Part 45

आखा बिहानको ९ बजे खुल्यो | १ बजे भेट्ने कुरा थियो हाम्रो,त्यसैले लोसे तालमा तैयार हुनलागे म | काठमाडौँ भए पुष महिनामा नुहाउनलाई २-३ पल्ट सोच्नु पर्थियो,यहाँ त बाथरुम पसे र सिधै नुहाइयो,त्यो पनि चिसो पानीले | उसलाई भेट्नुपर्छ भनेरनै, हेयर-क्रिम र परफ्युम पनि नया किनेको थिए,अहिले सम्म खोलेको पनि थिन | अन्त्यमा तैयार भए,अरुलाई जस्तो लागोस तर आज आफुलाई भने म हिरो नै ठान्दै थिए | उसको कलेज पुग्न लाग्दा भर्खर १२ बजेको थियो | उसले भनेको समय भन्दा ठिक १ घण्टा अगाडी पुगे म | समय काट्नु थियो र चियाको तलतल पनि लागेको थियो,एउटा होटल छिरे |

भित्र पस्ने बितिकै केटाहरुको एउटा हुल देखे,त्यो हूलमा सबै केटाहरु मैले चिनेको, स्कुल संगै पढेका साथिहरु थिए |१ घण्टा भने मज्जाले कट्ने भयो सोचे मैले र सोचे जस्तै १ घण्टा पनि कट्यो | अभ भने मेरो मुटुले आफ्नु स्थान छोड्ला जस्तो भएको थियो,3 महिनापछि वर्षालाई भेट्न लागेको थिए | migमा फोटो हेरेपनि, आफु सामुने हेर्दा कस्ती होलि भने जिज्ञासा चाही मेटिन बाकि थियो | उसले फोन गरेर भेट्ने स्थान भनिन्,म त्यो स्थान तिर लम्किदै थिए | केहि परबाट नै देखे उसलाई,यता मेरो पाइला अगाडी बढ्दै थिए र छातीमा मुटुको गति | उनि संगै उनको ३ जना साथि पनि थिए,मनमा धेरै कुरा खेलाउदै अन्त्यमा उनको सामू पुगे |

सबैले एकैपल्ट “हाइ” भन्दा कम्ता मख्ख परेको हैन म | मनमनै एउटा सोच आयो,”यती धेरै सालिनानीहरु!” | होटल भित्र पसियो र एउटा ठाउ रोजेर बसियो | मलाई र वर्षालाई संगै राखेर,हाम्रो अगाडी बसे वर्षाको ३ साथि | अभ कुरा सुरु हुन लाग्यो |

मैले परिचय दिदै भने “म बिश्वास!” |

“हामीलाई थाहानै थिएन| तिमि बिश्वास पो हो |” वर्षाले मेरो खिल्ली गर्न खोजिन् |

“बर्थडे भएको केटीको के बिल्ला गर्नु,आज बचेउ |” उसको नि खिल्ली गर्न मन नभएको हैन तर उनको साथीहरुको सामु चाही मन लागेन | 
३ जना मध्य एउटा साथि चाही औधि राम्री थिन् | उसले आफ्नु परिचय दिदै भनिन् “मेरो नाम चाही सुरक्षा |”

“अनि मैले आफ्नु मुटु तिमीलाई दिए भने सुरक्षा गर्न सक्छौ त ?” यति बोलेको मात्र के थिए,वर्षाले कसैले नदेख्ने गरि कस्तो बेस्सरी आफ्नु पाइलाले मेरो पाइलामा टेकिन् |मैले केहि जिस्किन खोजेको मात्र थिए सुरक्षासंग,उ लजाएर रात्तै भईन |

एकछिनको कुराकानीपछी म पनि केहि खुल्दै थिए | अभ त हामि ४ जना मिलेर वर्षाको खिल्ली उडाउदै थिएउ | वर्षा भने कुनै बेला हास्थिन् भने कुनै बेला ठुस्स हुन्थिन् | माहोल निकै राम्रो भएको थियो त्यो दिन | वर्षा ठुस्स परेको बेला आफ्नु झोलाबाट निकालेर उसलाई ल्याईदेको उपहार दिदा उसको मुहारमा मुस्कान फेरी फिर्ता आयो| उसको लागि घडी लिदेको थिए,त्यो घडी खोज्न पनि कम डुलेको हैन म |

“घडी चाही किन?” उनको एउटा साथीले मलाई सोधिन् |

“ समय सहि होस या गलत,म सधै संगै हुन्छु उनि संग | घडी नाडीमा लगाईन्छ र म पनि त्यहि घडी जसरि उसको नाडी निर भएर,उसको हरेक धड्कन सुन्न चाहन्छु |” नसोचेको कुरा कहाँबाट बोले तर जे बोले सहि बोलेछु,सबै जना एकछिनसम्म मलाई हेरेको हेरेई भए |

हामीले अर्डर गरेको खानेकुरा पनि आयो | “हट-लेमन र सी-म:म:“ ,यहि थियो हामीले मागाएको खानेकुरा| मगाउन त मिठै कुरा मगाएको हो तर कस्तो नमिठो बनाएर ल्याइदियो | कुनै पनि मिठो थिएन | सी-म:म: चाही हैन छि-म:म: भएको थियो,अनि हट लेमन भने धत्-लेमन भएको थियो | कसैले केहि खाना सकेनन् | अन्तिममा कफी मगाइयो र यो कफी नै काफी भयो | जाबो कफी बनाउन नसक्ने | कस्तो चाही ठाउँ रोजेको होला बर्षाले पनि |

Previous article
Next article

Latest Posts