Homeरचनालेखक हैन

लेखक हैन

मत्लब छैन कसैले बुझोस या नबुझोस्,
मत्लब छैन कसैले सुनोस या नसुनोस्,
ख अस्लिल छन् होला लेख मेरो तर अस्लियत लेख्दै छु,
अरुको मन छुने छैन होला तर मलाई मन पर्ने लेख्दै छु,
तिमिलाई लाग्छ म तालीको लागी लेख्दै छु ?
तालीको लागी लेख्ने भए म आफुलाई बुझ्ने लेखक हैन,
अरुको खुन चुस्ने लाम्खुत्ते हुन्थिए|

लेख पुस्तक बन्थिए होला, रचनाहरु बेचिन्थिए होला,
सबैले पढ्न मिल्ने गरी रचना फेसबूकमा हैन,
मेरो लेख पनि पुस्तकको पानामा देखिन्थिए होला,
पहिले सोच अनि कल्पनामा ढाल त्यो सोचलाई शब्दरुको सहयोगमा,
हो यसरि बन्छ लेख्,कुनै कोरिन्छ खुशीमा कुनै बियोगमा,
अब लाग्छ तिमीलाई म पैसाको लागी लेख्दै छु?
पैसाको लागी लेख्ने भए  म कलम चलाउँने लेखक हैन,
देश चलाउने नेता हुन्थिए|

ताली चाहिएन ,पैसा केहि हैन,
खुशी लाग्छ जब कसैले भन्छन दाई हजुरको लेखहरु मनपर्छ,
तर यस्ता मान्छेहरु कम छन्, किन कि अरुलाई मनपर्छ भनेर हैन,
आफुलाई मन परेर लेखिएको हो मेरो सबै लेखहरु,
पाठकको साथ अमुल्य छ तर, जब म शुन्य थिए र कोही सुन्ने थिएनन्,
त्यो बेला पनि त लेख्दै थिए,
तिमीलाई लाग्छ म आफ्नु वरीपरी मान्छे बनाउन लेख्दै छु?
मान्छे चाहिएर लेखेको भए म लेखमा जिवन भर्ने लेखक हैन,
जिवन गुमाएको लास हुन्थिए|

कत्तिले भने मेरो कलमले उनिहरुको जलन माथी मलमको काम गर्छ भनि,
कतिले  भने मेरो लेख्ले उनिहरुको अन्धकार जिवनमा घाम छर्छ भनि,
तर थाह छ? मेरो कलममा मैले मसी हैन आफ्नु जिवन भरेको छु,
जस्मा आशु खुशी पिदा हर्ष सफलता  सबथोक मिसिएका छन्,
अनी कलमबाट निक्लिएको एक एक भावनालाइ डायरीले सोसीदिन्छ,
जस्तै घर्तिले कोदलोको चोट सहन्छ,
होला मेरो लेखले कतीलाई प्रोत्साहन दिए होला र कतीको घाउमा मलम लगाए होला,
तर अरुको लागी हैन आफ्नु लागी यो कलम चलाउदै छु,
अरुको घाउ ठीक पार्ने भए म कलम चलाउने लेखक हैन,
मलम लगाउने नर्स हुन्थिए|

Previous article
Next article

Latest Posts