अब के गर्नु मैले? के गर्न लागेकी हो परजुनाले? केहि सोच्न नै सकिन| शुन्य भए म र शुन्य भयो मेरो दिमाग| सर्बप्रथम प्रतिक दाइलाई फोन गरे र परजुना रिसले बौलाएर निक्लिएको बताए| दाइले पनि आफु भर्खर कन्चनलाइ लिएर क्लिनिकबाट निक्लिएको भन्नु भयो|
“तिमि कहाँ छौ के?” दाइसंग फोन लिएर कन्चन बोल्न लागिन् मसंग|
“,म आएर भन्छु नि है|” म चिन्तित छु, दाइ चिन्तित हुनुहुन्छ, कन्चनलाइ किन चिन्तित बनाउनु|
“आजको दिनमा पनि तिमि मसंग थिएनौ| भन के हुदै छ यहाँ|” कन्चनलाइ कसरि बुझाउ कि म उसकै लागि उबाट पर बसेको हो भनेर| उसलाई फोनमा सम्झाउन लागे तर उनि पनि जिद्दी गर्न लागि र मैले जति वुझाउने कोशिश गरेपनि उसले बुझिन|
“तिमि यहाँ न आएसम्म म कोठा नै जान्न|” म र दाइ दुवै लागि परेको छौ कन्चनलाइ बुझाउन तर उसको जिद्दीलाइ जित्न सकिनौ हामीले| अब कोठा नै जान्न भनि जिद्दी गरेपछी म त्यहाँ पुग्ने पर्यो| तर म यहाँ कोठाबाट कसरि निक्लिने? म परजुनाको कोठामा थुनिएकोछु भनेर दाइ वा कन्चन, कसैलाई भन्न मिल्दैन| फोन देखे कोठामा, रिसेप्सनको लागि 0 थिच्नु लेखिएको थियो| रिसेप्सनमा फोन गरेर आफु थुनिएको बताए| केहि समय लाग्यो तर म निक्लिए त्यो कोठाबाट|
कोठाबाट निक्लिएर दाइलाई फोन गरे र कहाँ हुनुहुन्छ भनि सोधे| दाइहरु अहिले जहाँ हुनुहुन्छ त्यहाँ पुग्न मलाई लगभग ३० मिनेट लाग्छ| फेरी एकपल्ट फोन गरे दाइलाइ अनि सम्झाउन खोजे कन्चनलाइ तर म त्यहाँ नगई भएन| ट्याक्सी लिएर कन्चनलाइ भेट्न पुगे उनि भएको ठाउमा| भेट्ने बित्तिकै एकछिन रिसाए जस्तो गरिन् र अन्गालोमा हालेर रुन लागिन्| कति पल्ट के भयो भनि सोधे मैले तर उनले केहि भनिन| बाटोमा छेउमा यस्तो दृश्य ठिक हुन्न भनि मैले उनलाई खाजा खाने प्रस्ताभ गरे तर उसले भोक लागेको छैन भनेर फेरी पनि जिद्दी गर्न लागिन्| अहिलेको समय म पनि जिद्दी गर्न लागे र उनले मेरो जिद्दी अघि हार मान्ने पर्यो| हामि खाजा खाना एउटा रेस्टुरेन्ट छिरेउ|
दाइ र म बिल तिर्न लाग्दै गर्दा कन्चन रेस्टुरेन्ट बाहिर निक्लिदै छिन्| उनलाई एक्लै बाहिर जान दिनु हुन्न भनि हत्तारिदै बिल तिरेर बाहिर निक्लिदै थिए, “रबि” भनेर कन्चनले चिच्याएर बोलाइन् मलाई| म र दाइ दुवै बाहिर पुगेउ| बाहिर पुग्दा मेरो अघि कन्चन छिन्, र कन्चनको पछाडी परजुना| कन्चनको निधारमा रगतको एउटा धर्को देखियो, टाउकोबाट आएको त्यो रगत उनको निधार हुदै पुरै अनुहार भरि नै फैलियो| परजुनाको हातमा एउटा फलामको मोटो रड छ र कन्चन भुइमा लडी| परजुनाको रिस अझै पनि मरेको छैन, कन्चन भुइमा लडेपछी, कन्चनको जिउमा रड प्रहार गर्न लागिन्|दाइले परजुनालाइ रोक्नु भयो र मैले कन्चनलाइ भुइँबाट आफ्नो काखमा हाले|
