Part 97

अफिसपछी कहा जाने भनि पहिले नै निधो भइसकेको थियो बिहानै| बहिनीलाइ फोन गरे, उ पनि भर्खर निक्लिन लागेकी रैछ, गाडी चढेर गौशला पुगे र बहिनि मलाई पर्खेर बसेकी थि|

“दीदी खाजा खान जाम न|” भोक मलाइ पनि लागेको थियो, मेरो मनमा जे थियो त्यो उसले नै भनि| पशुपतिको आरति सुरु हुनलाई केहि समय बाकि थियो, दुवै एउटा रेस्टुरेन्ट गयौ|

भोक खानाले मेट्यो,अनि प्यास स्लाइसले तर चुरोटको तल्तल मेट्न बाकि थियो|  बहिनीलाइ अहिले सम्म भनेकी थिन मैले,म चुरोट तान्छु भनि, फेरी पनि भन्न अप्ठेरो भयो, तर लतले अप्ठेरोलाई जित्यो र चुरोट मगाउने निर्णय गरे|

“भाइ एउटा चुरोट ल्याइदेउन|”

“एउटा हैन दुइटा दिदि|”

“तिमि पनि चुरोट? अचम्म लाग्यो, हिजै भन्नु पर्छ नि|”

“हजुरले पनि चुरोट भन्दा अचम्म लाग्यो,हजुरको पनि मुटु टुटेको छ मतलब|”

“मुटु टुटेर हैन, तिम्रो भेनाको संगतले हो|तिम्रो चाही मुटु टुटेर हो?”

“खै कसरी बानि लाग्यो भन्नु दिदि, एक्लो भए,साथ दिने यहि भयो| मुटु अरुले सल्कायो,चुरोट मैले|अनि मलाई त भन्नु है दिदि, मिल्ने मान्छेले तिमि भनेको मलाई मन पर्दैन|”

“एक्लो भए रे?प्रकाशसंगको झगडा पछी तैले चुरोट सुरु गरेकी हो र?”

“प्रकाशसंग जे भयो दि,त्यो मैले भोग्नै पर्ने थियो| भगवानले सबै हेर्दो रैछन दि, आफुले जे गर्यो त्यो फिर्ता आउने रैछ| भयो अहिले यो कुरा नगरौ,मलाई गाह्रो हुन्छ अनि हजुरलाई वाक्क लाग्ला|”

त्यहाबाट सिधै पशुपति अनि पशुपति पछी घर| बहिनिसंग धेरै कुरा भएन अघि क्याफेमा तर जति भए त्यति काफी थियो मलाइ एउटा निस्कर्षमा लग्न, बहिनीको कथा बेग्लै छ,जुन अधुरो छ, उ त्यहि अधुरो कथामा अड्कीएकी छे, उ त्यो कथालाई पुरा [पूर्ण बनाउन चाहन्छे तर सकेकी छैन| उसले भन्न चाहिन र मैले सोधिन पनि, सोध्छु तर आज हैन,अलि पछी|

“अनि त ब्याचलर पढी रहेको भनेको हैन?” मलाई याद छ उ ब्याचलर पढ्दै छु भन्थी तर फेरी आज अफिस गए भन्थी|

“हो दि, छैठो सेम हो अहिले|”

“अनि कलेज कुन बेला जान्छेस? बिहान डान्स क्लास ,त्यसपछि अफिस|”

“अहिले म इन्टर्नशिपमा हो दि,अझै दुइ महिना छ|”

आजको दिन जति मजाले बित्यो,बाकि दिनहरु त्यसको प्रतिबिम्ब भए,जहिले बिहान उठेपछि अफिस,अनि बहिनि संग कहिँ
घुम्न गयो अफिस पछी, अनि अन्त्यमा घर | सोमबार जस्तो रहयो,शुक्रबार सम्म त्यहि दोहोरियो | शुक्रबार साझ केहि भिन्न रहयो,बहिनीले भनेपछी म र उ क्लब गयौ|

“हामि दुइ मात्र हो र?”

“हैन दि,मेरो अरु 4 जना साथि पनि छन्|”

“मैले कसैलाई चिनेको छैन फेरी, अप्ठ…..|”

“त्यस्तो केहि हुन्न दि,उनीहरुले चाही हजुरलाई राम्ररी चिन्छन्,मैले भनि रहन्छु हजुरको बारेमा|”

वाइन,चुरोट अनि त्यसपछी त्यहाको गीतमा रमाउदा रमाउदै बेलुकाको ११ बज्यो| आज बहिनीको एउटा नया रुप देखे, कति खुसि भएकी थि उ, अनि वाइन चाही हामि ५ मिलि जति लिएउ नि,उसले त्यति एक्लै खाइ होलि| रक्सि पचाउन सक्ने रैछे उ,उ जति मैले लिएको भए, म अहिले आफ्नु खुट्टामा हैन अरुको काधको सहाराले घर पुग्नु पर्थियो होला|तर उ भने अहिले सम्म पनि आफ्नै खुट्टामा उभिएकी छे,अचम्म| घर पुग्ने बित्तिकै बिस्वाससंग बोल्न लागे म, उ पनि फोन मै ब्यस्त थि फरक यति थियो म बोल्दै छु बिस्वाससंग र उस्ले जसलाई फोन गर्दै थि,उसले चाही फोन उठाएको थिएन| एकछिन सम्म फोनमा बोले  विश्वाससंग, अझै धेरै कुरा बोल्न बाकि थियो तर बहिनि रुन लागि अचानक, फोन राख्नु बाहेक केहि बिकल्प थिएन मसंग|

“ओइ के भयो?”

