Part 40

“किन कि म इबोला हो|” उसले के भन्छ, अनि त्यसको अर्थ के हो| यो बुझ्न निकै मुस्किल पर्छ|

“ इबोला? के भन्छ? किन इबोला? कसरि इबोला?” उ मेरो शिक्षक अनि म उसको ग्वाच बिधार्थी जस्तै भएको छु| त्यसैले हरेक दोस्रो वाक्य प्रश्न हुन्छ मेरो|
“ Cause people turn sick|” उसले के भनेको फेरी पनि बुझ्न गाह्रो भयो मलाई| एकछिन दिमागले कसरत गर्यो र बल्ल बुझ्यो उसको शब्द|
“ छ्या तिमि त कस्तो छाडा|” जब उसको शब्दको भाव बुझे, मेरो ओठबाट यी शब्द आफै निक्लिए| किन निक्लिए थाहा छैन, निक्लिन चाही निक्लियो|

‘ म छाडा कसरि भए? मेरो लागि यो सब सामान्य हो| हाम्रो जीवनको प्रारम्भ जहाँबाट भयो, त्यो मेरो लागि लज्जा वा शरम कसरि हुन्छ?” उसको यो जवाफमा सहमति जनाउन मन छ तर फेरी मन बदलियो र सहमति जनाउन चाहिन|
“ त्यसो भए त तिमि अहिले बाटोमा नाङ्गो हिड भन्दा हिड्छौ होला| यो पनि सामान्य नै होला तिम्रो लागि|” मैले जानी जानी सहमति जनाइन उसको अघिको बिचारमा| सहमति जनाउनु मतलब बोल्नलाइ अर्को बिषय खोज्नु पर्छ मैले र सहमति जनाए भने उसले केहि मिठो गफ गर्छ|

“हामि जन्मिदा नाङ्गो जन्मिएका थियौ| अनि त्यसपछि लोभले नंगायो हामीलाई अनि कहिले स्वार्थले| कहिले यौनको हवसले नंगायो हामीलाई अनि कहिले हाम्रो कु-बिचारले| कहिले  चाहेर नान्गिंछौ हामि अनि कहिले बाध्यताले तर नांगिएका भने छौ| नांगिएको समाज अगाडी मलाई नांगिन केहि संकोच छैन तर… तर उनिहरु आफु अहिले सभ्यताको ओढ्ने ओढेर लाज छोपेको नाटक गर्दै छन् अनि म स्वइच्छाले नांगिएको छु| स्वइच्छाले नांगिनेलाइ स्वीकार्दैन यो समाजले|” मैले उबाट जवाफको आश गरेको थिए, उसले महाभारत नै भन्यो| कति ;लामो जवाफ हो उसको| एक त नशामा चुर्लुम्म दुबेको छु, अनि यस्तो प्रबचन, कसरि थाम्न सकोस् मेरो दिमागले|
“ल भयो हजुर भयो| ल खुट्टा दिनुस् हजुर, त्यो पनि घोगौ कि? श्री श्री श्री १०३ सुबोध बाबा कि जय|” मैले बोल्न हुने कुरा बोले कि नबोल्न हुने कुरा बोले त्यो मलाई उसको जवाफ पछी मात्र थाह हुनेछ| चाहे सहि बोले या गल्ति बोले, तर आफुलाई चित्त बुझ्ने बोले|

“ खुट्टा ढोग्नु पर्दैन हजुर| अहिले मेरो खुट्टामा वाकेउ भने?” उसले कति सजिलै उडायो मलाई, मेरो मजाक बनाउन उसलाई थोरै पनि समय लागेन| यो अघिको बदला लिएको हो उसले|

“ वाक्ने देखेउ मलाई? बोल्दा बोल्दै बरु तिमीलाई वाक्क बनाउछु तर वाक्दीन|” खै मैले के बोले तर बोले|
“ल छाड यस्तो कुरा| तिम्रो होटेल आयो| जाउ|” कति चाडै हामि होटेल पुगेउ| उसंग हुदा, घण्टाको सुइ पनि सेकेन्डको सुइ जस्तो छिटो चल्छ कि के हो?

“ बियर पछी कफीको स्वाद कस्तो हुन्छ थाहाछ तिमीलाई?” उसंग थप समय बिताउनको लागि उसलाई कफीको प्रस्ताभ गरे, उसले स्वीकार्छ कि नाइँ|
“ तिमि नशामा फित्तुर हो कि तिमिलाइ नशाले छोएको नै छैन?” हैन जहिले उसले यस्तै नबुझ्ने कुरा गर्नु पर्छ भन्ने कहाँ लेखेको छ? उसले हुन्छ भनेको हो कि हुन्न भनेको हो? यो उसको सहमति हो कि इन्कार?
सिधा शब्दमा जवाफ दिदा मान्छे मर्छ हो?” उ म जस्तो नभएपछी, म उ जस्तो हुनु पर्दै छ|
“ बियर पीएपछी कसले कफीको स्वादले आफ्नो मुखको स्वाद बिगार्छ? खसीको झोल खाए पछी कसैले गुन्द्रुकको झोल खान्छ?” उसको शब्दमा हो कि उसको भावमा यस्तो मिठास छ, उसले जसरि जवाफ दिदा पनि उसको जवाफले मन जितेर नै छाड्छ|

