केहि गरिन नि कन्चनलाइ| फोनमा बोल्दा कन्चनले छेउछाउ हेर्न पनि भुली होला र परजुनाले त्यहि मौकाको फाइदा उठाएकी हुन सक्छे|
बानेश्वरबाट टेम्पो चढे पशुपतिको लागि| एक त ९ बजेको समय नि टेम्पो, पुरानो बस्नेस्वर पुग्न २५ मिनेट लाग्यो र त्यतिकैमा कन्चनको फोन पनि आयो| डर एउटा मात्र छ, कहिँ उनको फोनबाट अरु कसैले कन्चन यस्तो हालतमा भेटिईन् भनेर नभनोस्| फोन उठाउन हात काम्न लाग्यो, मनले हुन सक्ने सबै भन्दा नराम्रो घटना सोचेर बस्यो, धन्न कन्चनको स्वर नै सुन्न पाइयो| उनले हेल्लो भन्ने बित्तिकै उसलाई आफ्नो रिस पोख्न खोजे मैले|
“किन अचानक फोन काटेको?”
“सुजिको दादा अचानक अगाडी आउनु भयो, अनि के गर्नु?”
“भनेर त फोन राख्नु पर्छ नि|”
“ दादा लाई केहि थाहाछैन तिम्रो र मेरो बारेमा| अनि फेरी तिमीलाई केहि भनेर फोन राख्यो भने, दादाले जिस्काएर हैरान पार्नु हुन्छ| त्यसैले हो|”
“ जे भएपनि भन्नु चाही पर्ने हो तिमीले| मैले के के सोचे यसरि फोन राख्दा|”
“के सोचेउ त्यस्तो?”
“परजुनाले फेरी हमला गरि भनेर डर लाग्यो|”
“मैले हिजे भनेको हैन तिमीलाई, अब परजुनाको बारे केहि नबोल्ने र केहि नसोच्ने| जे हुन्छ, समयले गर्छ|”
“ तिम्रो यो कुरा मैले नमानेको हो र तर मनले मान्दैन नि त| डराउछ सानो सानो कुरामा|”
“छोड यस्तो कुरा, क्लास छैन आज?”
“छ तर म तर्सेर पशुपति आउन लागेको थिए?”
“गाडी चढी सकेउ कि चढ्न बाकि हो?”
“चढी सकेउ रे! पुग्न लागे, द्वारिका होटेल निर छु|”
“आउ आउ, सुजिलाइ नि भेट्न हुन्छ अनि मलाई पनि|”
“अनि सुजिको दाइ हुनुहुन्छ भनेको हैन?”
“हुनुहुन्थियो, गइ सक्नु भयो?”
“बरु सुनन, तिमि त्यहाँ कति बेला सम्म बस्छौ?”
“अझै २ घण्टा जति लाग्छ होला| किन र?”
त्यसो भए म साथीकोमा गएर आउछु|”
“किन जानु पर्यो साथीकोमा, खुरुक्क आउ|”
“बुझ्न, तिमीले हिजो भनेको थियौ नि| त्यसैको लागि|”
यति भनेर फोन राखे र गौशलामा ओर्लिनु पर्ने म, त्यहि टेम्पुमा चाहबेल पुगे| “मेरी-स्टप” मा काम गर्छिन् मेरो साथि अमिता| उसलाई नै भेट्ने कुरा गर्दै थिए अघि फोनमा कन्चनसंग| फोनमा नै अमितालिया केहि जानकारी दिई सकेको थिए तर आमुने सामुने केहि भन्ने आट नै आएन| भनौ पनि के भनौ र कसरि भनौ| कोसिश निकै गरे तर आट नै आएन| अमिताले पनि मलाई अप्ठेरो भएको कुरा थाहापाइन् र आफैले सोधीन्|
“आफैलाई हो कि अरुलाइ?”
“मलाई कसरि हुन्छ? म कसरि प्रेगनेन्ट हुन्छु?”
“हाहा! तिम्रो गर्लफ्रेन्डलाइ कि अरु कसैको लागि भनेको|”
“ खै, के भनौ|”
“बुझे मैले| कति दिन भयो?”
यहाँबाट सुरु भएको गफ, धेरै अगाडी सम्म पुग्यो| हामी पहिलो व्यक्ति हैन जसलाई उनले यस्तो सबै जानकारी दिदै छिन्| हामि जस्तो कैयौ मान्छे दैनिक रुपमा उनको अफिसमा आउने उनले बताई| फरक यति छ उनीहरुको नाम उनको अफिसको कुनै पानामा सुरक्षित रुपमा राखिएको छ र हामि पहिचान लुकाउदै छौ| कन्चनको पेटमा रहेको बच्चाको गर्भपतन गर्ने निर्णय, मेरो अनि कन्चन दुबैको हो| निर्णय भन्दा पनि यो मात्र एउटा उपाय हो, यस बाहेको हामीले केहि गर्न पनि सक्दैनौ र केहि गर्न पनि मिल्दैन|
चाहबेलबाट पशुपतिको लागि गाडी चढे र पशुपति पुगेर कन्चनलाइ फोन गरे| उनि र सुजिसंगै आए मलाई भेट्न| कन्चनले आफ्नो आखाबाट इशारा गर्दै केहि प्रश्न सोधिन् मलाई र मैले पनि आखैले काम भयो भनि संकेत दिए| उनको मुहारमा जुन मुस्कान छायो, हो त्यहि मुस्कान मेरो मुहारमा पनि आयो| यसबाट थप केहि थाहा भयो मलाई, कन्चनले बच्चाको बारे सुजिलाइ केहि भनेकी छैन भनि| चिया पिउदै एकछिनको गफ अनि बेला भयो त्यहाँबाट हिड्ने| कन्चनले मसंग नै फर्किन्छु भनि भन्न लागि र हामि दुवै गाडी चढ्नको लागि बाटो छेउ पुगेउ| गाडी एयरपोर्ट हुदै कोटेश्वर पुग्यो र एकछिन जाममा फस्यो| “भक्तपुर दरबार जाम न हामि|” कन्चनको यो आग्रहलाइ नकार्न सकिन मैले र हामि दुवै दुधपातीसम्म त्यहि गाडीमा पुगे| दुधपाटिमा जुजु धौ र चटपटे खाएर हामि दरबार तिर अघि बढेउ| धेरै दिन पछी संगै यसरि निस्फिक्री भएर बाहिर हिडेकी छिन् उनि| उनि खुसि छिन् तर म चाहेर पनि खुसि हुन सकेको छैन| दरबार पुगेर उनले केहि फोटो लिईन्, केहि आफ्नो केहि मेरो र केहि दुबैको| उनको मनमा खुसि छ र मेरो मनमा डर, कहिँ परजुना यतै कतै छैन नि भनि| कन्चनलिया पानिपुरी खान मन लाग्यो, मैले फेरी पनि निया भनिन र हामि दुवै पानि पुरी ठेला तिर गयौ| त्यत्तिकैमा केहि यस्तो भयो, जुन नराम्रो छ तर पनि त्यसको नतिजा राम्रो भयो| हुनचाही……..
