Part 47

“सक्नु हुन्छ भनेर मैले भनेको छु र? चाहे भने म अहिले हजुरको बोल्ती बन्द गरिदिन्छु|” अलि जिस्किदै अनि धेरै मस्किदै, निष्ठाको यो मिठो चुनौती|

“कसरि?” उसको मिठो चुनौती, मैले जान्नु त पर्यो नि, उसले कसरि पुरा गर्छे भनि|

मैले खोजेको जवाफ, निष्ठाको ओठबाट शब्दहरुको स्वरुपमा हो तर उसको शब्दहरुको प्रतिक्षामा कुरीरहेको मेरो कानको प्रतिक्षा खेर गयो| कानको प्रतिक्षा खेर गयो अनि उपहार चाही मेरो ओठले पायो, निष्ठाले आफ्नो ओठले मेरो ओठलाई कब्जा गरि| पउसको यो उपहार प्रतिकार गर्न सकिन तर स्वीकार गर्न मेरो आत्माले मानेन|

म निष्ठाबाट पर हुन खोज्दै छु हैन? अनि फेरी निष्ठा मेरो सामु हुदा किन म पग्लिन्छु? उसको स्वरले मात्र पनि किन मलाई कम्जोर तुल्याउछ? उसले हजार चोट दिई सकी मलाइ तर पनि उसलाई अलिकति केहि हुदा किन मेरो मन अत्तालिन्छ?  जसलाई जीवन भरिको लागि भुलाए भनि अठोट लिइसके, आखिर किन उसकै प्रतिबिम्ब चाही मेरो मुटुको कुनै कुनामा लुकेको छ? मैले उसलाई भुलीसके, उसको अस्तित्वले मेरो जिवनमा केहि असर पार्दैन, उसको हासो वा रुवाइले मेरो मनलाई कहिले पनि छुदैन, उसको नाम न मेरो मुटुमा बस्न सक्छ न जीवनमा, उ त मेरो कोहि पनि हैन, उ न मेरो खुसीको हिस्सा हुन सक्छे न नै दुखको, उसलाई र उसको यादलाई मैले त धेरै पछी छाडेर हिडीसके| अनि यति गर्दा पनि आखिर किन म उ सामु उसलाई माया गर्न विवस हुन्छु? के म झुठ बोल्दै छु आफु संग कि म उसलाई बिर्सेर बाच्न सक्छु भनि? कि म आफुलाई नै धोका दिदै छु, उसलाई बिर्सी सके भनि| के मेरो सिधान्त हरु त्यति कम्जोर छन् कि उसको ओठको स्पर्शले ति सबै सिधान्तलाइ सिधा अन्त गरिदिन्छ?

म भित्र अहिले धेरै सोचहरुले बास लिएको छ र म आफै भित्र पनि सोचहरुको बन्धि हुन पुगे| राणा शासनबाट मुक्त हुन नेपाली जनताले त्यति संघर्ष गर्नु परेन, जति मैले आफ्नै सोचबाट मुक्त हुन संघर्ष गर्नु पर्यो| म सोचहरुबाट मुक्त त भए तर मेरो ओठ अझै निष्ठाको ओठ बीच कैद छ| थाहाछैन कति बेर देखि मेरो ओठ निष्ठाको ओठ बीच कैद भएर बसेको छ, अब पालो ओठलाइ पनि मुक्त गर्ने| आफ्नो ओठलाई मात्र हैन, आफुलाई पनि निष्ठाको अन्गालोबाट मुक्त पारे र निष्ठालाई अलि पर सारे|

“जे भयो हजुरलाई?” मैले अचानक उसलाई आफुबाट पर पार्दा उसको यो प्रश्न, केहि अनौठो हैन|

“ हामि यो सहि गर्दै छैनौ|” केहि पहिले निष्ठाले मलाई हो यहि वाक्य भनेकी थिइ र आज मैले त्यहि वाक्य निष्ठालाई भन्दैछु|

“मायामा सहि र गलत केहि हुदैन भन्नु भएको हैन हजुरले?” मायामा जितहार हुन्न, मायामा सहि गलत हुदैन, मायामा म हुन्न हामि हुन्छ , मायामा हुन्छ त केवल भावना, हो मैले यही भन्थिए निष्ठालाइ| आज उसले नै मलाई यो कुराको सम्झना दिलाई|