कन्चनको आखाँ बन्द छ र रक्तबहाव अत्याधिक छ| स्नान गरेको झैँ थियो कन्चनको टाउको, कपाल भरि रगत मात्र| ट्याक्सी बोलाएर कन्चनलाइ हस्पिटल लगियो| परजुनालाइ दाइले नै समात्नु भएको थियो र हामि ट्याक्सी चढेपछि परजुना कहाँ गइ हामीलाई थाहाछैन| कन्चनको टाउकोको चोट सामान्य रैछ, रगतको कमि र कमजोरीको कारण उनि बेहोस भएको रैछिन्| गर्भपतन गर्दा धेरै रगत जान्छ र कमजोरी पनि हुन्छ| त्यसैले हो कमि र कमजोरी भएको अनि परजुनाले गरेको प्रहारले थप केहि रगत कम भयो| रगत चढाउनु पर्ने भयो, २ पिन्त| सजिलै भेटियो रगत पनि| ६ टाका लाग्यो कन्चनको टाउकोमा, भित्रि चोट केहि छैन भन्ने पक्का भयो|
कन्चनको स्थिति सामान्य भएपनि भोलि मात्र उनलाई हस्पिटलबाट घर लग्न मिल्ने| मन निकै हलुको भयो, तर कहिले सम्म लाइ? परजुनाली यस्तो हमला गरि रहन्छे| यसको उपाय खोज्नु पर्नेछ, नत्र कन्चनको ज्यान यसरि नै जाने छ| डर र पिडामा नै कन्चनले जीवन गुमाउनु पर्नेछ| कन्चनमाथि यति धेरै हमला हुदै छ र उनले यो सबै बाट गुज्रिनु परेको छ तर गल्ति उसको थिएन| कस्तो अचम्मको संसार पनि| भगवान तिम्रै छोरी त हो नि कन्चन, किन यति पिडा दिन्छौ? कि तिमीलाई आफ्नै छोरीको पनि माया लाग्दैन| सधै यसरि डराएर बाच्न सकिन्न| मैले निर्णय लिए एउटा|
दाइलाई कन्चनसंग छाडेर म हस्पिटलबाट निक्लिए| धेरै नै तनाब हुदा चुरोट तान्ने बानिछ मेरो| चुरोट तान्दीन भनेर धेरैलाइ धातेको पनि छु तर धेरै नै तनाब परेको बेला एक खिल्ली नभई हुन्न| चुरोट तान्दै गर्दा अब के गर्ने भनि सोच्न लागे| बाटोमा भादगाउले पसल देखे, त्यहाँबाट हत्केला जतिको लम्बाइको खुकुरी किने| आज सबै ल्यांग ल्यांग सक्याउछु भनेर परजुनालाइ फोन गरे र उनलाई लेक छेउ भेट्न बोलाए| उसले सुरुमा नाई भनेपनि आउन राजि भइन्| रातको समय, लेक छेउमा सुनसान नै छ| परजुनालाइ आउन केहि समय लाग्यो|
“ खुसि भयौ हैन? इच्छा पुरा भयो हैन कन्चनलाइ मृत्युको मुखमा पुर्याए?”
“खुसिछु म| जब सम्म कन्चनलाइ खुसि देख्छु, तब सम्म म खुसि हुन सक्दिन| जब कन्चनलाइ पिडामा देख्छु, मलाई खुसि हुन्छ| मेरो खुसि खोसेर उनि कसरि खुसि हुन सक्छे?”
