अन्तिम भाग — Last Part
स्नातकको अन्तिम परिक्षा पछी सनिरा इन्डिया जान्छिन्| किन थाहा छ? कौशिकले फोन र मेसेज गरेर निकै नै सताएको थियो सनिरालाइ| कौशिकले नै गर्दा पंकज र सनिराको दुइ पल्ट झगडा परिसकेको थियो| पंकजलाइ जीवन मानेर, आफुलाई पंकजमा समर्पण गरेकी थिइन् सनिराले तर कौशिकले गर्दा सनिराको जीवन नै सनिरासंग रुष्ट छ| कौशिकले अहिले जे जे हर्कत गर्दै थियो, त्यो केहि मात्र चिन्ताको बिषय हैन| अहिले नै पाइला चालिएन भने, यसले पछी गएर झन् ठुलो स्वरूप लिन्छ र निकैको जीवन बर्बाद पार्नेछ| सनिराले अहिले सम्म कदम चाली सक्नु पर्ने थियो| अहिले सम्म हैन, अस्मिता लुटिएको पहिलो दिन नै उनले आटेर कौशिकलाई तह लगाउनु पर्थियो| अहिले ढिला भइसक्यो तर पुर्णबिराम लागेको भने थिएन|
सनिरा अहिले न बर्तमानमा रमाउन सक्छिन् र न भबिस्य बुन्न सक्छिन्| कारण कौशिक हो अनि कारण हो कौशिकको अहिलेको क्रियाकलापले सनिरा र पंकजको सम्बन्धमा पर्ने प्रभाव हो| सनिराको मनमा पंकज छ तर मगजमा कौशिकको त्रास| कौशिकको त्रास र किचकिच सधैको लागि अन्त्य गर्नलाइ सनिरा लागिन् इन्डिया| उनको मनमा थोरै आश छ, थोरै त्रास, थोरै चिन्ता छ र थोरै आट छ| सनिराले सहि कदमहरु चाल्दै छिन् तर यसैबीच एउटा कदम गलत रहयो उनको| आफु मामाघर जान लागेको भनेकी थिइन् उनले पंकजलाइ| सनिराको मनसाय गलत हैन तर झुठ बोल्नु कहिले पो सहि भएको छ| झुठ झुठ हो चाहे त्यो राम्रो मनसायले बोलिएको होस् या नराम्रो मनसायले| बिष्णुको मनसाय पनि गलत थिएन नि वृन्दाको बलात्कार गर्दा तर झुठ अनि बलात्कार दुवै उही हुन्| बलात्कारीले तिम्रो शरीर अनि बिस्वास दुवै लुट्छ अनि झुठले तिम्रो विश्वास|
सनिराले पंकजसंग झुठ बोलेर हिडेकी छे र यता पंकजलाई सनिराको झुठ थाहाभयो| सनिराको झुठ थाहाभयो पंकजलाइ,मनसाय थाहाछैन| सनिराले कौशिकलाइ भेट्छिन्| कौशिकमा थोरै पनि बदलाव आएको छैन| सनिरालाइ देख्ने बित्तिकै कौशिकले सनिरालाइ सिधै आफ्नो घर लग्यो र सनिरालाइ चुम्दै सनिराको कपडा खोल्न लाग्यो| सनिराले प्रतिकार गरिन् र कौशिकले थप केहि बल गर्यो| सनिरा द्रिध भएर आएकी छिन्, कौशिकलाइ आफ्नो अस्मिता फेरी पनि लुट्न दिन्न भनेर|
“के भयो सनिरा?”
“ अब हामि यस्तो केहि गर्दैनौ| म यहि भन्न मात्र आएकी हु| तिम्रो खेलौना बन्न आएकी
हैन|”
“ आज अन्तिम पल्ट हो, त्यसपछि तिमीलाइ म खुल्ला छाडदिन्छु|”
“ तिमि जहिले यहि भन्छौ| मलाई सानो पिजडाबाट मुक्त गर्छौ तर त्यसको बाहिर अर्को
ठुलो पिजडा हुन्छ|”
“म अहिले सम्म राम्ररि भन्दै थिए| लुगा खोल्, नत्र पहिले तेरो लुगा च्यात्छु अनि तेरो
छाला|”
“ किन रिसाएको के तिमि, म यति परबाट तिमिलाई भेट्न आएकि छु| पानि पनि सोधिनौ है?”
