झाक्रीले मन हलुको बनाए पनि क्षितिजसंगको रिस अहिले पनि मरेको छैन| उसलाई जे कुरा बिस्वास लागेन, जरुरि छैन कि त्यो हुदै हुदैन| उसले सोचेको र जानेको भन्दा पनि भिन्न हुन सक्छ केहि बिषय| आज मालपोत जानु नपरेको भए, स्विमिंग पुल गएर आराम गर्ने मन छ| जिउ थकित र मन त्रसित, हलुको त हुनु पर्यो| तर अहिले त्यस्तो गर्न मिल्दैन, आज बैना बाचाको अन्तिम दिन, जग्गा पास गर्नु नै पर्नेछ|
समय जादैछ, ११ बजि सकेको छ| मालपोत गएर जग्गा पास गर्नलाइ फेरी त्यत्तिनै समय लाग्ने| जग्गाको ब्लु-प्रिन्ट निकाल्नु पर्ने घाम लागेको छैन भनेर अझै अल्झाउन खोज्छन| जग्गाधनि र जग्गा किन्न इच्छुक मान्छे, दुवै अगाडी नै छन् तर कहिले के पुगेन र कहिले के भएन भनेर २ बज्यो| कर्मचारीले पनि ठिकै भनेका हुन्, कागज पुगेन कागज पुगेन भन्दै थिए| भरे त्यो जग्गाको कागज हैन रैछ, नपुगेको कागज त अर्कै रैछ| २५ हजार दक्षिना चढाएपछी बल्ल जग्गा मेरो नाममा आयो| घरबाट हिड्दा आज सबै काम सक्ने भनेर हिडेका थियौ तर अब सकिन्न जस्तो छ| टाउको बिहान देखि दुखेको थियो तर अहिले उग्र भयो| अब बाकि रहेको दुइटा काम चाही भोलिलाइ सार्न मन छ तर भोलिपनि दुवै काम आफैले गर्नु पर्ने हो|
के गर्ने के नगर्ने भनि निर्णय गर्न मुस्किल पर्यो| निर्णय त लिइयो तर पहिले खाजा खान जाने अनि मात्र बाकि निर्णय लिने भनि निर्णय लिइयो| खाजा खानु अघि एक ट्याब्लेट flexon लिए| औसधिले असर गर्न सुरु गरिहाल्यो र खाजा सकिने समयसम टाउको दुख्न केहि भएपनि कम भएको छ| यो कमाल औसधि एक्लै को हो कि खाजाले पनि सहयोग गर्यो, खैर यो मेरो चासोको बिषय हैन| घरको नक्सा बदलिनु छ| सुरुमा शोवरुम जाने भइयो| घरको वरीपरिको पर्खाल फोडेर, अहिले लिएको जग्गा समेत सामिल हुने गरि नया पर्खार लगाउनुछ| अनि घर भित्र पनि केहि सजावट गर्नुछ| घरको छतमा एउटा पिंग हाल्नुछ, हरेक भित्तामा पेटिंग हाल्नुछ, घरको पर्दा बदलिनुछ, झुमर बदलिनुछ, बाथ तब हाल्नु छ, स्विमिंग पुल बनाउनु छ| अरु पनि धेरै छ, याद आएको यति मात्र हो|
पैसाको गर्मि हो कि आफ्नो सपनाको संसार सजाउने चाहना, त्यहाको हरेक सामान मनपर्न लाग्यो| पलंग, सोफा, स्टिकर, टेबुल, पर्दा, कार्पेट सबै नै बदलिने भइयो| म हाम्रो सपनाको संसार सजाउनको लागि यति गर्दैछु अनि क्षितिज भने केहि चासो नभए जसरि चुप छ| मैले जे किन्दा, जे मन पराउदा, उसले एकपल्ट पनि दिलचस्बी नै देखाएन| आफुलाई मन परेको जति सबै लिए| सुरुमा यो ठाउ आउने निर्णय निकै नै फाइदाजनक भयो| यति रमाए कि टाउको दुखेको पनि भुलेछु| तर क्षितिजसंगको रिस अझै पनि बढ्दै छ|
त्यहाबाट कारको शोरुम पुगियो| त्यहा गएर कार हेर्न लागियो| पहिले देखि नै कुन कार लिने भनि निर्णय गरि नै सकेको थियौ तर पनि हामीले सोचेको भन्दा राम्रो कार रोज्ने मौका खेर जाला भन्ने लाग्यो| नभन्दै एउटा हैन 3 कार मन पर्यो| आज मलाई के भएको थाहाछैन तर जहाँ पनि जादैछु, मन खुसि हुन्छ तर रिस झनै बढ्दै गएको छ| यहाँ गल्ति क्षितिजको हैन तर पनि रिस क्षितिजसंग नै उठ्दै छ| शोरुममा जो व्यक्तिले हामीलाई गाडी देखाउदैछ, जो व्यक्तिले हामीलाई गाडीको जानकारी दिदैछ, उसले हरेक वाक्य पछी सरको लागि मात्र भन्ने| “यो सरको लागि ठिक हुन्छ, सरलाइ यसले सजिलो हुन्छ, सरलाई कस्तो लाग्यो?” यस्तै यस्तै मात्र सुन्दा