“कन्चनले मलाई तिमिबाट पर बनाएको हैन, तिमि आफैले हो| हामि सम्बन्धमा हुदा खुसि थियौ तर जति खुसि भएपनि मैले तिमीलाई कहिले बुझ्न सकेको थिइन र न तिमीले मलाई बुझेउ| जहिले चाहिने नचाहिने कुरामा जिद्दी गर्थियौ| झन् तिम्रो स्वभाव पनि शंकालु, साथिसंग बोल्दा पनि शंका गर्ने तिमीले| फेरी रिस पनि कति चाडै उठ्ने, थाहा नै हुन्न किन रिसाएकी भनेर| तिमीले गर्दा म आफ्नै साथि भाइ, परिवार र आफैसंग पर हुदै थिए, त्यसैले तीमीबाट पर हुनु सहि लाग्यो| त्यसैले होहाम्रो सम्बन्धको अन्त्य भएको| अझै पनि यादछ तिम्रो बाबा-आमाले मलाई फोन गरेर, परजुनाले गर्दा दुख पाउनु हुन्छ, उसलाई छाडीदिनु भनेको| न परवारको राम्रो छोरी हुन सकेउ, न नै राम्रो प्रेमिका अनि न नै राम्रो साथि| तिमिसंग पर हुदा मलाई पनि पिडा भएको थियो| मनमा पश्चाताप थियो, कहिँ परजुनासंग पर हुने निर्णय लिनु मेरो गल्ति त हैन भनि| तर अहिले तिमीले जे गर्दैछौ नि, म के ढुक्क भए भन्दा तिमीलाई छोड्ने निर्णय लिनु मेरो गल्ति हैन सहि कदम थियो| तिमीसंग म अहिले सम्बन्धमा भएको भए त मा पनि तिमिजस्तै हुन्थिए होला| यदि म तिम्रो आमा भएर, मेरो पाठेघरमा तिमि जस्ती छोरी छे थाहा हुदो हो भने, म पाठेघरमा नै मार्दिन्थिए तिमीलाई| तिमि त्यतिको नराम्रो छौ| तिमीले आज एउटा हैन तिन वटा ज्यान लिदै छौ| पहिलो कन्चनको गर्भमा रहेको बच्चाको जो तिम्रो हमाले गर्दा अघिनै बितीसक्यो, कन्चन पनि अहिले मृत्युसंग लड्दै छिन् र अब कन्चननै मेरो कारणले मरिन् भने म बाच्नुको कुनै औचित्य नै हुदैन| यति बुझ तिमि हत्यारा हौ, हत्यारा| तिमीले कसैलाई खुसि पार्न सकिनौ| अहिले सम्म यति जीवन बिगारेउ तर अब चाही राम्रो मान्छे बन सक्छौ भने र हामीलाई जसरि कसैलाई पनि नसताउ|” यति भनेर अघि किनेको खुकुरी निकाले मैले आफ्नो बगलीबाट र आफ्नो हातको धमनी तिर लग्न ठाले| मैले अहिले बोलेको कति वाक्य सत्य थिए भने कति झुठ तर मेरो नियत भने गलत हैन|
परजुनाले मेरो हात समाउदै रुन लागिन् र मलाई रोकिन्| मेरो हातबाट खुकुरी हुत्त्याएर उनि मेरो अन्गालोमा आएर रुन लागिन् |
“मलाई माफ गरिदेउ| म पागल भएछु तिम्रो मायामा, त्यसैले अरु केहि सोचिन र केवल तिमीलाई कसरि पाउने भनि सोच्न लागे| तिमीलाई पाउनको लागि म जुन हदसम्म पनि जान तैयार थिए तर मैले यतो सोच्न सकिन कि माया जबर्जस्ति हैन मनले हुन्छ…………|” अरु केहि भन्न खोज्दै थिइन् परजुनाली तर यत्तिमै रोकिएर रुन लागिन् र फेरी पनि मलाई आफ्नो अन्गालोमा हालिन्| एकछिन सम्म मेरो अन्गालोमा रहिन् उनि, त्यसपछि आशु पुछ्दै उनि हिड्न ;लागिन्| “कहाँ जादैछौ?” अनेकौपल्ट सोधे मैले तर उसले जवाफ दिईन|
त्यहाँबाट सिधै हस्पिटल गए म र हस्पिटल नपुग्दै परजुनाको मेसेज आयो मेरो मोबाइलमा| “मेरो गल्ति माफी योग्य छैन तर सक्छौ भने माफ गरिदेउ मलाई| आजबाट म तिमीलाई कहिले दुख दिन्न अनि कन्चनलाइ पनि|” मेसेज पढ्ने बित्तिकै परजुनालाइ फोन गर्न खोजे तर उनको मोबाइल अफ छ| मैले अघि केहि भन्न नहुने शब्दहरु पनि प्रयोग गरेको थिए, त्यसले गर्दा उसले केहि नराम्रो निर्णय लिन्छे कि भनेर डर पनि छ मनमा|
दाइ र कन्चनलाइ केहि भनिन मैले अहिलेको घटनाको बारेमा| एकदिन पछी कन्चनलाइ पनि डिस्चार्ज गरियो हस्पिटलबाट र दुइ दिन थप पोखरा बसेर हामि काठमाण्डौ फ़र्कियौ| पोखरा जादा मनमा डर, मानसिक तनाब र धेरै सोच लिएर गएको थियौ हामि र फर्किदा त्यो सबै छाडेर फर्किदै छौ, र खुसि मात्र लिएर फर्किदैछौ| कन्चनको गर्भमा रहेको हाम्रो माया कहिले पलाउन पाएन, परजुनाको म प्रतिको माया पनि नपलाउदै ओइलाएर् गयो| मेरो लागि पोखरा सहर हो नपलाएको मायाको|
