फोन उठाउने बित्तिकै शोभा रुन लागि, कति सम्जाए तर चुप भइन| के भयो भनि सोध्दा पनि रोएर नै बसी,लगभग १० मिनेट लाग्यो उसलाई चुप लगाउन| १० मिनेट सम्म रुने गरि के आइपर्यो उसलाई जुन मलाई अहिले सम्म थाहाछैन| शोभाको पहिलो वाक्य संगै, मेरो पुरै शरीरमा भूकम्प आयो,आफ्नै कानले एकछिन बिस्वास गर्न अटेर गर्यो तर उसले जिस्केको पनि हैन भन्ने कुरामा पनि पक्का थिए म|
“म प्रेग्ननेन्ट छु|” हो यहि थियो उसको पहिलो वाक्य, कसरि बिस्वास गर्नु भयो केहि बेर सम्म| यति भनेपछि उ फेरी पनि रुन लागि|
“कसरि?” प्रेगानेन्ट कसरि हुन्छ मलाई पनि थाहाछ,तर यहाँ मैले पुरै कथाबस्तु जान्न खोजेकी हु|
“अस्ति म अनि सन्जोक नगरकोट गएका थियौ, दुवै झ्याप थियौ, लगाउन पनि बिर्सेछौ र औषधि खान पनि| आज थाहा भयो|” उसंग रिसाउने कुरा पनि आएन, तर दिमाग लगाउनु पर्छ नि,यस्तो केहि हुन सक्छ भनि| अब फेरी अहिले आएर रिसाएर पनि फाइदा के नि,जे हुनु भइसक्यो|
“अस्ति भन्नाले आज 3 दिन भयो हैन?” ७२ घण्टा भित्र औषधि खाना मिल्छ सुनेकी थिए कहिँ, तयसैले सबै बिस्तारमा बुझ्न खोज्दै छु|
“हैन,आज २३ दिन भयो| पर सर्ने दिन २ हफ्ता ढिलो भयो,अनि आज टेस्ट गर्दा थाहा भयो|” उसको यति जवाफ पछी मैले अघि सोचेको जुक्ति पनि काम लागेन|
“सन्जोकलाई भनिस् यो कुरा?” मैले यहाबाट गर्न सक्ने केहि छ जस्तो लागेन,मलाई पनि यो बारे केहि थाहाछैन, सन्जोकले केहि सोचीसक्नु भयो भन्ने आशमा छु म|
“उहालाई पहिले भनेर,तलाई भनेको हो|” उसको हरेक शब्दसंग उ रुदै थि र उ रोएको सुनेर म पनि आफुलाई सम्हाल्न असामर्थ्य हुदै छु|
“के भन्नु भयो उहाले?” आज मेरो काम भनेको नै प्रश्न सोध्ने भएको छ,अघि सम्म बिस्वास्लाई,अहिले शोभालाई|
“फ्याल्ने भन्नु भएको छ|” म उसंग अलि धेरै र बिस्तार जवाफको अपेक्षामा छु तर उसले मैले सोधे जति मात्र उत्तर दिदै थि,अरु दिन भएको भए टुप्पो देखि फेद सम्म सबै भन्ने मान्छे हो उ|
“तलाई के मन छ?” सन्जोकको मनको कुरा त बुझियो,अब त्यहि कुरा शोभाले फरक तरिकाबाट पनी सोचेकी हुन सक्छे,त्यो पनि जान्ने पर्यो|
“फ्याल्ने त हो,घरमा थाहा पाउनु भयो भने मार्नु हुन्छ मलाई|” उ रोको सुनेर म थप केहि सोच्नै सकिन, उसलाई सम्झाउन लागे नरो भनि|
“त्यस्तो काम कहाँ हुन्छ थाहा छ तलाई?” मेरो अर्को प्रश्न शोभाको लागि|
“नाई केहि थाहाछैन मलाई|फेरी अरु कसैलाई थाहा पनि हुनु भएन|अब खोज्ने काम तेरो|” जे बिषयमा मलाई केहि ज्ञान छैन,उसले त्यहि काम हर भन्दैछे मलाई| मैले कहाँ बुझ्नु,कसरि बुझ्नु,फेरी म बुटवल छु र उ काठमान्डौ,उसलाइ हुन्न पनि भन्न मन छैन र हुन्छ भन्न पनि सकिन|
“सन्जोकलाई ठाउ बुझ्न भन् न,मैले कसरि खोज्नु?” सिधै नाई भनिन तर मैले भन्दा सन्जोकलाई यो काम गर्न सजिलो होला|
“उहालाई के के भन्नु,आफै टेन्सनमा हुनुहुन्छ| पैसाको व्यवस्था मिलाउदै हुनु हुन्छ|” मैले हन्न भन्न खोजेको सायद शोभाले बुझिन, अब जसरि पनि बुझ्ने जिम्मा मेरै भयो|
“हुन्छ,म तलाई भोलि सबै बुझेर फोन गर्छु|” मैले गर्न सक्ने भनेको गुगल बाट नम्बर खोज्दै फोन गर्ने हो,कोहि वरिपरिका लाई सोध्न पनि मिलेन|
“कसैले थाहा नपाउने गरि बुझ है|” मलाई जे डर छ उसलाई पनि त्यहि छ,उसलाई हुन्छ भनि फोन राखे र आफु खोज्न लागे गुगलमा| यति राति कहिँ फोन गर्ने कुरा पनि भएन,त्यसैले भेटे जति नम्बर सबै सेव गरेर राखे,भोलि फोन गर्छु भनि| बिस्वास्लाई नसुत्नु फोन गर्छु भनि पर्खाएर राखेको भुसुक्कै भुलेछु,उहाले गुड नाइट भनि मेसेज पठाउदा याद आयो|
