Homeरचनाप्रगाढ चित्तभ्रम

प्रगाढ चित्तभ्रम

घडीको टिक टिक आवाजले बिउझिए म| घडीको टिक टिक अवाज पनि निकै सुमधुर सुनियो आज| घडीको हरेक सुइ कति मज्जाले चलीरहेको| पानीको तृष्णा लाग्यो,ओछ्यान छेउ मै रहेको गिलासबाट पानिले आफ्नु तृष्णा मेटे| अचानक पेट कस्सिएर आयो, ट्वाइलेट तिर लागे ani हलुका भए| मन हलुका भयो अनि पेट खालि, अभ भोक लागेर आयो| भान्सामा भर्खर पाकेको तातो तातो maam लिए थालमा ani kausi तिर लागे| अरु दिन चम्चाले खाने मान्छे म,आज पाचै औलाले माम मुछ्दै,एक एक गासको आनन्द लिन लागे, घाम ताप्दै| पेट भरियो र अभ घुम्न निक्लिने इक्षा जागेर आयो| लुगा लगाएकै थिए र अभ जुत्ताको फित्ता बाधेर निक्लिए चौक तिर| माइक्रोको अन्तिम सिटमा बसेर रत्नपार्क सम्म पुगे, रत्नपार्क सम्मको यात्राको हरेको कुरा मन पर्यो आज| झ्यालबाट बाहिर देखिने जाम नि मन पर्यो र गाडीहरुको हर्नको अवाज पनि, छेउको सिटमा बसेको दाइको पसिनाको गन्ध पनि मन पर्यो साच्ची भन्दा, बानेस्वरको धुलो झन मनमै बस्यो| एकछिन घुमे र सिभिल मलमा एउटा सिनेमा हेर्न पनि भ्याए| आज निकै खुसि हुदै घर फर्किए म र हाम फालेर ओछ्यानमा पुगे र यतिमै म निन्द्राबाट बिउझिए,यो सबै मेरो सपना रैछ|
अरुको लागि यो सबै सामान्य नै होला अनि दैनिकी पनि,तर यो मेरो सपनानै हो| अरुको सपना के के हुन्छ,कसैको नया बाइक,कसैको नया घर,कसैको प्रेमिका हुन्छ र कसैको पैसा| तर वर्ष अघि देखि जब म accident मा परि कोमामा पुगे, मेरो सपना धेरै केहि छैन यति मात्र हो,मलाई आफ्नै खुट्टामा एकपल्ट उभिएर हिड्न मन छ,यो हावालाई महसुस गर्न मन छ, अरुको कुरा सुन्न मन छ र आफ्नु कुरा ब्यक्त गर्न मन छ तर अरुको लागि जे सामान्य छ त्यो मेरो सपना भयो |

Previous article
Next article

Latest Posts