मेरो मनमा अझै पनि धेरै प्रश्न छन्| केहि प्रश्न उसको बारेमा र केहि उसको परिवारको बारेमा तर फेरी पनि समयले साथ दिएन| बार बन्द हुने बेला भयो, हामि दुवै छुट्टिने समय फेरी पनि आयो| होटेल पुग्नु अघि, मेरो धेरै प्रश्नहरु मध्य केहि प्रश्नको जवाफ पाउछु भन्ने आशमा छु| उसको साहित्यिक यात्राको हरेक पल थाहा पाए मैले| त्यो हर पल बाचे मैले| उसको बारे अझै थाहा पाउनु छ| उसको परिवारको बारे थाहा पाउनु छ, उसको बारे थाहा पाउनु छ, अनि उसको साथीको बारे पनि थाहा पाउनु छ|
“ तिमीले आफ्नो बारेमा कति भनेउ तर तिम्रो नाम चाही अहिले सम्म भनेको छैनौ| मलाई तिम्रो नाम पनि थाहछैन|” उसको नाम अहिले सम्म थाहा छैन मलाई, नाम बिना कसरि सम्बोधन गर्नु|
“मलाई पनि त तिम्रो नाम थाहा छैन| तिमीले पनि त आफ्नो नाम भनेकी छैनौ मलाई|” मैले उसको नाम सोध्दा उसले सिधै जवाफ दिन सक्दैन? मैले के गरे के गरिन बुझनलाई उसको नाम सोधेको हैन|
“तिमीले सोधेउ र मैले भन्नलाइ?” जस्तालाइ त्यस्तै जवाफ दिए मैले|
“अनि तिमीले पनि त मेरो नाम सोधेकी छैनौ| म किन भन्नु?” हैन, मेरो जवाफ मलाई नै फर्काउनु पर्छ उसले?
“अघि भर्खर के गरेको थिए मैले? नाम थाहाछैन भन्नुको मतलब, नाम भन भनेको हो|” उसको नाम थाहापाउन, आफ्नो भनाइको व्याख्या नै गर्नु पर्यो मैले|
“मैले बुझिन नि त| मेरो नाम सुबोध हो|” बल्ल उसको नाम थाहा भयो| पापड बेल्नु यसलाई नै भन्छन् सायद|
“ जाबो भनेको नबुझ्ने भएपछी, नाम सुबोध भएको त मतलबै भएन नि|” बल्ल बल्ल उसको खिल्ली उडाउने मौका पाएको, खेर जान दीइन|
“ तिम्रो नाम चाही भनिनौ नि तिमीले|” सुबोधलाइ पनि मेरो नाम के हो भनि उत्सुकता रैछ, पहिलो दिन नै सोधेको भए हुन्थियो नि|
“ तिमीले सोधेउ र?” मैले बुझेर पनि नबुझेको जस्तै गरे|
“ल मेरो नाम सुबोध भएर पनि मैले बुझिन| ल म उल्लु नै हो| तर तिमीले चाही किन नबुझेको मैले तिम्रो नाम सोधे भनेर|” उसले आफु तल भएर यसरी बोलेको पहिलो पल्ट हुनु पर्छ|
“ लेखकले भनेको बुझ्नलाइ त्यति सजिलो हुन्छ जस्तो लाग्दैन| त्यसैले मैले नबुझेको हुनुपर्छ|” उ मेरो नाम थाहा पाउन कति उत्सुक छ मलाई थाहा छैन तर उसलाई अझै केहि पर्खाउन खोज्दै छु|
“यो कुरा छाड अनि तिम्रो नाम भन|” उ कति उत्सुक छ मैले थाहा पाए|
“मैले भनि न भने नि?” उसलाई अझै तड्पाउदै छु| यति सजिलै नाम भनिन मैले|
“अनि भोलि देखि म आजको बार आइन भने?” सुबोधको यो वाक्यले मलाई फेरी पनि आफ्नो औकातमा ल्याइदियो| सुबोध मेरो नाम जान्न कति उत्सुक छ थाहा पाउने चक्करमा मैले यो भुले कि म उसलाई भेट्न कति उत्सुक हुन्छु|
“परजुना| म.. मे.. मेर.. मेरो नाम परजुना हो|” एकै सासमा मैले आफ्नो नाम भने| मलाई डर छ यदि मैले आफ्नो नाम भनिन भने, भोलिबात सुबोधसंग भेट हुदैन|
“किन यसरि अत्तालिएको तिमि?” मैले अघि कसरि जवाफ दिए मलाई आफै थाहा छैन| म अत्तालिएको रैछु भनेर पनि सुबोधले भनेपछी मात्र थाहा भयो|
“ छैन अत्तालिएको| केहि सोधौ?” हाम्रो बातचितको बिषय मोड्न खोज्ने प्रयास हो यो|
“ नाइँ नसोध| हेर तिम्रो होटेल पनि आयो| आज हिजो भन्दा अबेला पनि भइसकेको छ|” उसले यो भन्दा नाइँ भन्न मन छ तर हुन्छ भन्नु नै ठिक लाग्यो| मैले नाइँ भन्नुको मतलब उसले बुझ्छ कि म उ तिर आकर्षित छु र यो हुनु हुदैन|
“हुन्छ| भोलि भेटौला|” यति भन्दै छुट्टियौ हामि| छुट्टिनु भन्दा पहिले उसलाई अंगाल्न मन छ तर नमिल्ने र नपुग्ने इच्छा मनमा कति पाल्नु|
