Part 39

“अनि जाबो यति कुरा भए किन नभनेको त?” उसको लागि जाबो थिएन होला तर कुनै पनि सम्बन्धको अन्त्य यस्तो कुराले हुन्छ भने यो कुरा जाबो नै हो|

“यति मात्र हैन, अरु पनि छ|” मतलब मैले सोचे भन्दा सायद कुरा अलि ठुलो छ, कि बेग्लै पनि हुन सक्छ|

“अनि के हो भन न |” सम्बन्ध हाम्रो हो, माया हाम्रो हो, सुरु पनि हामीले गरेउ,  अन्त्य गर्नु चाही उसको उसको निर्णय र कारण उसलाई मात्र थाहाछ| यो त इन्साफ भएन नि, जब सम्बन्ध हाम्रो हो, त्यसो भए अन्त्यको कारण पनि हामि दुबैलाई थाहा हुनुपर्छ|

“ अपेरसन पछी म त ठिक हुन्छु भनेको थियो डाक्टरले तर अपेरसन गर्नु नपर्ने भयो,औषधिले नै ठिक हुने भए म| म खुसि त भए यो कुराले गर्दा तर केहि क्षनलाइ मात्र| एउटा समस्या भन्नु भयो डाक्टरले, आकाशनै आफु माथि खसे जस्तो भयो, टेक्नलाइ पाइतालामा भुइँ भेटिन, फोक्सो भित्र फेर्नलाइ सास भएन, सोच्नलाई दिमागले काम गरेन| पहिलेको डाक्टरले गल्ति औसधि चलाएको कारणले गर्दा केहि थप समस्या आएछ| समस्या पुरानो हैन, नया| मेरो गर्भमा बच्चा बस्छ नसक्ने सम्भावना रहेको भन्नु भयो डाक्टरले| यो सुनेपछि मैले के गर्नु भन्नु त? हजुरले त छोरा छोरीको नाम पनि सोचीसक्नु भएको थियो| यो कुरा थाहापाएपछी हजुरले के सोच्नु हुन्थियो होला| त्यसैले हजुरसंग पर हुन खोजे र सम्बन्ध तोडे मैले केहि कारण बिनै|” निष्ठाले यति भन्दा उसंग रिस पनि उठ्यो र उ माथि माया पनि लाग्यो| कति भोगेकी रैछे उसले, म चाहि उसलाई दोषी ठान्दै थिए अहिलेसम्म| तर उसलाई म माथि अलिकति पनि बिस्वास थिएन? उसले यति भन्दा मैले उसलाइ छाडेर जान्थिन होला त| मेरो भबिस्य नै निष्ठा थिइ नि, यस्तो जाबो कुराले , उसले मलाई छाडे जस्तो मैले उसलाई छाड्दिन थिए|

“अनि पागल, भन्नु त पर्छ नि सबै कुरा| यस्तो कसले गर्छ भन त, केहि नभनी कसले छाडेर जान सक्छु? सम्बन्ध हाम्रो थियो भने तैले एक्लै निर्णय किन लिएको?” मनमा रहेको एक एक कुरा राखे उ सामु| आखिर यो कुरा आज हैन धेरै अगाडी जान्ने अधिकार थियो मसंग|

“ त्यस्तो हैन, तर हजुरलाई भन्ने हिम्मत आएन| मैले……|” उसलाई मैले बिचमै रोके, उसको वाक्य सकिनु अगाडी नै| उसको पहिलो वाक्यले नै चित्त बुझेन मलाई|

“मायामा हिम्मत हैन भरोसा चाहिन्छ| तैले मलाई बुझेको भए भन्थिस|” सायद निष्ठाले म यस्तो व्यवहार गर्छु भनेर सोचेको थिइन, उसले अरु केहि सोचेर आज फोन गरेकी थिइ होला|

“त्यस्तो हैन के| म यस्तो समयबाट जादै थिए, हजुरलाई पनि किन यहि समस्यामा मुछ्नु, आफै भन्नुस त?” उसले कस्तो कुरा नबुझेकी? उसले माया के हो भन्नि अहिले सम्म बुझेकी छैन?”