सनिराले यति भनेपछी कौशिक ग्लासमा पानि लिन गयो र सनिराले यता ब्यागबाट आफ्नो केहि
कपडा निकालिन्| कपडा लिएर उनि वासरुम पुगिन् र वासरुमबाट बाहिर निक्लिदा कौशिक
बाहिर पानि सहित बस्दै थियो|
सनिराले गिलास आधा रित्त्याइन् र गिलास टेबुलमा राखिन्| त्यसपछि सनिराले चुम्न लागिन् कौशिकलाइ| कौशिक चकित भयो| अरु दिन कौशिकलाइ लास संग यौन गरेको महसुस हुन्थियो तर आज निकै भिन्न छ| कौशिकलाइ सनिराको शरीरको स्वाद बल्ल थाहा हुदै छ आज| तर यो सबै सक्न आएकी सनिराले किन आफै कौशिकलाइ चुम्दै छिन्? सनिराको मनमा के छ उसलाई नै थाहाछ|
सोफाबाट चुम्बन सुरु भएको, अहिले दुवै ओछ्यानमा छन्| कौशीक आज सक्रिय हुनु परेको छैन| सानिरा सक्रिय छिन् र कौशिक निष्क्रिय| एक पछी अर्को गरि सनिराले कौशिकको कपडा खोल्न लागिन्| आखिर आफ्नै इज्जत लुट्ने मानिस संग सनिराले कसरि शरीर साट्न सक्छिन्? सनिरा अझै आक्रमक भएर कौशिकलाइ चुम्दै छिन्| कौशिकलाइ चरम सुखको अनुभुति हुदै छ| अहिले सम्म चुम्बन र अन्गालोमा चल्दै छ उनीहरुको क्रियाकलाप| कौशिक मुनिबाट उठेर सनिराको माथि आउन खोज्दै थियो तर सनिराले “आज तिमि यसरि बस, म सबै गर्छु| आज तिमि मेरो बन्धि हौ|” भन्दै कौशिकलाइ तल पारिन्|
अचानक कौशिक चिच्याएको आवाज आउछ| कौशिकले चाल पनि पाएन आखिर के भयो भनेर तर उ निकै पिडामा छ| आफ्नो कम्मर मुनि हेर्छ रगत नै रगत छ| सनिराको एउटा हातमा चक्कु छ भने अर्कोहातमा कौशीको लिंग| भन्छन् नि अत्ति गर्नु तर अत्याचार नगर्नु | सनिराको मनमा ६ बर्ष देखि रहेको रिसले आज उग्र रुप लिएको छ र कौशिकले जेलाइ आफ्नो मर्दांगी थान्थियो, अब त्यो अंग नै कौशिकको शरीरमा छैन| कौशिक पिडामा भएपनि सनिरालाइ झम्टिन आयो र सनिराले आफ्नो झोलाबाट खुर्सानीको धुलो निकालेर कौशिकको आखामा र घाउमा छर्किन्| कौशिक जहाँको त्यहि ढलेर तड्पिन लाग्यो| सनिराको रिस अहिले सम्म पनि मरेको छैन| आखिर अस्मिता भन्दा मुल्यवान के हुन्छ र कुनै केटीको जीवनमा| कौशिकले त्यहि अस्मिता लुटेको थियो र सनिराले कौशिकको घमण्ड लाइ टुक्रा बनाइदि| सनिराले कौशिकको अनुहारमा चक्कुले दुइ ठाउमा रेखा तानी र हातमा पनि अनेकौ ठाउमा घाउ बनाइन्| सनिराले यहि गर्छु सोची इन्डिया आएकी थिइन् कि यहाँ आएर सोचिन् भन्ने कुरा प्रस्ट छ|
“तलाई थाहाछ? अब तेरो भिडियो पनि मसंग छ| यो भिडियोले तेरो इजात दुनियासामु निलाम गर्न सक्छु|” यति भन्दै सनिराले आफुले भिडियो रेकर्ड गर्दै गरेको क्यामेर झ्याल छेउबाट निकालिन् र त्यहाँबाट हिडीन्| त्यहाँबाट हिड्नु अगाडी सनिराले कौशिकको मुखमा पट्टि बाधेर हातमा डोरीले बाधेकी थिइन् र कौशिकको मोबाइल पनि आफु संगै लिएर गइन्|
सनिराको ट्रेन एक घण्टापछी छ| ट्रेन चल्ने बित्तिकै सनिराले कौशिकको मोबाइलबाट एम्बुलेन्सलाइ फोन गरिन् र कौशिकको बारेमा जानकारी दिईन् अनि आफ्नो परिचय चाही गोप्य राखिन्| सनिरा आक्रोशमा छिन् तर निर्दयी भने हैन| त्यसैले कौशिकको ज्यान बचाउनको निम्ति यति गरिन्| यति गरेपछी उनले कौशिकको मोबाइल बाटोमा हुत्त्याईदिईन्| कौशिक अनि उसको मोबाइल, अहिले कास्तो हालतमा छ त्यो सनिरालाइ मतलब छैन|
