Homeरचनाबन्धि

बन्धि

२०६ हड्डी,९०% पानि, केहि भाग मासु, विभिन्न अमुल्य अंगहरु र माथि बाट चट्ट सझाएको छालाले | बुझ्नलाई दिमाग छ,सुन्नलाई कान,हेर्नलाई आखा छ भने,मुखले ब्यक्त गर्छ | खुट्टाले सरिर ठेग्छ र त्यहि खुट्टाले गति दिन्छ | सबैसंग जोडिएको हुनाले नै होला मुटुलाई मुटु भनिएको |यहाँ झरेर जाने बाल देखि,मुत्र द्वारको नि आफ्नै छुट्टै भूमिका छ | एकअर्कामा नाजोदिए पनि,स्वतन्त्र छैनन् उनीहरु |संगै छन् र एउटा मानब सरिरको बिकाश भयो तर छुट्टिएको भए उनीहरुको पनि केहि अस्तित्व छैन र यो सबै संचालन गर्न एउटा आत्मा भरिएको छ यो शरीरमा | आत्माले पुरै शरीर मात्र नभई,मन माथि पनि कब्जा गरेको छ | तर त्यहि आत्मा पनि स्वतन्त्र छैन |
जसरि यो सरिर मेरै हो,आत्मा पनि मेरो र मन पनि | जब यिनी हरु नै स्वतन्त्र छैनन् भने,म कसरि स्वतन्त्र हुन सक्छु र | त्यसैले म भन्छु,हो म बन्धक हो | मेरो नाम,जात,धर्म,पेशा जे भए नि म चाही बन्धक हो |

याद त छैन तर कल्पना गर्न सक्छु ,छ जब म यो संसारमा आएकै थिन,त्यो बेला जब मात्र म स्वतन्त्र थिए,जब म बन्धि थिन,जब म संसारिक पिजदाबाट मुक्त थिए,जब म केवल र केवल एउटा खुल्ला छोडिएको बाघ जस्तै थिए |
सम्झिदा पनि मुस्कान छरिन्छ,जब म बाबाको विर्य थिए र आमाको कोखमा जादै थिए |त्यो पल त एकदम खुसि थिए,संसारनै जितेको जस्तो लागेको थियो | हुन पनि हो ,लाखौ करोडौबाट,म मात्र छानिएको थिए | औधि भाग्यमानी ठाने आफुलाई तर के थाहा मलाई यो खुसि केहि पलको मात्र हो | मैले जितेर पनि हरेको रैछु र मेरो अरु प्रस्तीस्पर्धीहरुले हरेर पनि जितेका रैछन | अभ केहि दिनमा म बन्धक हुदै थिए भन्ने कुराबाट म अबोध थिए |हो त्यो अन्तिम दिन थियो मेरो स्वतन्त्रताको |त्योदिन पछी म बन्धि हुन पुगे | संसारमा आएको नै थिन तर अभ म बाधिए सम्बन्धहरुमा | कसैको छोरा,कसैको नाति,कसैको के रे ,कसैको के |अभ मेरो पिडा झन् थपिदै गयो |
म त केवल मानिस थिए र मानिस नै हुन चाहन्थिए तर चाहेको जस्तो सबै नहुने रहेछ | “छोरा हुने हो कि छोरी |” बुबासंग हजुरबुवाले ठट्टेली शैलीमा भन्नु भयो |अभ मेरो लिङ्गमा पनि अन्तर गर्न लागे |अभ फेरी मलाई बिभाजन गरेर महिला वा पुरुस वर्गमा छुट्टयाइदै थियो |के मानब मानब मात्रै हुन सक्दैन ?उसलाई महिला वा पुरुषको तक्मा दिनै पर्ने? आखिर किन हो यो सबै ?किन सबैजना आफैमा बन्धि छन् तर पनि खुसि छन् ? बन्धि कहिले म आफ्नै सोचको,बन्धि म कहिले म गुमेको होशको ,बन्धि म कहिले उनको यादको ,भने बन्धि म कहिले अतितको बातको, बन्धि म कहिले यो समाजको ,बन्धि म कहिले नभनिएको जवाफको ,बन्धि म कहिले भोकको ,बन्धि फेरी म ज्यान लिने रोगको ,बन्धि म संसार चलाउने धनको , सधै बन्धि म आफ्नै मनको| सफलताको चाहना देखी विफलताको बहाना सम्म, इस्वरको बेद देखि जिबनको खेलसम्म, जिबन को पहिलो किरण देखि मेरो आफ्नै निधन सम्म , सरकारको सम्भिधान देखि आफ्नै स्वाभिमान सम्म , परिबारको इच्छा देखि यो जुठो संसारको शिक्षा सम्म, सबै ठाउँमा मेरो स्वतन्त्रताको हत्या हुन्छ र म फेरी पनि आजिबन बन्धि हुन पुग्छु |

Previous article
Next article

Latest Posts