“मलाई पनि केहि थाहाछैन,हजुर पनि हिड्नुस् म संग|” उहाले यति धेरै सहयोग गर्नु भयो तर मलाई पुगेन,अझै एउटा अर्को सहयोग माग्न पुगे| तर यो कुरामा उहाले नाई भन्नु हुन्छ भनेर म ढुक्क छु|
“हुन्छ,म अफिसमा भन्छु नि| म गएर सहयोग हुन्छ भने जान्छु नि त|” अहिले सम्म मैले उहालाई चिनेकी रैनरैछु| पहिले देखि उहालाई राम्रो मान्थिए र अब अहिलेको पलबाट उहाको लागि इज्जत फेरी बढ्यो मेरो मनमा| अरु बेला क्षन भरमै रिसाउने, आफुलाई मन लाग्ने बाहेक भनेको केहि नमान्ने मान्छे,अहिले जे नि हुन्छ भन्दै हुनुहुन्छ| मान्छेको असली अनुहार त्यो बेला देखिने हैन रैछ जव सबै सामान्य छ,त्यो बेला देखिने रैछ जव समय नै गलत हुन्छ|
“हामि भोलि कुन बेला जाने?” सबै कुरा अब उहाको जिम्मा सुम्पिए मैले,कहा जाने,कति बजे जाने,सबै उहाले नै निर्णय गर्नु हुन्छ अब|
“भर्खरै फ्लाइटको टिकेट हेरेको,११ बजेको रैछ,त्यहि बेला जानु पर्छ|” गाडीमा जाने होला भनेर आफ्नु दिमागमा कल्पना गरेर बसेकी थिए,उहाले फ्लाइट भन्दा केहि चकित चाही भए| फेरी फ्लाइटको पैसा ३२०० भन्दा मुनि हुदैन भन्ने कुरा पनि राम्ररी थाहाछ मलाइ,उहाको र मेरो लागि टिकेट लियो भने ६४००, म संग पैसा छैन त्यति अहिले,उहालाई कसरि भन्नु|
“अनि शोभालाई फोन गरेर के भन भन्दा,हामि दुइ बजे नगरकोट जान्छौ|” मैले केहि बोल्ने नपाइ उहाले यति भन्नु भयो,अभ मैले उहालाई भन्नु पर्ने एउटा कुरा छ र सोध्नु पर्ने एउटा प्रश्न|
“नगरकोट किन जाने?” मनमा रहेको प्रश्न राखे उहा सामु तर पैसाको कुरा केहि भन्न सकिन|
“उसलाई गाह्रो हुन्छ औषधि खाएको १ देखि दुइ दिन सम्म,घरमा बस्न त मिलेन नि|” उहाले यो कुरा अघि पनि भन्नु भएको थियो,दिमागमा अरु धेरै कुरा भएकोले होला,भुसुक्कै बिर्सेछु|
“अनि फ्लाइटको टिकेट काट्ने पैसा छ हजुरसँग?” अघि मनमा रहेको प्रश्न बल्ल राखे उहा सामु|
“मैले टिकेट लिइसके| तेरो घरमा के भन्ने हो भन्,१० बजे एयरपोर्ट पुग है|” पल पल हरेक पल उहाको लागि इज्जत दोब्बर हुदै गयो, म एक्लै भएको भए केहि गर्न सक्थिन यति सबै कुरा|
“अनि अफिसमा के भनेर बिदा लिने?” यो प्रश्न मैले नसोधेको भए नि हुन्थियो किन कि थाहा छ उहाले यसको बारेमा पनि सोची सक्नु भएको छ|
“त बिरामी छु भनेर इमेल गर,मैले घर जान्छु भनेर बिदा लिसके|” मैले भने नि उहाले सबै सोची सक्नु भयो,परिपक्क भनेको शब्द उहाको लागि नै हो|
शोभालाई पनि एक एक कुरा भने मैले,उसले हुन्न् भनिन केहि कुरा पनि,उसले हुन्न भन्न मिल्ने ठाउ पनि थिएन,उसले गरेको गल्तीलाई सच्याउन म अनि बिस्वास जादै थियौ आफ्नु अफिस बिदा लिएर| उसले पनि संजोकले १ लाख जम्मा गरेको कुरा भनि,त्यति भए पुग्छ भनेर म ढुक्क थिए|
