Part 5

“के भयो? किन रोएकी?” क्षितिजको यो प्रश्नले मात्र मलाई थाहाभयो कि म सपनामा रुदै थिए| म त्रसित छु, सपनामा जे देखे त्यो क्षितिजलाई भन्नु कि नभन्नु भनि सोच्न लागे| एकछिन सम्म सोचे अनि निर्णयमा पुगे| क्षितिजलाइ भन्ने भए मैले| मैले सपनामा जे जे देखे, जे जे भोगे सबै भने| हिजोको अनि आजको, दुबै सपनाको एक एक घटना व्याख्या गरे उसलाई| मेरो भ्रम हुन सक्छ, म केहि महसुस गर्दैछु| क्षितिजलाइ एक एक पलको बयान गर्दा म त्यो पल फेरी पनि मेरो आखा अगाडी घट्दै छन्| कोठामा म र क्षितिज मात्र नभएर, कोहि तेस्रो व्यक्ति पनि भएको आवास हुदैछ| क्षितिज मेरो बाया तर्फ छ, मेरो दाया तर्फ पनि कोहि छ भनि आवास हुदैछ|

म यति सम्म डराएको छु, दाया तिर मुन्टो घुमाउन त के आखा पनि दाया तर्फ लग्न सकेको छैन| क्षितिजसंग बोल्दै छु तर ध्यान दाया तर्फ केन्द्रित छ| यस्तो लाग्दैछ, मेरो गफ त्यो मान्छेले पनि सुन्दैछ| लाग्दैछ, जति त्यो मान्छेको सोचलाइ आफ्नो दिमागबाट पन्छाउन खोज्छु, त्यत्तिकै नै त्यो मान्छे एक सुरले मलाई हेर्दैछ| म डरले पसिनामा भिजेको छु, डरले बोलिमा भिन्नै कम्पन आएको छ सास फेर्न पनि मुश्किल हुदैछ| सपनामा भन्दा म अहिले त्रसित छु| सपनामा दुइपल्ट आफ्नै बा-आमाको हत्या देखेको छु मैले, हत्याराको अनुहार अहिले सम्म देखेको छैन मैले| ज्यानको माया छ र डराएको नि छु| तर मेरो डरले त्यो मान्छेको अनुहार हेर्ने इच्छालाइ मार्न सक्दैन, दाया तिर फर्किए| कोहि छैन मेरो दाया तर्फ| मेरो भ्रम मात्र रैछ कोहि मेरो छेउमा छ भनि| झ्याल खुल्लै थियो, र रुखको छाया झ्यालमा परेको| त्यहि छायाले गर्दा मलाई भ्रम भएको हुनुपर्छ मलाई| क्षितिजलाइ बाकि घटना भन्न लागे|  

“ बुवा मामुको याद आएर हो तिमीले यस्तो सपना देखेको| नडराउ, केहि हुन्न|”
“ तिमि आफै भन त,म कसरि नडराउ? तिमीले यस्तो सपना देखे भने तिमीलाई डर लाग्दैन?”
“ लाग्छ, किन नलाग्नु! मलाई सुन्दा त डर लाग्दैछ|”
“क्षितिज यो सपनाको केहि अर्थ त हुनुपर्छ| नत्र गाउ आएपछि मात्र किन सुरु भयो यो सबै सपना?”
“किन कि गाउसंग बुवा आमाको धेरै याद जोडिएको हुनुपर्छ| तिमि गाउ आएपछि, याद झन् बढ्यो र उहाहरुको झझल्को आयो| अन्तिम पल्ट गाउ आएको छौ, सुत्दा पनि बा-आमालाई सम्झेर सुतेउ होला| त्यसैले सपनामा आमा बाबालाइ देखेउ| फेरी बा-आमाको लास पनि भेटिएन भन्थियौ नि, तिमीलाई अन्तिम पल्ट बा-आमालाई हेर्न मन थियो| तिम्रो यहि इच्छा तिम्रो सपनामा पुरा भयो| अरु केहि हैन|”
“अनि त्यो बाकस नै किन देखे मैले सपनामा?”
“ त्यहा बाकस छ भनेर तिम्रो दिमागमा थियो तर तिम्ले बिचार नगरेको मात्र हो| याद गर त, त्यो बाकस कहाँ थियो? हामि सुत्ने ओछ्यानबाट जहिले देखिन्थियो त्यो बाकस| त्यसैले तिमीले त्यो बाकस देखेकी हो सपनामा| आज ऐना देखेउ भनेकी हैन? खै त्यो ऐना कहिँ छ?”
क्षितिजले धेरै प्रयास गर्यो मेरो मन बुझाउने र डर मेटाउने| मेरो मनबाट डर पुरै नहटेपनी कम चाही भयो| क्षितिजको कुराले मन केहि बहलियो तर मुख्य कारण केहि अरु छ| क्षितिजको त्यो एउटा प्रश्नले मेरो मन पुर्णरुपमा अर्कै दिशामा मोडेको गरेको छ| मलाई मान्न गार्हो हुदैछ कि मेरो सपनाको कुनै अर्थ छैन भनि| मेरो सपनाको अर्थ छ र त्यो अर्थ मैले मात्र खोज्न सक्छु| सपनाको अर्थ खोज्न मैले पहिले सपनामा देखेको ऐना खोज्नु पर्छ| त्यो यहि कहिँ हुनुपर्छ| यहि घरमा हुनुपर्छ| घरको चप्पा चप्पा हेरे| खात मुनि, बिछौना मुनि, दराज भित्र, बोरा भित्र, घर बाहिर, घर भित्र, छतमा र गोठ सम्म सबै तिर हेरे तर कहिँ भेटिन| साझमा ८ बजेको गाडी छ, काठमान्डौबाट| नेपालथोकबाट काठमान्डौ जानु छ अनि त्यहाँबाट पोखरा| २ बजे सम्म चौक पग्नु नै पर्छ|