सुत्नु अघि सुबोधको याद आयो| कस्तो मान्छे के उ| एउटा फोन बोक्दा उसको के बित्छ? याद आएर बोल्न मन लाग्दा पनि बोल्न नमिल्ने| फोन गरौ भन्दा के मा फोन गर्नु> कमसेकम मेसेज गर्न मिले पनि हुन्थियो नि| फेरी पनि उसलाई सम्झिदै निदाए| बिहान उठेर सधै जस्तो पार्लर पुगे| आज शुक्रबारको दिन| पैसा सबै ब्यांकमा हाल्न जानु पर्छ| दिउसो दुइ बजे पछी पैसा लिएर ब्यांक पुगे र पैसा जम्मा गरेर फेरी पनि पार्लर| अर्को हफ्ताको लागि के के सामान चाहिन्छ भनि साबि टिपे| भाउजु हुदा भाउजुले सबै यस्ता काम हेर्नु हुन्थियो अहिले मैले हेर्नु परेको छ| अब थप दुइ दिन हो, अनि भाउजुले सम्हाल्नु हुन्छ सबै| पार्लर पछी होटेल, अनि होटेलबाट तैयार भएर बार|बार पुगे, पुग ८ बजेको छ| हिजो भन्दा १ घण्टा चाडै| मतलब सुबोधसंग हिजो भन्दा एक घण्टा धेरै बिताउन पाउने भए| सुबोधलाइ भेट्नु अघि सधै जस्तो केहि बेर एक्लै बसेर बियर पिउनु जरुरि लागेन| बार पुग्ने बित्तिकै यता उता आखा घुमाउन लागे, सुबोधको खोजीमा| कहिँ पनि देखिन उसलाई| अचम्म भयो त, उ अहिले सम्म आएको छैन? सन्चो त छ नि उसलाई? कि कहिँ ब्यस्त भयो? कि आज आउदैन? शनिबार सम्म यहि बारमा भेट हुन्छ भन्थियो, आज भर्खर शुक्रबार हो| त किन छैन उ यहाँ? एकछिन यसरि नै सोचेर बसे र मेरो टेबुल भन्दा केहि टेबुल अगाडी उसलाई देखे| अघि सम्म उ यहाँ थिएन त| अहिले फेरी त्यहाँ कसरि छ? अचम्म|
“आज ढिलो आएछौ त तीमी|” आफु बसेको टेबुलबाट उसको टेबुलमा पुगे अनि उसलाई प्रश्न गरे|
“ म ढिलो हैन तिमि चाडै आएकी हो आज| ८ बजे नै आएछौ|” सुबोधले म चाडै आए भनि भन्यो, जुन सत्य हो तर उ ढिलो आएको हो नि| उसले यो चाही किन स्विकारेन?
“ म चाडै आएको हैन भनेर मैले नस्विकारेको छु र? तर तिमि ढिलो आएको हो भनेर तिमि पनि स्विकारण|” जित्ने मौका निकै कम पाउछु मैले, खेर कसरि जान दिउ|
“ म ढिलो आएकै हैन,म सात बजे नै आएको हो| अहिले चाही ट्वाइलेट गएको थिए| हिजो के सोध्न लागेको थियौ? सोध|” बल्ल बुझे, उ ढिलो आएको हैन रैछ| उ आएर पनि कहिँ अन्त गएको रैछ|
“सोधौ त ?” अहिले भर्खर भेटेको छौ, थोरै बातचित पछी सोध्ने बिचारमा थिए| बातचित मोड्ने शिलशिलामा गए म|
“हैन, पहिले दुइटा पासपोर्ट साइजको फोटो ल्याउ| त्यसपछी नागरिकताको फोटोकपि, अनि वडाको सिफारिस| अनि मात्र सोध|” के भन्छ भनेको त, उ जिस्किदै पो रैछ| हरे, लेखकलाइ बुझ्न गाह्रो| एकछिन दुवै हास्न लागेउ र मैले चाहे जसरि नै कुरा मोडियो| बियर अनि थप केहि गफ|
“बियर पनि पिएउ, थोरै आट आयो होला नि अब| अब सोध|” सुबोधले यस्तो भन्दा खै के भनौ भनौ भयो| उसले मलाई कति चाडै बुझीसकेको छ| उसले मलाई कति नियालेर बुझेको रैछ| मलाई के गर्दा अप्ठेरो महसुस हुन्छ र के गर्दा सहज, उसले सबै थाहा पाई सक्यो| मलाई सुख दिने मान्छे चाहिएको छैन मात्र मलाई बुझ्ने मान्छे चाहिएको छ| सायद सुबोध नै मेरो लागि त्यो व्यक्ति हो जो संग म जीवन बिताउन सक्छु| आकर्षित हुदै छु म उ तिर| उसको ओठबात त्यो तिन शब्द सुन्न मन छ| “हामि एक्लो छैनौ|” सुबोधले यति भनिदिए मलाई केहि चाहिन्न| तर यसको लागि समय छ| अहिले मैले उसलाई प्रश्न सोध्नु छ| एउटा हैन धेरै प्रश्न छन् मेरो मनमा| ति सबै प्रश्नको जवाफ नपाइ, सम्बन्ध सम्भव नै छैन|
“तिमीले………