“ कस्ले सोचेको थियो होला, पानि जस्तो स्वाद बिनाको बस्तुमा दहि मिसाउदा त्यस्ती मिठो लस्सी बन्छ भनेर?” उसलाई उसकै स्तरमा गएर जवाफ दिए| यसपछि हामि दुवै कफी पिउन लागेउ| कफीसंगै हाम्रो गफले पनि रफ्तार लियो| उसले आफ्नो जीवनको बाकि पाना मेरो सामु खोल्न लाग्यो|
उसको कहानी उसको शब्दमा: “ मान्छेले चिन्दै गए मलाई, अनि लेखबाट नै पैसा पनि आउन लाग्यो|  लेख्न जति सन्तुष्टि अरु केहिमा भेट्न छाडे मैले| नेपालि लेखले मलाई नेपालि पाठक माझ चिनाउदै गयो तर मन मात्र कमाउदै थिए, पैसा केहि थिएन नेपाली कथा लेख्दा| अनि अंग्रेजी लेखबाट पैसा कमाउदै थिए, मन पनि जिते होला तर त्यहाँ मेरो असली पहिचान अरु सामु खुलेको थिएन| पैसा र सन्तुष्टिको मिश्रणमा जीवन जिउदै गए| मामुको याद आयो एकदिन, अनि घर जाने निर्णय गरे| १८ महिना पछी घर जादै थिए| मलाई घरमा देख्दा मामु, बुवा सबै खुसि, खुसि नहुने कारण पनि के छ र? मैले युटुबमा हालेको भिडियो मामुले सधै हेर्नु हुदो रैछ| म सधैको लागि घर फर्की आएको सोच्नु भएको थियो मामुले| मामुको मन दुखाएर फर्किन मन थिएन तर तेस्रो दिन म साथिकोमा फर्किए| मामुले मन दुखाउनु भयो र उहाको आखाको आशुको पाप लाग्छ मलाई| त्यहि पाप लागेको हुनु पर्छ| छोड यो कुरा| मन मेरो पनि दुखेको थियो मामुलाइ त्यो दिन छाडेर आउदा तर म यो दुनियाबाट निकै पर भइसकेको थिए| जब सम्म मलाई आफु राम्रो छोरा भएको महसुस हुन्न, घरमा मामु बाबसंग बस्नु मनले नमानेको हो| म फेरी पनि साथिकोमा नै बस्न लागे| साथि संग नै बस्न लागे| साथि नै मेरो नया परिवार भएका छन्| मलाई मामु बाबाले चाहेको  जस्तो राम्रो छोरा हुन मन छ तर … यता लेखबाट नै पर्याप्त पैसा आउन लाग्यो| बर्षमा दुइटा इन्ग्लिश किताब लेखेर अनलाइन हाल्यो भने, महिनाको १ लाखको हाराहारीमा पैसा आउँन लाग्यो| काम छाडे मैले र साहित्यमा नै ध्यान दिन लागे| किताब लेख्दा म कहिले चार भित्तामा कैद भएर लेख्न सक्दिन, त्यसैले किताब लेख्नको लागिनै म ठाउ ठाउ पुग्छु| एउटा किताब लेख्दा २ महिना जति लाग्छ र यसरि बर्षमा ६ महिना जति म काठमान्डौ बाहिर नै हुन्छु| अहिले पनि एउटा किताब लेख्ने शिलसिलामा नै पोखर आएको हो| तर इंगलिस हैन नेपालि कथा लेख्दै छु| मेरो पहिलो कथा लेख्दै छु, जुन किताब बनेर छापिने छ| त्यसैले बुवा मामु अनि साथिसंग ६ महिनाको लागि बिदा लिएर पोखरा आएको छु| यो छ महिना म कोहिसंग पनि सम्पर्कमा हुने छैन| कसैलाईलाइ थाहा पनि छैन कि म पोखरामा छु भनेर| त्यसैले मोबाइल पनि लिएको छैन मैले| अस्ति तिमीले मोबाइल नम्बर माग्दा त्यसैले नम्बर नदिएको हो मैले| अहिले पोखरा आएको दुइ महिना भयो| किताब आधि सकियो| अब आधि बाकि छ| अबको दुइ महिनामा त्यो पनि सकिन्छ होला| अनि अर्को दुइ महिनामा सम्पादन पनि सकिन्छ होला| निकै उत्सुक हुन्छु आफ्नो किताब छापिन्छ सोच्दा| एउटा कुरा थाहा छ? हास्छौ होला अनि पत्याउदैनौ पनि होला| तर तिमि मेरो पहिलो साथि हो पोखरामा| पहिलो अनि एक मात्र साथि|” उसको हरेक शब्दले मलाई भावुक बनायो अनि अन्तिम केहि वाक्यले मेरो मनलाइ हर्षित तुल्यायो|
“एउटा कुरा अझै सोधौ?” उसले आफ्नो कहानी भन्दा केहि यस्तो कुरा उल्लेख गर्यो जुन कहिँ गएर जोडिनु पर्ने थियो तर कहिँ जोडीएन| त्यो शब्दको अर्थ जान्नु छ|
“मैले नसोध भने पनि तिमि सोधीहाल्छौ| सोध|” उसको सरल जवाफ संगै अनुमति पनि प्राप्त गरे मैले|

“ आमाको आशुको पाप लाग्यो भन्दै थियौ तिमि| कसरि?” सुबोध सामु आफ्नो प्रश्न राखे|
“सुरुबाट…. 

Previous article
Next article

Latest Posts