सपनामा देखेको ऐना खोज्ने थप समय छैन| सायद क्षितिजले भने जसरि नै मैले देखेको सपनाको कुनै अर्थ छैन र यो मेरो दिमागको रचना मात्र हो| नेपालथोक बाट समयमा निक्लिएर, केहि बेर न्यु-रोड पनि जानु थियो| कोटेश्वरको र साँगाको जाम हरे, ७ बजे हामि कोटेश्वरमा छौ| न्यु-रोड आकाशको फल आखा तरी मर भयो, सिधै कलंकी लागेउ कोटेश्वरबाट| कलंकीबाट सिधै पोखरा| 4:३० बजे पुर्यायो गाडीले पोखरा| कलंकीमा खाएको खानाले बसमा एक मिनेट पनि सुत्न दिएन| बसको पुरै यात्रा वाक्दै नै गयो| कुन बेला पोखरा आउछ र गाडीबाट निक्लिउ भएको थियो मलाई| 4 बजे सम्म कसरि समय कटाए , त्यो पिडा मलाई मात्र थाहाछ|

पृथ्वी चौकबाट ट्याक्सीमा चढ़ेउघरको लागि| घर पुग्ने बित्तिकै मैले ओछ्यानमा हाम्फाले र निदाए| म सुतेको ओछ्यानमा अनौठो कम्पन महसुस गर्दै थिए म| तन्ना सल्बलाउदै छ, त्यो कन्ना कपडा नभएर कुनै जीवित बस्तु जस्तै थियो| डसनामा पनि प्राण छ सायद, त्यसले मेरो स्पर्श गर्दै छ जस्तो लाग्यो| मेरो शरीर भरि नै केहि सलसल गर्दै छ महुसुस हुदै थियो| हिजो सम्म सपनामा सपनामा मात्र तर्सिदै थिए म| आज, अहिलेको पल , सबै घटनाहरु बास्तबिकता मा नै हुदैछ| तर किन? कहिँ मैले हिजो सपनामा देखेको ऐना नभेटेर त हैन नि? एकछिन सम्म पनि ओछ्यानमा उही कम्पन जारि रहयो र कम्पन रोकियो|

मेरो छेउमा क्षितिज हुनुपर्ने हो तर क्षितिज छैन| कहाँ गयो क्षितिज अब? न टवाइलेटमा छ, न भान्सामा| फोन गरे उसलाई, उसको फोन अफ छ| कहिँ मेरो सपनामा आउने व्यक्तिले क्षितिजलाइ केहि त गरेन नि? अब झनै उकुसमुकुस भयो| क्षितिजलाइ खोज्न फेरी घरको चप्पा चप्पा हेर्न लागे तर क्षितिज कहिँ थिएन| मैले क्षितिजलाइ गुमाए लाग्न थाल्यो| आखिर क्षितिजको के गल्ति थियो र उसलाई यस्तो गरेको होला? यदि कोहि आएर क्षितिजलाइ लगेको भएपनि धेरै पर लगेको छैन| अघि सम्म यहि भएको मान्छे, कहाँ सम्म लग्यो होला र उसलाई| घरको मूल ढोका खोलेको मात्र के थिए मेरो मोबाइल बज्यो| क्षितिजको फोन| मैले कहाँ छौ सोधे र उसले केहि यस्तो जवाफ दियो, म जसमा बिस्वास गर्न सक्दिन| “म यहि पृथ्वी चौकमा छु| तिमि कहाँ गएको के?” क्षितिजले यति भन्दा म हैरान भए| आखिर उ के भन्दैछ? अघि हामि संगै घर आएको मान्छे कसरि उ पृथ्वी चौकमा हुन सक्छ|