“हो मायामा सहित गलत केहि हुन्न तर हामि बीच माया पनि छैन नि|” मलाई फेरी निष्ठाको मायाको जालोमा फस्नु छैन, माया जीवन हो तर निष्ठाको माया चाही हानिकारक छ मेरो लागि| यति चाही बुझीसकें मैले|

“ म त हजुरलाई माया गर्छु नि|” निष्ठा विवस  भएकी छे, उसको माया मेरो समिप जताउनमा|

“तर म गर्दिन नि|” यो वाक्य यसरि भन्न मन छैन मलाई तर यथार्थ यहि हो| निष्ठालाइ म माया गर्छु कि नाई भन्ने कुरा जरुरि हैन, निष्ठाको माया पुग्यो भन्ने कुरा चाही हो|

“ साच्ची गर्नु हुन्न?” यो कस्तो प्रश्न हो निष्ठाको, मैले भनिसके त म माया गर्दिन उसलाई भनि|

“लेखेर दिउ म अब?” उसलाई सक्दो रिस उठाउदै छु म, उसले मलाई घृणा गरोस् चाहदै छु|

“ हजुर किन यस्तो?” यो फेरी अर्को अनौठो प्रश्न निष्ठाको तर्फबाट, उसले किन कुरा नबुझेकी|

“त चाही किन यस्तो? तैले किन नबुझेको?” मनमा आज केहि छैन बाकि भन्नलाइ, मन भरिको रिस र भाव सबै राख्दै छु निष्ठा सामु|

“मैले नबुझेको भए बुझाउनु न|” निष्ठा आफ्नो हरेक वाक्य पछी झनै कम्जोर हुदै थिइ, जसले गर्दा म आफै कम्जोर हुदै गए तर उसको अघि कम्जोर हुनुहुन्न म| अब एकछिन त हो नि, एकछिनलाई भए पनि मैले सबै भावनालाइ सम्हाल्नु पर्छ|

“ हामि बीच पहिले जे भयो, म निकै खुसि थिए| कति सजिलै नजिकियौ है हामि, अनि त्यति सजिलै नै टाढा पनि भयौ| तलाई कति गाह्रो भयो थाहाछैन तर सम्बन्ध टुटे पछी चाही मलाई असहय पिडा भएको थियो| निकै मुस्किलले त्यहाँबाट निक्लिए म, अनि फेरी त आइस जीवनमा फर्केर| तैले मलाई यस्तो बनाएर छाडेर गइस्, अब म तलाई त के, आफुलाई पनि विश्वास गर्न सक्दिन| डर लाग्छ अरु कसैलाई बिस्वास गर्दा| तैले जे गर यहाँ हामि बीच जे होस्, तर अब हामि संगै हुन सक्दैनौ|” भन्न मन धेरै थियो, तर व्यक्त गर्न सकिन| जति सके त्यति ब्यक्त गर्न चाही पछि परिन|

“कहिले पनि?” यति भन्दा पनि निष्ठाले मेरो कुरा नबुझी यो प्रश्न गर्दा अचम्म लाग्यो|

“पछिको थाहाछैन, अहिले चाही हामि संगै छैनौ र हुँन्नौ पनि| अनि जहाँ सम्म म आफुलाई चिन्छु, मेरो मन फर्किदैन होला, हामि कहिले पनि संगै हुदैनौ होला|” मैले यति भनेपछि उसले बुझ्नु पर्ने हो अब मेरो मेरो मनको कुरा|

निष्ठा हफ्ता दिनको लागि बुटवल आएकी रैछे, त्यहि एउटा आशमा कि मेरो मन फर्किन्छ भनि| निष्ठाको यो कोशिस खेर जाने भयो| उ हफ्ता दिन बस्ने भनेपछि मैलेपनि हफ्ता दिनको लागि अफिस बिदा लिए| उसलाई बुटवलको बिभिन्न ठाउहरु लगे, भ्रमणको लागि| उ हरेक पल मसंग नजिकिन खोज्दै थिइ र उसले कुनै पल छुटाइन आफ्नो माया जताउनलाइ| मैले उसको माया बुझे पनि नबुझे जस्तो गर्दै बसे, उसलाई झुठो आश दिनु थिएन| हेर्दा हेर्दै …

Previous article
Next article

Latest Posts