Part 93

“ह्या ममी पनि,जे पायो त्यहि,साथि मात्र हो उहा मेरो|” मामुको सामु अझै केहि बेर बसेको भए मामुले मलाइ अरु प्रश्न गरेर धुरुक्क पार्नु हुन्छ भन्ने थाह छ मलाई,त्यसिले यति भन्ने बित्तिकै आफ्नु कोठा तिर दगुरे|

बाहिर मैले जस्तो दर्शाए पनि, आज बिस्वास र मामु-बाबाको भेट हुदा मेरो खुसिले आकाश चुमेको थियो| मामुलाई बिस्वास मन पर्नु हुन्छ भन्ने कुरा मैले अघिनै मामुको अनुहार र व्यवहारमा पढिसकेकि थिए| बिस्वासको अनुभव चाही सुन्न मन लागेको छ, उहाले के सोच्नु भयो,उहालाई कस्तो महसुस भयो, उहा कति रमाउनु भयो, सबै कुरा सुन्न मन छ| बिस्वासको फोनको पर्खाइमा बसेकी छु, मलाइ बुझ्न मन छ के उहा पनि म जस्तै खुसि हुनु हुन्छ भनि| उहाले जति फोन गर्न ढिलो गर्दै हुनु हुन्थियो,म त्यति नै आत्तुर हुदै छु,उहाको अनुभव उहाबाट सुन्न| जव उहाको फोन आयो, मेरो खुसि दोब्बर भयो, मेरो कानले जे सुन्न चाहेको थियो उहाले त्यहि भन्दै जानु भयो|

पेट्रोलको मूल्य भन्दा चाडो जीवन परिवर्तन भइरहेछ मेरो| हिजो जस्तै त लाग्छ, प्रकाशसँग धोका खाएपछि माया बाट तिन कोष पर बस्छु भनि कसम खाएको| माम खादा कहिले ढुङ्गा परेको छ गास मा ? ढुङ पर्‍यो भने हामि त्यो गास ओकल्छौ अनि अर्को गास खान्छौ, पुरै खान त फ्यल्दिनौ नि । । हो म नि त्यहि गर्दैछु, पहिलो गासमा ढुङ्गा पर्‍यो भन्दैमा पुरै खाणा फ्यालिन
मैले, त्यो पहिलो गासको ढुंगा भुली अर्को गास लिए, के थाहा अहिलेको गास को स्वाद मेरो जिब्रोमा सधै को लागी बस्छ कि , के थाहा यही त्यो स्वाद हो कि जस्को लागी म अनेकौ ब्यन्जन चाख्दै थिए । अरुलाइ जिउन सास चाहिन्छ अनि त्यस्पछी माम, म चही सास हैन बिस्वासको मायको आशले जिउदो हुदै थिए, अनि मामले हैन बिस्वाश्को नाम ले बाच्दै थिए।  बिस्वाससंग जानी जानी मायामा गासिन पुग्यो यो मन फेरी,मनै त हो,जति सम्झाउदा पनि सम्झिदैन, फेरी दिमागको कुरा पनि कहिले तेर्दैन| हिजो भर्खर खाल्डो परेको जीवन बाटो, बिस्वासको माया पाएपछि कालोपत्रे भएको थियो| बिस्वास र मेरो सम्बन्धको गाडी त्यो कालोपत्रे बाटोमा राम्ररि नै चल्दै थियो तर फेरी एकदिन फेरी पहिरो आयो र यो सम्बन्धको गाडीलाई अब अझै अगाडी बढाउन चाहिन मैले| त्यो पहिरो पन्छिन पनि केहि दिन मात्र लाग्यो र बिस्वास र मेरो सम्बन्धको गाडी फेरी अघि बढ्न लाग्यो|

कति समय पनि नलाग्ने रैछ समय बित्न, एक महिना पनि पल भरमै बित्यो, आज अफिसमा अन्तिम दिन, बिस्वाससंग बिताउछु सोचे थिए,तर अरुले नै समय ओगटे मेरो| बिस्वाससंग समय बिताउने भनेको अब अफिस पछी क्याफेमा मात्र हो,  ठिक त्यहि भयो| आज निकै बेर लाग्यो क्याफेमा पनि,८ बज्यो क्याफेमा नै, छुट्टिन मन हामि दुइ मध्य कसैलाई पनि थिएन, समय रोक्न मिल्ने भए समय रोकेर बिस्वास संग अझै केहि थप बस्थिए|

घरमा आमा बाबा दुवै पर्खेर बस्नु भएको थियो खानको लागि, खानाको हरेक गाससंगै आमा बाबाले के के गर्नु हुन्छ के के गर्नु हुन्न भनि बताउन लाग्नु भयो|खाना पछी बुवा आफ्नो कोठा जानु भयो, म भने आमाको काखमा सुतेर टिभी हेर्न लागे| आमा अलि भाबुक हुनुहुन्छ बाबा भन्दा, उहालाइ रुन मन छ थाहा पाए मैले तर उहा म अघि टुट्न चाहनु भएन,उहा टुट्नु भएको भए म पनि आफुअलाई सम्हाल्न सक्दिन| आमा पनि सुत्न जानु भयो र म आफ्नो कोठामा जाने बित्तिकै बिस्वास संग ब्यस्त भए| हामि सम्बन्धमा गासिएको बेला देखिको एक एक पल फेरी जिउन लागेउ हामि, एक एक राम्रा पल सम्झिन लागेउ|

“मलाइ भेट्न काठमाण्डौ आउनु है बेला बेला|”

“मनमा नै हुन्छु तेरो,भेट्न आउनु पर्छ र?”

“त्यसो भए हजुरको याद आएको बेला मैले हनुमान जसरि नै आफ्नु छाती चिर्नु त?”

“मैले त्यस्तो कहिले भने र?”

“अनि मनमा भएको मान्छेलाइ कसरि भेट्नु?”

“आखा चिम्म गर्नु अनि सम्झिनु, तेरै छेउमा छु जस्तो महसुस गर्छस्|”

बिहान एयरपोर्ट सम्म पुर्याउन आमा-बुबा अनि बिस्वास आउनु भयो| आमाले एयरपोर्टमा चाही आफुलाई थाम्न सक्नु भएन र मलाई अन्गालोमा च्यापेर रुन लाग्नु भयो|

Previous article
Next article

Latest Posts