यसै बीच काठमाण्डौ पुगे,आज आउन लागेको
भनेर एक जनालाई मात्र भनेकी थिए मैले, बहिनीलाई मात्र भनेकी थिए| उ एयरपोर्टमा
लिन आइ, पहिलो पल्ट हो
मैले उसलाई भेटेको, देख्ने
बित्तिकै चिने, फोटोमा
जस्तो देखिने ठ्याक्कै त्यस्तै नै थिइ उ,केहि फरक भेटाइन मैले बहिनि अनि
बहिनीको फोटोमा| मलाइ देख्ने बित्तिकै बहिनि दगुरेर म
भए तिर आइ, मेरो
अगाडी आउने बित्तिकै उसले मलाइ अन्गालोमा हाली,उसको अनुहारको चमक भिन्न थियो, अघि सम्म मामु
बाबा अनि बिस्वासलाई सम्झेर दुखि भएको थिए म तर बहिनीलाई देख्ने बित्तिकै मनमा
दुखको स्थान खुसीले लियो,बहिनीसँग
भेटेको खुसि| मन
पनि अचम्मको चिज रैछ, जहाँ
गयो त्यहिको माहोलमा भुल्ने,जहाँ
गयो त्यहिको खुसीमा भिज्ने, जहाँ
गयो त्यहि रंगमा घुल्ने|
एकछिन त्यो घाममा नै
उभिएर कुरा गरेउ, पहिलो
पल्ट भेट्दा के बोल्ने हुने गर्छ जहिले मलाई,तर बहिनि संग त्यस्तो केहि भएन| एकछिनको कुरा
पछी उसले अब घर जाउ भनेर मेरो एउटा ब्याग बोकी र अर्को ब्याग मैले आफै भिडे| बहिनिसंग थिए र
बहिनि संगै बोल्दै थिए तर बिस्वासको झझल्को आउन लाग्यो, अन्तिम पल्ट
काठमाण्डौ पनि उहासंग नै आएको थिए नि म, यसरि नै संगै हिड्दै थियौ| एउटा मान्छेले
“ट्याक्सी?” भनि
सोध्दै आयो, अर्कोले
“कहाँ जाने भनेर?”,बिस्वास
संग आउदा र अहिले एउटा कुरा समान भेटे अनि एउटा कुरा भिन्न| भिन्न के भयो
भने,बिस्वास संग
आउदा ट्याक्सी हैन हामि कारमा बसेउ र अहिले ट्याक्सीमा, समान चाही
बिस्वास संग आउदा पनि कहा जाने मलाई थाहा थिएन र अहिले पनि|
बहिनीको कोठा पुग्ने
बित्तिकै, सुरुमा मामुलाइ
फोन गरे,उहालाई पुगे भनि
भने| एकछिन सम्म
मामुसँग कुरा गर्ने लागे,सायद
बहिनिले अल्छी मानि,कोठाबाट
बाहिर गइ,मामुसँग कुरा
सकिन नपाउदै बहिनि हातमा एउटा जम्बो स्प्राइट र दुइ गिलास लिएर कोठामा पसी फेरी| मामुसँग फोन
सकेसी फेरी, बोल्न
लागे बहिनि संग|
“मामुको सुरवा
पछी,यति दिन यति
ठुलो एक्लै बस्दा गाह्रो भएन?”
“हुन्न सोचे थिए
दिदि,सुरुको दुइ दिन
तिन भएन तर बिस्तारै गाह्रो हुदै आउने रैछ|”
“म आएको एकदिन
भएको छैन,मलाई मामु
बाबाको सम्झना आउन थालिसक्यो,झन्
तिम्रो कति दिन भइसक्यो|”
“यता घर खालि
थियो,अनि मन पनि| मन खालि भएपछी
दिमाग कहिले खालि नहुने रैछ, जहिले
नानाथरी कुरा आउने,त्यसैले
हजुरलाई संगै बस्ने भनेको हो दिदि|”
“मन तिम्रो हो,दिमाग पनि
तिम्रो,कब्जा तिम्रो
हुनुपर्छ,अरुले गर्दा
चल्ने हैन यो|”
“थाहा छ दिदि, तर म पनि
परनिर्भर छु यो धर्ति जस्तै, अन्धकार
मेट्न सुर्यको सहारा खोज्छु|”
“त अनि तेरो
भिनाजु,दुइ जना संग नै
बोलेर सक्दिन म|”
“सच्चि हजुरले
भिनाजुको बारेमा केहि भन्नु भएको छैन,भेटेसी भन्छु भन्नु हुन्थियो|”
बहिनि र म बीच धेरै
कुरा हुन्थियो तर बिस्वासको बारेमा अहिले सम्म पनि उसलाई केहि भनेकी छैन मैले, हुन त म आफै
पक्का थिन, मेरो
र बिस्वासको सम्बन्ध यहाँ सम्म पुग्छ भनि| बहिनीलाई आज पनि भनिन बिस्वासको बारेमा, सायद समय सहि
हैन|
“पहिले तिम्रो
मायालुको बारेमा भन केटि,म
भेनाको बारेमा भनि हाल्छु|” यसरि
आज पनि बिस्वासको बारेमा भन्न खोजिन मैले बहिनीलाई| तर उसले मैले जसरि केहि कुरा लुकाइन, उसले एक एक कुरा
भन्न लागि म| कसरि
उ प्रकाश पछी कोहि संग पनि सम्बन्धमा गासिन, उसले के के गरि प्रकाश संग सम्बन्धको
अन्त्य पछी| उसको
बोलि अनि आखा दुबैमा पिडा देख्दै थिए म,उसको मनमा धेरै कुरा छ जुन मैले बुझ्न
सकेको छैन,उसको
आखामा कसैको लागि पर्खाइ पनि देख्न सक्छु म र कसैको लागि माया पनि तर कसको लागि
थाहा छैन मलाई|
भोलि बिहानै अफिस
जानु पर्नेछ, चाडै
सुते|मेरो अफिस
चावाहिलमा हो, त्यहाबाट
सिधै गाडी भेटिने रैछ, त्यो
चाही सजिलो भयो| राति
म सुत्नु अघि पनि बहिनि उठेकै थि र म उठ्नु अगाडी पनि उनि उठेकै थि, सायद उ सुतिन
होला कि म भन्दा चाडै उठी|
“सुतिनौ राति?”
“सुतेको हो दि,भर्खर उठेको म
पनि| डान्स क्लास
जान्छु सधै ८ बजे,त्यसैले
उठेको|”
“तिम्रो क्लास र
मेरो अफिस एकै समयमा रैछ| जान
चाही कहा जान्छौ?”
“पुतली सडक हो
दिदि,अनि त्यसपछि
दिउसो अफिस जान्छु गौशला,हजुरको
अफिस कहाँ हो?”
“चावाहिल हो, नजिकै रैछ अफिस
चाही हाम्रो?”
“त्यसो भए बेलुका
अफिस पछी पशुपतिको आरति हेर्न जाने है दिदि|”
बेलुका अफिस पछी
पशुपति जाने योजना सहित म अफिसको लागि निक्लिए,आज अफिसको पहिलो दिन| पहिलो दिन भन्ने
बित्तिकै बिस्वासको याद आउने, उहा
त हो मेरो साथि पहिलो दिनको|