 त्यत्तिकैमा घरको मूल ढोकाबाट क्षितिजको आवाज आउछ, उसले मलाई नै बोलाउदैछ| क्षितिजले मलाई बाहिरबाट बोलाउदैछ भने, म अहिले फोनमा कोसँग बोल्दै छु? फोन हेरे, मैले जे लाइ फोन भनेर समातेको थिए, त्यो फोन नभएर, हिजो मैले सपनामा देखेको ऐना थियो| त्यसमा हिजो कोरिएको जुँगा अहिले सम्म छ र त्यो जुँगामाथि बिस्तारै एउटा चित्र कोरिन लाग्यो| बाहिर क्षितिजले बोलाउदै छ मलाई र यहाँ ऐनाले मलाई केहि भन्न खोज्दैछ| कहिँ ऐनाले मेरो प्रश्नको जवाफ दिन खोज्दै त हैन नि? बा-आमाको चित्र कोरियो त्यहा| चित्र कोरिएको अर्को पलनै बुवा आमाको चित्रमाथि चक्कुले कोरिदै छ र त्यहा रगत नै रगत भयो| मैले यो दृश्य हेर्न सकिन तरजवाफ अहिले सम्म भेटेकी छैन मैले| बुवा आमाको चित्र टुक्रा टुक्रा भयो र रगताम्य भयो त्यो चित्र| ऐना तातेर आयो र ऐनामा आगो लाग्यो|

यहाँ के हुदैछ थाहापाउन मुस्किल भयो| म चक्रबियुमा फसे जसरि नैफस्दैछु| क्षितिजले अघि देखि बोलाउदै थियो तर त्यो अवाज पनि सुन्न छाड्यो मेरो कानले| मैले फ्यालेको ऐना ओछ्यानमा पुगेछ र ओछ्यान भरि नै आगो लाग्यो| ओछ्यानबाट कोठा भरि नै आगो लाग्यो र त्यहा बाट भाग्नु पर्छ भन्ने चेतना पनि छैन म मा| क्षितिजको याद आयो| उ अहिले पनि बाहिरबाट मलाई बौलाउदैछ| म ओछ्यानबाट उठ्न खोज्दैछु तर पनि सकेको छैन| ओछ्यानले मलाई जकडेर राखेको छ| मेरो शरीर भरि आगो लाग्न सुरु भयो, पोल्दै छ मलाई| पोलेको महसुस हुदैछ तर जति कोशिस गरेपनि म त्यो ओछ्यानबाट निक्लिन सकेको छैन|  यत्तिकैमा मेरो आखा अगाडी हिजोको हत्यारा छ त्यसले आफ्नो मुख त्यहि ऐनाले छोपेको छ| वरी परि हेर्छु, म बसेको ओछ्यान पनि ऐनामा परिवर्तन भएको, भित्ता पनि त्यहि ऐनाको छ र सबै बस्तु त्यहि ऐनाले बनेको छ| त्यो मान्छेको हातमा छुरी छ, उसले छुरीले हमला गर्न लागेको मात्र के थियो, मक्षितिज मेरो अगाडी आयो र त्यो मान्छेलाइ आगोमा धकेलेर मलाई बाहिर लिएर गयो|“परजुना, परजुना |” भन्दै उसले मलाई अन्गालोमा हाल्यो र मेरो निन्द्रा खुल्यो|

म फेरी पनि सपना देख्दै थिए र सपनालाइ नै बास्तबिकता सोच्दै थिए| यहाँ बास्तबिकता भनेको क्षितिजले मेरो नाम लिएर मलाई बोलाएको मात्र रैछ| हामि अहिले ट्याक्सीमा नै थियौ र घर पुगेको थिएनौ| म ट्याक्सीमा नै निदाएछु र फेरी भयानक सपना देखेछु| मलाई ज्वरो आएर जिउ आगो जस्तै तातो भएको छ| सायद सपना मलाई यहि कारणले पोलेको हुनुपर्छ| म सपनामा बर्बराउदै थिए रे| क्षितिजलाइ घर पुग्ने बित्तिकै सपना भनेर र उसले फेरी पनि सम्झाउन लाग्यो मलाई| उसले जति सम्झाए पनि मेरो मन मान्न तैयार छैन कि मेरो सपनाको कुनै अर्थ छैन|

उस्ता उस्तै प्रकृतिको सपना देख्दैछु म तिन दिन देखि, जसमा कसैले मेरो बा-आमालाइ मार्छ, अनि मेरो पनि ज्यान लिन खोज्दै छ| यो सपनाको कुनै अर्थ छैन र मेरो भ्रम हो भनि कसरि पत्याउ म?

Previous article
Next article

Latest Posts