“फोन नै उठाउनु हुन्न के,मेरो मनको कुरै बुझ्नु हुन्न उहा|”

“फेरी गर त उठिहाल्छ कि,निदाउनु भएको थियो कि|”

“के को निदाउनु,कल वेटिंगमा छ|”

“साथि भाइ संग बोल्दै हुनु हुन्छ होला नि|एकछिनमा आफै आइ हाल्छ नि फोन|किन यसै रोएकी त|”

“आउन्न दि,कहिले आउन्न, कहिले नबोल्ने भनेर भन्नु भएको थियो उहाले अस्ति|”

“किन नि? माया गर्छस् हैन तिमि हरु एक अर्कालाई|”

“म माया गर्छु,उहाले पनि माया गर्नु हुन्छ थाहा छ,तर उहा देखाउनु हुन्न|”

“मतलब अहिले सम्म तिमीहरु सम्बन्धमा गासिएको छैनौ?”

“हैन दि, म बौलाउन मात्र बाकि छ,हजुर पनि बौलाउनु हुन्छ|हजुर भेना संग बोल्नुस,म सुत्छु|”

जिद्दी गर्न लागे म बहिनीसँग, उसको अतितको कहानी सुन्नु छ मलाई,रहर लागेको भने चाही हैन,तर उसलाई त्यो पिडाबाट निकाल्न मन छ,जुन पिडामा उ जानी नजानी जल्दै छे|

“बिस्वास हो उहाको नाम,म आठमा पढ्दा भेटेको उहासंग,त्यहिबाट सुरु भयो हाम्रो सम्बन्ध,चारबर्ष कुन बेला बित्यो थाहा भएन,कुनै यस्तो पल थिएन जसमा हामि खुसि थिनौ| अनि त्यसपछि म बहुलाए, चली रहेको सम्बन्ध भित्रको मायालाई मनमा चलेको धेरै सोच हरुले छोप्यो र सम्बन्धको अन्त्य भयो| अन्त्य भएको हैन,मैले त्यो सम्बन्धको घाटि आफै थिच्दै गए,मैले
उहा माथि घात गरे अनि हाम्रो सम्बन्धलाइ पक्षघात हुन पुग्यो| मैले यति गरिसक्दा पनि उहा फेरी पनि मेरै मायाको आशमा बाच्दै हुनु हुन्थियो तर मैले कहिले उहालाई त्यो पीडाबाट निकाल्ने कोशिस नै गरिन| अनि अहिले आएर उहाको मायाको अपेक्षा गरेर मैले केहि पाउछु भनि आश कसरि गर्नु|मलाइ थाहाछ,उहा अहिले पनि मलाई माया गर्नु हुन्छ तर अतितले गर्दा डराउनु भएको छ,फेरी उहा अहिले एउटा नया सम्बन्धमा पनि हुनुहुन्छ| म उहालाई राम्ररि चिन्छु,उहा कसैलाई ढोका दिने मान्छे हैन,त्यसैले मलाइ माया गर्दा गर्दै पनि उहाले मलाई अंगाल्न सक्नु भएको छैन| म नै कारण हो उहा २ बर्ष देखि एकपल्ट पनि बुटवलबाट काठमाण्डौ आउनु भएको छैन…………” अरु भनि धेरै कुरा भन्दै गइ बहिनीले,अनि हरेक वाक्य संग उसको आखाको आशुले झन् कम्जोर बनाउदै गयो मलाइ|

यो बहिनि संग म किन यति जोडिएकी छु,सुरुमा प्रकाश अनि अहिले बिस्वास| प्रकाशले गर्दा निष्ठा बहिनीलाई चिने र बिस्वासले गर्दा निष्ठालाई बुझ्न लागे| बिस्वासको अधुरो कथाको पात्र यही बहिनि निष्ठा हुन् भनेर सोचेकी पनि थिन मैले, हामि तिन जनाको जिन्दगि कसरि एक अर्कामा जोडिएको रैछ| निष्ठाको कारणले गर्दा बिस्वास काठमाण्डौबाट बुटवल आउनु भयो र म संग गासिनु भयो सम्बन्धमा, फेरी बिस्वासको कारणले गर्दा म काठमाण्डौ आए र थाहापाए बिस्वासको अधुरो अतित|

निष्ठा सुति सबै कुरा मलाई सुनाएर तर उसको कुराले म सुत्न सकिन,मनमा यति ठुलो बोझ लिएर आखिर को सुत्न सक्छ र| धेरै सोच आउन लागे मनमा..

Previous article
Next article

Latest Posts