सुन्दै रिस चढेर आयो| गाडी चलाउने मैले हो. लाइसेन्स मसंग मात्र छ| पैसा पनि मेरै हो तर क्षितिजलाइ किन प्राथमिकता दीइदैछ| यहाँ मेरो सोच पनि गल्ति नहोला भन्दिन म तर गाडी केटाले मात्र चलाउछ भनि सोच राख्नु त ठिक हैन नि| यहाँ पनि म केहि बोलिन, रिसलाई नियन्त्रण गर्न सिकीसकेको छु मैले| बरु एकान्त बसेर रुन्छु तर रिसाएर अरुलाई दुख दिन्न| कार आज नमिल्ने भयो, भोलि मात्र हुने भयो| कार लिन फेरी भोलि नि आउनु पर्ने भयो तर अथिकै छ| भोलि झाक्रीको मा जानु नै छ, त्यहाबाट फेरी कार लिन जाउला|
ताल-बाराहीको आरति हेरेर मात्र घर जाने भइयो| आरति पनि सकियो र बा-आमाको आत्मालाइ मोक्ष मिलोस् भनि प्रार्थना पनि गरे| आरति सकेर ताल छेउ हिड्दा हिड्दै ८ बज्न लाग्यो| घर गएर खाना पकाई रहनु भन्दा यहिबाट खाएर जाने सल्लाह भयो| खाना खान छिरेको होटेल अनि खाना दुवै मिठो| चाहेको सबै पुरा हुदैछ आज| सपनाको जवाफ भेटे, कार पक्का गरियो, घर सजाउने पनि निश्चित भयो तर क्षितिज्ले एक पल्ट माफी मागीदियोस् भनेको, यो पुरा भएन| आखिर उसलाई आफ्नो गल्ति महसुस पनि भएको छैन हो? उसले माफी नमाग्ने बेला सम्म म अब उसंग बोल्दिन|
यति सोचेर घरको लागि ट्याक्सी चढ़ेउ| राम्रै नसुतेको पनि धेरै नै भएको छ, आखा चिम्म गरे ट्याक्सी चढ्ने बित्तिकै| सबैले निदाए सोचे होला तर म जागेकै छु| हामि ट्याक्सीमा जादै नै थियौ, अनि ट्याक्सी चालकले आफु भन्यो भन्यो “त्यो हामि अगाडीको कार पक्कै पनि केटीले चलाएको हुनुपर्छ|” आखिर उ कसरि ढुक्क हुनसक्छ कि त्यो कारको चालक केटिनै हो? दाइले त्यो कारलाई ओभरटेक गर्यो र भन्यो “हेर्नु भयो सर? मैले भनेको मिल्यो नि?” क्षितिज्ले त्यो दाइलाई कसरि भनेर सोध्यो र दाइको जवाफले म बोल्न बाध्य भए| बोल्न हैन बाझ्न लागे|
दाइको जवाफ “यति खुल्ला बाटोमा पनि त्यति बिस्तारै र त्यो पाराले केटीले मात्र हाक्छन्| हाम्रो जस्तो मुटु हुदैन नि त सर|” चालक दाइले म बिउझिएको छु भनि कल्पना गर्नु भएको थिएन होला तर मेरो बोलि सुन्दा उहा शब्द बिहिन हुनुभयो| केटा र केटि बीच किन यस्तो भेदभाव गर्नु हुन्छ भन्दै बाझे पनि| क्षितिजले नबाझे पनि मेरै हो मा हो जनाउदै थियो| क्षितिज्ले यति गर्ने बित्तिकै उसंग रिस कम भइहाल्यो नि| यसरि आजको दिन क्षितिजसंग रिसाएर सुरु भएको थियो र दिनसंगै रिस पनि सकियो| घर पुग्ने बित्तिकै सुत्न लागेको थिए, क्षितिजले केहि सम्झायो| धामीले सिरानी मुनि राख्नु भनि दिएको पोको सिरानी मुनि हाले र निदाए| मन शान्त थियो, अनि मेरो सुरक्षा गर्न मसंग केहि छ भनि बिस्वस्त थिए म, बिहान ५ बजे मात्र निद्र खुल्यो| धेरै दिन पछी यति मज्जाले सुतेको छु| म भन्दा पहिले क्षितिज उठीसकेको छ| आखिर किन?
“किन यति चाडै उठेको तिमि?” प्रश्न राखे क्षितिज सामु|
“तिमीलाई केहि भन्नु छ| त्यसैले हो|” क्षितिजको जवाफमा मेरो प्रश्नको जवाफ थियो तर मैले चाहेको जवाफ यो हैन| सायद उसले मेरो अनुमति खोज्दै थियो केहि भन्नु अगाडी र मैले अनुमति दिए|
“ मलाई लाग्छ… हैन हिजो देखि,….हैन हैन तिमीले आफ्नो सपनाको बारे जे पनि भनेउ नि| कसरि भनौ के म?” क्षितिजले जे भन्न खोज्दै छ, त्यो उस्ले भन्न सकेको छैन| क्षितिजको यो हावभावले मेरो मनमा प्रश्नको बाढी| आखिर उसले मैले देखेको सपना बारे के भन्दैछ? के उसलाई पनि……….