“एयरपोर्टमा लिन आउनु पर्छ?” शोभाको यो प्रश्न स्वाभाविक नै थियो|
“पर्दैन,म अनि बिस्वास तलाई भेट्न सिधै आउछौ,ट्याक्सी पाई हाल्छ| तिमीहरु आए पनि हामिले ट्याक्सी लिनै पर्छ|” बिस्वासले गरेर नै हो,अब म त्यहि एउटा कुरालाई धेरै कोण बाट नियाल्न लागेको छु|
बिस्वासले भनेको जसरि नै म अनि उहा,ठ्याक्कै १० बजे पुगेउ गौतम बुद्ध एयरपोर्ट| सबै कुरा सोचे जसरि नै हुदै थियो,त्यसै बीच एउटा नसोचेको कुरा पनि हुन पुग्यो| अफिसको एक जनालाई देखियो एयरपोर्टमा र उसले पनि हामीलाई संगै देख्यो,अब के सोच्ने भयो उसले मेरो अनि बिस्वासको बारेमा|उसले के सोच्ने भयो भनि सोचेर बस्ने समय हैन यो, फ्लाइट अलि ढिला भयो र १२ बजे ठ्याक्क ल्याण्ड गरेउ हामि काठमान्डौमा|
“शोभा कहाँ छ?” लगेज बोक्दै उहाले मलाई सोध्नु भयो,सायद ट्याक्सीसंग त्यहि हिसाबले कुरा गर्नलाई होला|
“पशुपतिमा बस्दैछन् रे,हामि नि त्यहि जानु पर्छ|” मलाई जे थाहा थियो,त्यो नै राखे उहाको सामु|यति भन्दा भन्दै हामि बाइकहरु पार्क गर्ने परिसरमा पुगेउ| ट्याक्सीले कहाँ जाने भन्दै सोध्दै थियो तर उहाले कसैलाई पनि जवाफ दिनु भएन| अचम्म लाग्यो,यो दुइटा झोला बोकेर उहाले बसमा त लग्न लाग्नु भएको हैन नि| उहालाई बुझ्न साच्चिकै गाह्रो छ|
“दाइ धेरै पछी भेटियो,सन्चै हुनुहुन्छ|” उहालाई अन्गालो हाल्दै एक जनाले यति भनेपछि एउटा कुरा चाही के पक्का भए,उहाले हामीलाई लिन भनि मान्छे बोलाउनु भएको रैछ| लगभग ५ देखि १० मिनेट कुरा गर्नु भयो उहाले त्यो मान्छेसंग, कुरा सुन्दै जाड़ा उहाको एकदम मिल्ने भाइ जस्तो भान भयो मलाई| उहाको त्यो बार्तालापमा म पनि बेला बेला सामिल हुदै थिए,त्यसैले मलाई एक्लो महसुस भएन त्यो १० मिनेट भएपनि|
“ल दाइ यो लिनुस्,हजुरले भनेको सबै कुरा यसमै छ|”यति भन्दै त्यो मान्छेले बिस्वास्लाई फेरी अंगालोमा हाल्यो र एउटा सानु थैली दियो उहालाई| त्यो थैलीमा पक्कै पनि शोभाको औषधि हुनुपर्छ भन्ने मेरो अनुमान हो|
“ल म पर्सि भेट्छु है तिमीलाई|” बिस्वासले यति भन्नु भयो र त्यो मान्छे संग छुट्टीएउ हामि| हामीले बिदा 4 दिनको लिएको थियौ तर सरकारी बिदा नि परेको थियो र शनिबार पनि,जम्मा मिलाएर ७ दिन को बिदा जस्तै भएको छ|
“ट्याक्सीमा जाने हैन हामि?” उहाले ट्याक्सी नभनेपछी,मैले आफै सोध्नु पर्यो|
“कसले भन्यो ट्याक्सीमा जानी भनेर|” उहाले यति भन्दै,अघिजो थैली बाट एउटा साचो निकाल्नु भयो र म के पक्का भए,उहाले बाइक पनि मिलाउनु भएको रैछ| कस्तो सबै कुरा पहुच भएको मान्छे उहा,जति बुझ्दै गयो त्यति कम लाग्ने|
