“लु किन अनि,अचानक?” होस उडेपनि यति चाही सोधे उसलाई|
“कस्तो अचानक हो, एस.एल.सी पछी को बकेट लिस्टमा छ के मेरो|”
“त्यसो भए खा न् त |
“ह्या म कोसँग खानु,झन् हजुरलाई भन्दै छु,हजुर र म खाने के|”
“अनि रक्सि खाएर घर कसरि जान्छस नि?”
“अनि म घर जान्छु भनेर कसले भन्यो हजुरलाई?”
“अनि कहा जान्छस त?”
“ह्या हजुर कस्तो हो के, अभ त्यो त हजुरले मिलाउनुस न, राति खाने हो,कहाँ खाने कहा बस्ने सबै हजुरको काम हो मिलाउने|”
“ त र म राति संगै बस्ने,अनि रक्सि खाने?”
“अह,अघि देखी त्यहि त भन्दै छु तपाइँलाइ|”
“हैन तैले अहिले खाको छस् कि के हो?”
“तपाइँ त कस्तो के, अगाडी भएको भए कसम म मुक्किले हान्थिए हजुरलाई|”
“ल ल ,कहिले खाने भन्|”
“भोलि,मैले मामुलाइ साथीकोमा जाने भनेर कुरा मिलाइसके|”
“हुन्छ के खान मन छ भन, म त्यहि किन्छु|”
“हजुर त कस्तो आलु हो के, म पहिलो पटक खादै छु,मलाई कसरि थाहा हुन्छ|”
“ल त्यो पनि मेरो जिम्मा भयो,नगरकोट जाने हो त?”
“हुन्छ,तर अस्तिको होटलमा नबस्ने है|”
“लौ किन नि ,अस्तिको राम्रो थियो त|”
“नाई मलाई लाज लाग्छ अभ त्यहाँ जान फेरी|”
“ल हुन्छ अर्कोमा जाम्ला|”
“अनि सुन्नुस न्,चस्मा पनि ल्याउनु है|”
“तेरो चस्मा म संग छ र ल्याउनलाइ|”
“ह्या त्यो हैन के, टिभी हेर्दा चस्मा लगाएन भने फेरी आखा बिग्रिन सक्छ के |फेरी मैले हजुरको वाला टिभी भनेको, डब्बा वाला हैन|”
उसको दिमागलाई माने मैले,अभ सिधै सेक्स भन्न गार्हो हुने,त्यसैले त्यसको लागि टिभी शब्द प्रयोग मैले गर्थिए| उसले चाही अभ त्यो परिवार नियोजन गर्ने बेलुनलाई चस्मा भन्न लागि, हुन पनि हो,चस्मा नलगाई कसरि टिभी हेर्नु| उसलाई अचानक के भयो थाहाछैन, अस्ति आफैले मेरो मनमा अनेकौ प्रस्न सिर्जना गरि, र आज आफै शारीरिक रुपमा एक हुने कुरा गर्दै थि| सायद उसलाई मन नभए पनि उसले मलाई खुसि पार्नको लागि यो कदम लिएको हुनुपर्छ| सायद मलाइ जसरि उसलाई पनि मन लागेको हुदो हो एक हुनलाई, फरक यति थियो उ अस्ति सम्म मानसिक रुपमा तैयार थिन र अहिले भने उनि तैयार भइ| जे भए पनि कुरा सिधा थियो भोलिको रातको लागि, सुरुमा रक्सिको नशामा मग्न हुने दुवै, अनि त्यसपछि एकअर्काको नशामा| निष्ठाको लागि रक्सीको नशा पनि पहिलो पटक थियो र शारीरिक नशा पनि पहिलो पटक तर मेरो लागि भने शारीरिक नशा मात्र पहिलो पटक थियो, सोमरसको रसमा म पहिले देखि नै अनगिन्ती पल्ट रसिएको थिए| कुरा संगै आज पनि २ बज्यो रातिको, सुत्न तिर लागेउ दुवै|
९ बजे बिहान निन्द्रा खुल्यो र उठ्ने बित्तिकै खाना खाएर साथीको गए| साथीको जानुमा अरु केहि कारण थिएन,लाज पचाएर उसको बाइक माग्ने उदेश्य मात्र हो| उसले अहिले सम्म नाई भनेको थिएन र आज पनि भनेन| अभ दुइटा काम थियो,एउटा रक्सि किन्ने जुन जहिले गरि रहेको हो,त्यसैले खासै गार्हो भएन| दोस्रो काम चाही निकै नै गार्हो भयो, जिन्दगि जहिले कन्डम नकिनेको,माग्ने लाज लाग्ने | मलाई मात्र यस्तो हो कि सबै नेपाली लाइ यस्तै हुन्छ थाहा छैन तर साथि भाइ संग जति खुलेपनि यौनको कुरामा, बहिरा भने यहि कुरा गर्न अप्ठेरो लाग्ने| फेरी जाबो कन्डम किन्न पनि ५ वटा औसधि पसल धाउनु पर्यो| पहिलो पसलमा महिला बस्नु भएको थियो , त्यहाँ जानै लाज लाग्यो|दोस्रोमा मान्छेहरु धेरै थिए,फेरी त्यहि लाजको भूतले छोप्यो मलाई| तेस्रोमा हिम्मत गरेर पसे तर कन्डम भन्ने हिम्मत नभएर सिटामोल किनेर आयो र चौथोमा त झन् घर छेउको अंकल औसधि किन्न पुग्नु भएको थियो,त्यहाँ माग्ने मिलेन| पाचौमा चाही कसो सबै मिल्यो र गएर लिए दुइ प्याकेट चस्मा(कन्डम)| ठुलै काम सकियो यति भएपछी| र साथीको बाइक मागेर 3 बजे निक्लिए निष्ठालाई लिनलाइ| नगरकोट पनि पुगियो ७ बजे,झाप्प अध्यारो भइसकेको थियो | “लुनिभा रिसोर्ट|” नाम गरेको होटेलमा कोठा बुक गरेको थिए,पहिले पनि बारम्बार साथीसंग आइरहेको ठाउ हो यो| त्यसैले होटेलको धेरै जसो लाई पहिले नै चिनेको थिए मैले पनि|
खाना कोठामै आयो र खाना आउनु अघिनै निष्ठा र मैले रौसि खाना सुरु गरिसकेको थिएउ| उसको आखामा पहिले देखि नै नसा थियो र रौसि खाएपछि उसको आखा झन् नसालु भएका थिए,केहि पललाई यस्तो महसुस भयो कि उसको आखामा एकछिनलाई हेरी रहे भने म मात्तिन्छु होला|