यता सुगौलीमा पंकज पर्खिदै छ सनिरालाइ| सनिरा खुसि छिन् र पंकजरिसले बौलाएको छ| सनिरालाइ पंकजलाइ भेटेर अंगाल्न मन छ र जीवन भरिको लागि आफ्नो बनाउन मन छ| यता पंकज रिसमा छ र उसंग धेरै प्रश्नछ सनिराको लागि| पंकजलाइ आन्फो रिस पोख्नु छ आफ्नो निराशा पोख्नु छ सनिरासंग| उसले त अहिले पनि यहि सोच्दै छ कि सनिराले पकजलाइ धोका दिईन् भनि| यत्तिकैमा सनिराको ट्रेन दुर्घटना हुन्छ र सनिराको मृत्यु हुन्छ|
पंकज र सनिराको कथा अधुरो छ तर अधुरो अरु धेरै चिज छन्| सनिराको पंकजलाइ अंगाल्ने इच्छा नि अधुरो भयो र पंकजसंग जीवन बिताउने चाहना पनि अधुरो भयो| पंकजको यता रिस अधुरो रहयो अनि निराश्ता पनि अधुरो रहयो| पंकजको पिडा पनि अधुरो रहयो र पकज पनि अधुरै नै रहयो|जुन सम्बन्धको अन्त्य गर्छु भनेर बसेको थियो पंकज, आज त्यो सम्बन्ध नै अधुरो रहयो|पंकजको रिस, निराश्ता, आक्रोश, पिडा सबै सनिराको मृत्युले र आफ्नै आशुले गर्दा पखालियो र मायाको रुप पायो| त्यो माया जुन उसले सनिरालाइ गर्थियो| पंकजको अधुरो रहेको सबै भावान अहिले पूर्ण भएर उसको मनमा बसेको छ र उसले अब सनिरालाइ सम्झिदा धोका सम्झिदैन, माया सम्झिदा सनिरालाइ सम्झिन्छ|
पंकज कति रात रोयो| उसले आफुलाई नै दोष दिएर बसेको छ सनिराको मृत्युको| घरमा कोहि छैन पंकजको| खालि घर अनि खालि दिमाग, सनिरालाइ नै देख्छ हरेक स्थानमा| सनिराको नै आवाज गुन्जिन्छ उसको कानमा| सुतेको बेला पनि सनिरा आएर उनको हातले पंकजको हातको स्पर्श गरेको महसुस गर्छ पंकजले| आशुले न याद बगाउने रैछ न पिडा नै| आशुले झन् गोडमेल गर्ने रैछ याद र पिडाको र झन् बढ्दै जाने रैछन दुवै| सनिरालाइ सम्झिदा सम्झिदै कुन बेला बेहोस हुन्थियो र कुन बेला होस् आउथियो पंकजलाइ, यो पंकजलाइ आफै थाहाछैन| रुदा रुदै क्रन्दन र आशु दुवै सकिनु पर्ने हो तर त्यस्तो भएको छैन| बित्दै गरेको हरेक पल संगै सनिराको यादले झनै सताउथियो पंकजलाइ र उ बहुला जस्तो एक्कासी हास्थियो र एक्कासी रुन्थियो| सनिरालाइ अगाडी देख्दा खुसि हुन्थियो र जब सनिरालाइ छुन खोज्दा छुन सक्थिएन, तब छाती पिटर रुन लाग्छ पंकज| आफैलाई कति ठाउमा चिथारने र घाउ बनाउने गर्छ पंकज| उसलाई अहिले केहि होस् नै छैन| यसरि नै केहि दिन बिते र पिडा कम नभएपनि पिडा भुलाउने बहाना पाएको छ पंकजले|
पंकजले अब नया प्रियसी भेटेको छ र त्यो हो रक्सि| यहाँबाट पकज कसरि काठमाण्डौ पुग्यो, कसरो बिस्वासलाइ भेट्यो? यी सबै प्रश्नको जवाफ दिनु जरुरि छैन होला| यो सबैको जवाफ “उनि-पहिलो पाइला”, “उनि-बिछोड पछिको मोड” र “उनि-पाइला गन्तब्यको” ले पहिले नै दिईसकेको छ| मात्र यति हो, कसैलाई यति पनि माया नगर्नुस् जसको अवाभले हजुरको अस्तित्व नै अधुरो हुनपुग्छ|
||समाप्त||