“ यस्तो त्यस्तो केहि हैन| मायामा सुख मात्र हैन, दुख पनि भोग्नु पर्छ| सुखमा हात समाउने र दुखमा भुल्ने माया, माया हैन स्वार्थ हो| होला तैले त्यो सोच्न सकिनस होला एकछिनलाइ तर पछी त भन्न सक्थिस नि| भबिस्यमा त मात्र भए हुन्थियो के मलाई, तेरो माया र साथ भए अरु केहिको चाहना किन गर्नु मैले| तैले मेरो मायालाइ त्यति कम्जोर ठानीस् कि यति सानु कारणले छुट्टिने| एक चोटी भनेको भए केहि न् केहि उपाय त निकालिन्थियो नि| उपाय नै नभएपनि, जे छ त्यसमा पनि खुसि हुन्थिए म| तर तैले केहि भनिनस् मलाई| सबै निर्णय आफै लिइस| सम्बन्ध तेरो मात्र हो जस्तो गरिस्| मान्छु, सम्बन्ध सुरु गर्ने निर्णय तेरो थियो तर सम्बन्ध त हाम्रो थियो नि| माया जति तैले गर्थिस मैले पनि त्यति नै गर्थिए, जति तैले मलाई बिस्वास गर्थिस मैले पनि त्यति नै गर्थिए नि,  सम्बन्धमा जति तेरो हक थियो नि त्यति हक मेरो नि थियो, अनि केहि नभनी त त्यसै जान मिल्थियो त? तलाई थाहाछ मैले अहिले सम्म आफुलाई दोष दिएर बसेको थिए, यो संसारमा सबै भन्दा नराम्रो मान्छे आफुलाइ मान्न लागेको थिए| एकचोटी त भन्नु पर्थियो नि, कहिले गल्ति गरिस् के |” भन्न मन अझै धेरै कुरा छ तर निष्ठाको कुरा पनि सुन्न बाकि छ, त्यसैले चुप भए म|

“मैले माने त गल्ति मेरो हो भनि तर त्यो बेला बच्चा दिमाग केहि सोच्नै सकिन| मैले हजुरलाई यति धेरै पिडा दिए, यति माया गर्ने मान्छेलाई रुवाए त्यसैले म आज आफै रुदैछु|” यति भनेर निष्ठा फेरी रुन लागि| उसलाई फकाउन फेरी केहि  बेर लाग्यो|

“अनि त फेरी pregnant भईस त| त्यो बेला त भन्न सक्थिस नि?” उसले अघि भनेको कुरा फेरी आयो दिमागमा|

“म पनि आफै अचम्ममा परे त्यो बेला| बिस्वास गर्न सकिन, अनि डाक्टरले भनेको एउटा कुरा याद आयो| मेरो गर्भ नरहने सम्भावना छ मात्र भनेको हो, रहदै नरहने भनेको हैन| pregnant भएको थाहा पाएपछि, खुसि नि भए म तर दुखि पनि| हजुरलाई भनौ कि नाई सोच्दा सोच्दै आट गरेर भने र सबै कुराको समाधान पनि निक्लियो| त्यो बेला सबै भन्छु भनि पनि सोचेको थिए तर फेरी पनि भन्न सकिन| हजुर आफै त्यस्तो अवस्थामा हुनहुन्थियो र हजुरलाई थप चिन्ता दिन मन लागेन| त्यो बेला सम्म पनि म हजुरलाई माया गर्थिए र अहिले पनि तर फरक यति छ कुनै बेला जानी जानी भनिन र कुनै बेला अवस्थाले व्यक्त गर्न दिएन| मैले जहिले पनि हजुरलाई नै माया गरिरहे तर समय र अवस्थाले कहिले साथि दिएन|” उसले अहिले सम्म मलाई माया गर्छु भनेको सुन्दा आफैलाई अचम्म लाग्यो| प्रश्न अझै थपिदै गयो दिमागमा|

“त्यसो भए प्रकाश नि? मलाई माया गर्दा गर्दै कसरि उसंग सम्बन्धमा बाधिन पुगिस्?” एक पछी अर्को गरि निष्ठालाई प्रश्न गर्न लागे|

Previous article
Next article

Latest Posts