टिका, दशैँमा मात्र हैन, कुनै पनि चाड होस् या खुसीको पल, प्रयोग हुन्छ नै| त्यो पलको महत्व र मुहारको सुन्दरता नै बढाउछ टिकाले| अनि टिकालाई शुभ पनि मानिन्छ नि| आज भन्छु म, टिका कसरि तैयार गरिन्छ|
सुरुमा केहि चामलको सिताहरु लिइन्छ र बाकि चामलको सिताबाट छुट्टयाएर राखिन्छ एउटा थालीमा| अब पालो रंग्याउने चामललाइ अरुको रंगमा, पालो अब अबिरको| मिसाईन्छ अबिर चामलको सीतामा| अबिर पर्याप्त हुन्न, भिजाउनुपर्छ अब चामल र अबिरलाइ. चामलमा अबिरको रंग चढाउनलाइ| अबिर पछी थोरै पानि मिसाइन्छ अनि थालीमा मुछिन्छ, बल्ल रंगिन्छ चामल, अबिरको रंगमा|| थालिबाट निधारको यात्रा तय हुन्छ टिकाको| यसरि तैयार हुन्छ टिका र लगाइन्छ निधारमा, अरुको शान बढाउन|
२०५३ देखि २०६३ सम्म, झुठो आशको जालोमा , यसरि नै मुछ्छिए १७०० भन्दा धेरै चामलको सिता अरुको निधारको शान बढाउँन मात्र|
