Part 55

“मैले यसरि नै हालेको हो,मलाई फिज खान मन लागेको छ|” यति भन्दै फिजले भरिएको बियरको गिलास लागे आफ्नु ओठमा र खाएको जसरि गरे| त्यो फिजले मेरो ओठ माथि जुँगाको आकार लिन पुग्यो र त्यो देखेर म हास्न लागे र हास्दा हास्दै मुर्छा नै पर्न लागे भने पनि हुन्छ| एकछिन सम्म नै हास्दै थिए तर हास्दा
हास्दै अचानक वाक्न पुगे म,वाके मात्र हुन्थियो नि,बिस्वासको जिउ भरि वाके, जिउमा परेन कि सायद,तर उहाको टिसर्ट भरि चाही मेरो भोमिट मात्र थियो|  अब चाही आफैलाई मन भित्रबाट नै डर अनि आत्मग्लानी,दुवै समग्र रुपमा एकैपल्ट महसुस हुदै छ| डर उहाले केहि भन्ने हो कि भनेर,आत्मग्लानी चाही आफुलाई त घिन लाग्दै थियो झन् उहालाई के भयो होला नि|

फेरी आज पहिलो दिन हैन मैले उहा सामु वाकेको, लगातार दोस्रो दिन हो,हिजो पनि वाकेको थिए, त्यो पनि चार पल्ट| फरक यति छ हिजो होस थिएन,आज थोरै भएपनि होस चाही छ,त्यसैले हो आफैलाई नराम्रो लागेको| त्यहाबाट सिधै उहाले मलाई बाथरुम लगेर मेरो मुख धुनु भयो र कुल्ला पनि गरिदिनु  भयो| बाथरुम पुगेपछि अझै दुइ पल्ट वाके मैले,एक पल्ट आफै आयो र दोस्रो पटक भने चाही बिस्वासले मेरो मुख भित्र औला हालेर जबर्दस्ती गराउनु भएको हो| अघि उहाको जिउमा वाकेको थिए,उहाले औला हालेपछि चाही हातमै वाके उहाको| एकछिन सम्म उहाले मेरो कपाल सुम्सुमाउदै त्यहि उभिनु भयो,उहाको एउटा हात मेरो कपालमा थियो भने अर्को हात मेरो काधमा,अनि मेरो दुवै हातले चाही बेसिन्मा थियो,अनि म वाक्न खोज्दै थिए| एकछिन सम्म पनि भोमिट नआएपछी, बिस्वासले मलाई ओछ्यानमा लगेर राख्नु भयो|

मलाइ ओछ्यानमा राखेपछि,उहा भुइमा भएको सबै फोहोर सफा गर्न लाग्नु भयो,मैले गरेको फोहोर|  उहाले मलाई कोठाबाट बाथरुम लगेर फेरी कोठामा ल्याएको याद छ तर मेरो भोमिट लागेको टिसर्ट कुन बेला खोल्नु भयो पत्तो भएन| उहालाइ पहिलो पल्ट हो मैले यसरि देखेको, टिसर्टमा कहिले पनि उहाको पाखुरा यति मोटा देखेको थिन,उहाको पाखुराको त्यो कसिलो मासु पहिलो पल्ट देख्दै छु, एकछिन सम्म आखा हटेन त्यहाबाट| त्यहाबाट जसो तसो गरि आखा हटाएकी मात्र के थिए,आखा उहाको छातीमा गयो|  टिसर्ट हुदा केहि बिचार नहुने, उत्रिएपछी उहाको छातीको आकार पनि देखे  र त्यहाबाट आखा हटाउने असम्भव थियो मेरो लागि, पहिलो पल्ट हो कुनै बयस्क पुरुषको छाती देखेको,पाखुराबाट आखा हटाउन मुस्किल थियो तर छातीबाट आखा हटाउन मन थिएन|

यो पल,यसको पर्खाइ,अलि पहिले देखिकै हो तर कसरि यसलाई त्यसै खेर जान दिन सक्छु र म,

Previous article
Next article

Latest Posts