Homeरचनाखाते

खाते

घमण्ड नगर्,तेरो अघी म छु निकै गरीब,
त घमन्डी,तर मनबाट म त भन्दा नि अमिर,
मेरो घर यो संसार,छत यो भब्य गगन हो,
मेरो जिबनको रहस्य,मेरो शंघर्ष र मेरो लगन हो,
तेरो बिचार, तेरो घर को छत जस्तै सिमित छ,
त सङ नपुग्ने केहि छैन,त्यही पनि तेरो मन पीडित छ,
फरक यती छ,मैले माया खोज्दा दया र गाली भेट्छु,
तैले माया किन्छस्,त्यही पनि तेरो जिबन खाली देख्छु,
तेरो लागि म केवल बोझ हो यो समाजको,
तर बुझीदिन्छ कसले मर्म यो अनाथको,
तेरो नालायक्ताको म जिउदो प्रमाण हो,
ल अब भन, यो अपराध रच्ने प्रधानको?
मेरो जीवन तैले भने जस्तो सजिलो छैन,
तेरो म प्रतिको सोच त्यति गतिलो छैन,
आफ्नैले अपनाएनन् मलाई,अरुले के अप्नाउछ?
खाते,चोर अनि अरु बिभिन्न तोक लाउछ,
चोट दिन्छ सुरुमा,अनि त्यहि घाउ कोट्याउछ,
माया कहिले दिएनौ,त्यसो भए किन हेप्छौ,
बाची हेर एकदिन मेरो जीवन,बल्ल अनि बास्तविक्ता देख्छौ,
दोस्रो दिनमा बल्ल मेरो व्यथालाई तिमीले बुझ्छौ,
तेस्रो दिन म प्रति गरेको व्यवहार सम्झी रुन्छौ,
माया माग्दीन,मात्र भन्छु मलाई हेला नगर,
मेरो पनि नाम छ,मलाई खाते चाही नभन|



Latest Posts